परदेशमा देशको सम्झना
जब चाडबाड आउँछन्, परदेशीले देश सम्झन्छ । भदौको कुशेऔँसी हुँदै जब स्वदेशमा चाडपर्व सुरु हुन्छन्, त्यस बेलादेखि परदेशीको मनमा बेचैनी हुन्छ । जन्मभूमिमा खेलेका, हुर्केका साथीभाइ, वल्लोपल्लो घर अनि उकाली ओराली गरेको खेतगरो, खोलानाला, डाँडाकाँडा अनि मेलापातको याद आउन थाल्छ । आफ्नो थातवासको यादले विदेशमा जति सुखसयल भए पनि मन अमिलो हुन्छ । नारायणगोपालको स्वर लहरीमा गुञ्जेको गीतमा झैँ ‘म जन्मे जहाँ, म हुर्के जहाँ, म खेले जहाँ त्यही आँगन प्यारो छ, यो छातीभरि मुरीका मुरी नेपालको माया छ’ जस्ता सुमधुर गीतका आवाजले मन चसक चसक बिझाउँछ । देश छोडेर आउने
साइबर अपराध न्यूनीकरण
आजको डिजिटल युगमा धेरै देश जस्तै नेपाल पनि प्रविधि र कनेक्टिभिटीमा द्रुत रूपमा अघि बढिरहेको छ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अतुलनीय विकास, विस्तारले मानव दैनिक जीवनमा धेरै फाइदा पु¥याउनुका साथै तिनीहरूले साइबर अपराधको बढ्दो खतरालाई पनि जन्म दिएका छन् । प्रविधिको प्रयोग गरेर साइबर अपराधीहरूले सूचना प्रविधिका उपरकरण (मोबाइल, कम्प्युटर, डाटा सर्भर आदि) र स्वदेशी र अन्तर्राष्ट्रिय, व्यक्तिहरू, व्यवसायहरू र सरकारी संस्थालाई लक्षित गर्दै साइबर हमला गर्नुका साथै विभिन्न महत्वपूर्ण सामाजिक, आर्थिक र सुरक्षा चुनौतीहरू थपेका छन् ।
जातीय विभेदविरुद्ध कानुन
अन्तरजातीय प्रेमलाई सामाजिक प्रतिष्ठाको विषय बनाउँदा कैयौँ अन्तरजातीय जोडी आत्महत्या गर्न बाध्य हुँदै आएका छन् । जात व्यवस्थाले जरा गाडेको नेपाली समाजमा जातसँग जोडिएका हरेक विषयलाई सामाजिक प्रतिष्ठामा जोड्ने चलन यथावत् रहेकाले यस्ता खालका घटना हुँदै आएका छन् । अन्तरजातीय प्रेम विवाह गर्नेहरूलाई प्रोत्साहन भत्ता दिने र समाजमै सम्मानका साथ जिउन वातावरण बनाउने प्रतिबद्धताहरू विभिन्न राजनीतिक दल तथा सामाजिक सङ्घ, संस्थाहरूका थुप्रै रहेका छन् तर अन्तरजातीय प्रेम विवाह गर्ने जोडीहरू कि समाजबाट विस्थापित नै भएका छन् कि आत्महत्या नै गर्ने अवस्थामा पुगेका छन् ।
भान्सामा प्रयोग हुने तेलको गुणस्तर
एक्काइसौँ शताब्दीमा पनि हामी खाना पकाउने तेलबारे कुरा गर्नुपर्दा अन्योलमा पर्छौं । म पनि एक डाक्टर भए तापनि खाने तेलमा खासै चासो राख्दिनथेँ । थोरै तेलमा पकाएर खाँदा शरीरलाई के नै फरक पर्ला र ? भनी सोच्थेँ । तर होइन रहेछ, खाने तेल र हाम्रो स्वास्थ्यको गहिरो सम्बन्ध छ । त्यसैले राम्रो खाने तेल छान्न जान्नु पर्छ । पहिलो कुरा तेलमा अक्सिजन (फ्री राडिकलहरू) र ट्रान्स फ्याट नभएको हुनु प¥यो । तिनीहरू नै हुन्, हाम्रो शरीरका लागि हानिकारक चिजहरू । थाहा छ तपाईंलाई ? फ्री राडिकल र ट्रान्स फ्याट जस्ता नराम्रा हानिकारक पदार्थहरू हाम्रो खाने तेलमा कहाँबाट आउँछन् ?
चाडपर्वमा अपनाउनुपर्ने सावधानी
हिन्दुको महान् चाड दसैँ घरआँगनमा नजिकिँदै छ । दसैँ मनाउन विदेश गएका र देशका विभिन्न स्थानमा रोजगार, व्यापार, अध्ययन आदिको क्रममा बाहिरिएकाहरू आफ्नो गाउँघर फर्कंदै छन् । शनिबारसम्म सोह्रश्राद्ध छ । यो बेला श्राद्ध गर्दा वर्ष दिनसम्म पितृ तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । ठुला चाड दसैँ, तिहार मनाउनुअघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्परा अनुसार सोह्रश्राद्ध गरिने धर्मशास्त्रीहरूको भनाइ छ । यस वर्षको दसैँको जमरा राख्ने दिन अर्थात् घटस्थापना यही असोज २८ गते आइतबार परेको छ ।
लगानी संवाद, आइसिटी स्टार्टअप तथा इनोभेसन
भेला हुनु, मेला आयोजना गर्नु, हाटबजार सञ्चालन हुनु, नयाँ नयाँ विषयमा सोधपुछ गरी जानकारी हाँसिल हुनु, नवप्रवर्तनका लागि प्रोत्साहन गरिनु यी सबै राम्रा काम हुन् ।
विश्वविद्यालय स्वायत्तताको सम्मान
नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) को केन्द्रीय कार्यालय र त्यसको विश्वविद्यालय विद्यापीठ दाङको बेलझुन्डीमा छ । नेसंविको केन्