भन्सार कानुनमा सुधार
आर्थिक तथा सामाजिक विकास एवं व्यापारिक उन्नतिको दृष्टिकोणले सन् १९९० को दशक एक महत्वपूर्ण उपलब्धि भएको शताब्दीका रूपमा स्थापित हुन पुग्यो । यसै दशकमा नै प्रजातान्त्रिकीकरण, उदारीकरण, निजीकरण जस्ता कार्यको थालनी हुन गयो भने विश्व व्यापार सङ्गठनले पनि सन् १९९५ बाटै कार्य प्रारम्भ गर्न सफल रह्यो । यी कार्यको प्रतिविम्ब नेपालमा समेत परेको अवस्था रह्यो ।
नेपालको विकासमा एमसिसी
संयुक्त राज्य अमेरिका नेपालको पुरानो विकास साझेदार राष्ट्र हो । ७६ वर्षदेखि अमेरिकाले नेपालको लोकतन्त्र सबलीकरण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ, जसले आधुनिक नेपाल निर्माणमा महìवपूर्ण योगदान पु¥याएको छ । विकाससँगै नेपालमा लोकतन्त्रको स्थापना र यसको संरचनागत विकासमा पनि अमेरिकाको अहम् भूमिका रहँदै आएको छ । पछिल्लो समयमा सङ्घीयता कार्यान्वयनमा पनि अमेरिकी चासो बढेको छ । अमेरिकाले कृषिलाई व्यवसायीकरण, जलवायु परिवर्तन, दिगो विकास तथा शिक्षा क्षेत्रमा पनि लगानीको दायरा बढाएको छ ।
द्वन्द्व व्यवस्थापनको आधार
धार्मिक तथा जातीय असमझदारीले हुने द्वन्द्वको समाधानका लागि स्वतन्त्र बुद्धिजीवीहरूले नयाँ तथ्यहरू पस्किएका छन् । पक्ष–विपक्ष आमने–सामने भएर एकअर्कालाई चुनौती दिइरहँदा पनि संयमता प्रदर्शन भए अप्रिय घटना घट्दैनन् । स्थानीय प्रशासनको निषेधाज्ञादेखि स्थानीय जनताको समझदारी सँगै भाषा–संस्कृतिको प्रभाव पनि महत्वपूर्ण हुन्छ ।
नोबेल विजेताको सान
नोबेल पुरस्कार विश्वकै प्रतिष्ठित र सम्मानित अन्तर्राष्ट्रिय पुरस्कार हो । यो पुरस्कार पाउने व्यक्ति तथा संस्थाको सान र मान उच्च रहन्छ । स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले सन् १८९५ आफ्नो अथाह सम्पत्तिबाट अक्षय कोष खडा गरी नोबेल पुरस्कार स्थापना गर्नुभएको हो । त्यसपछि सन् १९०१ देखि विभिन्न विधामा उत्कृष्ट व्यक्ति तथा संस्थालाई नोबेल पुरस्कार दिन थालियो । सुरुमा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तिका लागि यो पुरस्कार दिने व्यवस्था गरिएको थियो । सन् १९६८ देखि अर्थशास्त्रमा समेत यो पुरस्कार दिन थालियो । यी पुरस्कारस्व
गैरआवासीय नेपाली, सधैँ नेपाली
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा विश्वभरबाट ९७ हजार जति सदस्य रहेका छन् । यी सदस्यका चार हजारभन्दा बढी प्रतिनिधि सहभागी भएर सङ्घको एघारौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अहिले काठमाडौँमा धुमधामका साथ चलिरहेको छ । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा स्थापित यो संस्थाले गौरवमय २० वर्ष पूरा गरेको छ । अहिलेसम्म ८७ मुलुकमा सङ्घको राष्ट्रिय समन्वय परिषद् स्थापना गरी नेपालीको सर्वाधिक ठुलो साङ्गठनिक सञ्जालका रूपमा यो संस्था बनेको छ ।
अर्थतन्त्रलाई त्राण
रोपेको मानो मुरीका रूपमा भित्र्याएर उपभोगको औपचारिक सुरुवात गर्ने एउटा पौराणिक पर्व दसैँले परिवार जुटाउँछ । नयाँ नाना र मिठो खानाको मान्यता परिष्कृत हुँदै घुमफिर, आवास, उपकरण तथा सवारीसाधन जस्ता जीविकादेखि सोख पूरा गर्ने साइत पनि दसैँ बन्छ । उपभोगको सघनताले उत्पादनको शृङ्खलामा आबद्ध उत्पादक श्रमिकलगायत समग्र संरचनालाई त्राण दिने र पुनः उत्पादनमा लाग्ने गरी पुनर्ताजगी गर्नु दसैँको अदृश्य तर अहम् विशेषता बनेको छ ।
बदलिँदै दसैँ
दसैँसँग जोडिएका विभिन्न पौराणिक कथा तथा श्रुतिमध्ये सबैभन्दा मानिएका र चल्तीका (देवीले दानवलाई र भगवान् श्रीरामले रावणलाई वध गरेका) दुवै लेख्य–कथ्य प्रमाणलाई ख्याल गर्दा दसैँको सुरुवात धार्मिक पर्वका रूपमा भएको अनुमान लगाउन सकिन्छ । अहिले पनि दसैँको सुरुको नौ दिन अर्थात् नवरात्रभर विभिन्न मठ–मन्दिरमा मात्रै नभएर घर घरमा पनि गरिने पाठ पूजाले अझै यसको धार्मिक महìव जीवन्त रहेको देखाउँछ । तथापि समग्रतामा मानिसको कट्टर धार्मिकपनामा आएको परिवर्तन र त्यसका कारक विभिन्न पक्षलाई विश्लेषण गर्दा अहिले आएर दसैँ धार्मिकभन्दा पनि बढी चाहिँ सामाजिक र सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै गएको पाइन्छ ।
परदेशमा स्थापित हुँदै दसैँ
विश्वव्यापीकरणसँगै नेपालीको बसोबास यति बेला विश्वका हरेक कुनाकाप्चामा फैलिँदै गएको पाइन्छ । दक्षिण एसियाली मुलुकसहित विश्वका अन्य मुलुकमा नेपालीको सङ्ख्या आधा करोडभन्दा बढी नाघेको अनुमान छ । अध्ययन, अनुसन्धान, रोजगारी र उच्चतम अवसरको खोजीमा नेपालीले परदेशलाई आफ्नो गन्तव्य बनाउँदै आएका छन ।
विकास र कर्मचारीतन्त्र
दशकौँदेखि हाम्रो मूल ध्येय विकास भए पनि यो प्रभावकारी र परिणाममुखी हुन नसक्नुमा एक मुख्य कारण कर्मचारीतन्त्रको सही व्यवस्थापन र परिचालन हुन नसक्नु रहेको छ । विकास एक बहुआयामिक र जटिल प्रक्रिया हो । यसको प्रभावकारिता पनि धेरै तìवमा निर्भर रहेको हुन्छ । त्यसमध्ये एक प्रमुख तत्व कर्मचारीतन्त्र हो । त्यसैले परम्परागत सार्वजनिक प्रशासनले विकास बुझ्न र हाँक्न नसक्ने हुनाले परम्परागत कर्मचारीतन्त्रको ठाउँमा विकासको प्रभावकारी व्यवस्थापनका
चाडवाडमा स्वस्थ खाना
दसैँ मिठो खाने, राम्रो लगाउने चाडका रूपमा परिचित छ । परिवार भेटघाट भएर आनन्दले मनाउने पर्व दसैँ मासुसँग जोडिएको चाड पनि हो । वर्षभरिको खर्चको करिब ४० प्रतिशत हिस्सा दसैँँ तिहार र छठले ओगट्छ भन्ने अनुमान गरिएको छ । पाँच वर्षपहिलेको तथ्याङ्कमा कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत भन्नाले १२ खर्ब रुपियाँ जस्मा नगदविहीन २५ प्रतिशत अर्थात् तीन खर्ब हाराहारी यिनै चाडपर्वमा खर्च हुने अनुमान गरिन्छ । असोज–कात्तिक महिना वातावरणीय हिसाबले
पर्यटनमा जागेको आशा
निराशा र अस्थिरताको स्थितिबाट गुज्रिरहेको विश्व पर्यटन बजारमा हालका महिनामा आशाका किरण देखिएका छन् । एसिया, युरोप, अमेरिका र अफ्रिकाका कतिपय मुलुकमा कोभिड–१९ को फलस्वरूप अधोगतितर्फ अघि बढिरहेको पर्यटन उद्योग सन् २०२३ को आरम्भसँगै महामारीपूर्वको स्थितिमा फर्कन अग्रसर छ । विश्व पर्यटन बजारका परम्परागत र नवोदित गन्तव्यमा पर्यटक आगमन उत्साहजनक रूपमा बढ्दै गएकाले विश्व पर्यटन सन् २०२४ को अन्त्यसम्म चार वर्षअघिको स्थितिमा फर्किन सक्ने आकलन विश्लेषकहरूको छ ।
नवदुर्गाको वैदिक महिमा
नेपालीको महान् पर्व बडादसैँ हामीले राष्ट्रिय पर्वका रूपमा मनाउँदै आइरहेका छौँ । यो अति प्राचीनकालदेखि नै मनाउँदै आएको पुरानो महìवपूर्ण चाडपर्वमध्येको एक हो । मध्यकालमा यस चाडलाई विशेष गरेर साङ्ग्रामिक महत्व दिइएको थियो । अतः यस पर्वमा अस्त्रशस्त्रको अभ्यास गरी खड्गसिद्धि प्राप्त गरिन्छ । राजा जयस्थिति मल्ल र उनका भारदारहरूले समेत खड्ग स्थापना गरेको प्रसङ्ग गोपाल राजवंशावलीमा पाइन्छ । कतै रामले रावणलाई मारेको त कतै देवी भ
विमर्शमा शिक्षा विधेयक
एउटा प्रख्यात चिनियाँ भनाइ छ, “यदि एक वर्षका लागि सोच्छौ भने धान रोप । १० वर्षका लागि सोच्छौ भने रुख रोप । सय वर्षका लागि सोच्छौ भने शिक्षामा लगानी गर ।” तर, नेपालमा शिक्षा क्षेत्रमा वार्षिक १०–११ प्रतिशतभन्दा माथि लगानी भएको इतिहास हामीमाझ छैन । यसका अतिरिक्त हामी सजिलै लेखिदिन्छौँ, भनिदिन्छौँ – निःशुल्क आधारभूत र माध्यमिक शिक्षा । निःशुल्क शिक्षा हामीले सुन्दै बुझ्दै आएको एउटा मायावी जाल जस्तो भइसक्यो । सुन्दा मिठो लाग्ने तर यथार्थ र व्यवहारमा सदैव तितो अर्थात् व्यहारतः असम्भव जस्तो ।
असल संस्कारबाटै लोकतन्त्र सबल
राजनीतिक विसङ्गतिविरुद्ध प्रतिबद्ध छौँ भन्ने देखाउन नेपालका राजनीतिक नेतृत्व वर्ग कहिलेकाहीँ देशका लागि ज्यान दिन्छु भन्ने पनि गर्छन् । ज्यान दिन्छु भनेर मात्र आफ्नो दायित्व पूरा हुँदैन र विसङ्गति हट्दैन । यसका लागि के कस्तो योगदान आवश्यक छ, यहाँ समीक्षा गरिएको छ । दिगो समृद्धि हासिल गर्नु सबै देशको दीर्घकालीन उद्देश्य हो – आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, भौतिक आदि क्षेत्रमा समृद्धि हासिल गर्ने । यसका लागि आफ्नो अनुकूलको राजनीतिक प्रणाली अवलम्बन गर्नुका साथै विभिन्न योजना, नीति, कार्यक्रम कार्यान्वयन गरेको हुन्छ । कुनै देश आफ्नो उद्देश्य हासिल गर्न धेरै हदसम्म सफल छन् भने कतिपय देशले सफलता हात पार्न सकेका छैनन् ।
गैरआवासीय नेपालीसित अपेक्षा
दुई दशकअघि गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को पहिलो विश्व सम्मेलनका लागि संसारभर छरिएर रहेका नेपालीका प्रतिनिधि काठमाडौँमा जम्मा हुँदा विदेशमा बस्नेहरू जति खुसी भएका थिए, नेपालमा बस्ने नेपाली त्योभन्दा बढी खुसी थिए । नेपालीहरू थप उत्सुक पनि थिए । उत्सुक हुनु पछाडिको कारण एउटै थियो, ‘विदेशमा रहेका नेपालीले अब नेपालमा लगानीको ओइरो ल्याउँछन्, स्वदेशमै रोजगारी सिर्जना हुन्छ । युवा विदेश पलायन हु
एनआरएनए नेतृत्वको जिम्मेवारी
वैदेशिक रोजगारीमा जानु नेपालीको नियती र बाध्यता दुवै हो । शिक्षित वा अशिक्षित अधिकांश नेपालीको गन्तव्य नै वैदेशिक रोजगारी बन्दै गएको छ । २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै गएको हो । नेपालीका लागि आर्थिक लाभ र जीविकोपार्जनको महत्वपूर्ण आधार नै वैदेशिक रोजगार भएको छ । सरकारले नेपाली कामदारका लागि विश्वका करिब ११२ देश खुला गरिसकेको भए पनि मध्यपूर्वी एसियाका खाडी मुलुकहरू जानुपर्ने
अर्थतन्त्रमा दसैँको योगदान
घरआँगनमा दसैँ भित्रिसकेको छ । चर्चा पनि दसैँकै छ, कहाँ घुम्न जाने, के गर्ने, अनि बिदा कसरी बिताउने ? सबैमा एउटा विषय साझा हुन्छ– खुसीयाली । मालश्रीको धुनसँगै रेडियो र टेलिभिजनहरूले पनि दसैँसँग सम्बन्धित कार्यव्रmम प्रसारण गरिरहेका छन् । प्रवासमा समेत नेपालीहरू भेला भएर ज्येष्ठ व्यक्तिबाट टीका लगाएका प्रसङ्ग हामी देख्छौँ, सुन्छौँ । दसैँको मौलिकता भनेकै भेटघाटसहितको उमङ्ग हो, पुनर्मिलन हो अनि उत्साह हो । दसैँको समयमा न जाडो न गर्मी हुन्छ । बाली हुर्कंदै गरेको हुन्छ । थन्क्याउने बेला पनि भएको हुँदैन । वातावरण पनि मनोरम हुन्छ । शरद् ऋतुले सफा आकाश र हरियालीयुक्त धर्तीसँगै सबैका मनमा उमङ्ग भरेको
शिक्षकको योग्यता र गुणस्तरीय शिक्षा
हाल मुलुकभर विद्यालयको सङ्ख्याको अवस्था हेर्दा निकै खुसी लाग्दो छ । मुलुकभर प्राथमिक तहमा २१ हजार ८७१, निम्न माध्यमिकमा नौ हजार ६०९, माध्यमिक तहमा छ हजार ७४४ रहेका छन् । ती विद्यालयमा ३८ हजार २२४ राहत शिक्षक, उमावि अनुदानमा तीन हजार ९४१ साथै अस्थायी दरबन्दीमा प्राथमिकतर्फ नौ हजार १०६, निमावितर्फ एक हजार ९१३ र माध्यमिक एक हजार ४२ जना गरी जम्मा एक लाख २० हजार ६१० शिक्षक छन् । साथै २५ हजार ४७१ बाल विकास स
दुर्घटनाको डरलाग्दो तस्बिर
नेपालमा सडक दुर्घटनाबाट हुने मानवीय क्षतिको स्थिति हेर्दा निकै डरलाग्दो देखिन्छ । दैनिक औसत ८ देखि १० जनासम्मको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । अझ चाडबाडको बेला यो तथ्याङ्क उकालो लाग्छ । दसैँको बेला घर फकर्ने यात्रुहरूको चाप अत्यधिक भए पनि सडकमार्गको अवस्था भने नाजुक छ । पूर्वपश्चिम राजमार्गका सडकहरू बढी व्यस्त हुँदा दसैँमा घर फकर्नेलाई सकस हुने गर्छ भने सडक दुर्घटना पनि अत्यधिक बढ्ने गरेको छ ।
अवसर खोज्दै विदेशको यात्रा
नेपालमा भने जस्तो अवसर नपाएरै हामी बिदेसिएकाहरू पक्कै पनि अवसरको खोजीका लागि बाहिरिएका हौँ । कोही नेपालमा अवसर नै नपाएर बिदेसिएका छौँ होला । कोही नेपालमा अवसर हुँदाहुँदै पनि गुणात्मक अवसरका लागि वा आफ्नो शैक्षिक दायरालाई फराकिलो गराउनका लागि विदेश पुगेका छौँ होला । कोही बिदेसिने सजिला अवस
समृद्धिको आधार गुणस्तरीय शिक्षा
केही समयअघि नेपाल सरकार र सङ्घर्षरत शिक्षकबिच सहमति भयो । आन्दोलन टुङ्गियो तर आगामी शैक्षिक भविष्यलाई मार्गनिर्देशन गर्ने ऐन बन्न बाँकी छ । विधेयक अहिले विचाराधीन छ । नेपालको भविष्य र समृद्धि असल शिक्षा नीतिमै निर्भर हुने छ । खास गरी सरकारले प्रदान गर्ने शिक्षालाई गुणस्तरीय, सिपमूलक र विद्यालयस्तरमा निःशुल्क र अनिवार्य गराउने संरचना तयार हुनु पर्छ । निजी क्षेत्रलाई मात्र बढोत्तरी दिने, विपन्नका छोराछोरी मात्र सामुदायिक शिक्षा लिन बाध्य हुने अवस्था अब हुनु हुँदैन ।
पुनर्एकीकरण कार्यक्रम अपरिहार्य
आन्तरिक श्रम बजारमा पर्याप्त रोजगारीका अवसरको कमीलगायत अन्य विविध कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्या हाल आएर ह्वात्तै बढेको देखिन्छ भने दैनिक रूपमा फर्किनेहरूको सङ्ख्या पनि कम छैन । आर्थिक वर्ष २०७९/८० मा पुनः श्रम स्वीकृतिसमेत गरी ७२ हजार १३४ महिलासहित कुल सात लाख ७१ हजार ३३१ जना नेपाली श्रमिक वैदेशिक रोजगारीमा गए भने सोही आवको १० महिनाभित्र विभिन्न १५१ मुलुकबाट ३३ हजार ५१६ महिलासहित कुल चार लाख ४४ हजार ८४६ स्वदेश फर्किए । वैदेशिक रोजगारको इतिहासमै भारतबाहेकको मुलुकहरूमा रोजगारीका लागि बिदेसिने नेपाली श्रमिकको यो सङ्ख्या हालसम्मकै सर्वाधिक हो ।
ऊर्जा विकास मार्गचित्र कार्यान्वयनका पूर्वसर्त
नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हालै ऊर्जा विकास मार्गचित्र तथा कार्य योजना, २०८० तयार पारेको छ । आगामी १२ वर्ष अर्थात् सन् २०३५ सम्ममा हुने विद्युत्काे उत्पादन, आन्तरिक खपत, अन्तरदेशीय व्यापार, त्यसका लागि आवश्यक पर्ने पूर्वाधार र वित्तीय स्रोतको अनुमान आदि विषय सो मार्गचित्रमा समेटिएको छ । साथै, मार्गचित्रको प्रभावकारी कार्यान्वयनका लागि गरिनु पर्ने नीतिगत, कानुनी, संरचनागत तथा प्रक्रियागत सुधारका उपायसहितको ८५ बुँदे कार्ययोजना पनि समावेश गरिएको छ । सो मार्गचित्रले सन् २०३५ सम्ममा विद्युत्को कुल जडित क्षमता २८ हजार पाँच सय मेगावाट, प्रतिव्यक्ति विद्युत् खपत एक हजार पाँच सय युनि
विद्यालय समुदाय सम्बन्ध
विगतमा विद्यालय सञ्चालनको सम्पूर्ण जिम्मा केवल सरकारको नै हो भन्ने आमधारणा थियो । पछि यस धारणा हटेर नागरिक समाज र विशेष गरी अभिभावकको प्रतिनिधिमूलक संस्था विद्यालय व्यवस्थापन समितिलाई अधिकार सम्पन्न र विद्यालयको महत्वपूर्ण अङ्गका रूपमा स्थापित गर्ने दृष्टिकोणबाट विद्यालय समुदाय सम्बन्ध अवधारणाको विकास हुंँदै गएको हो ।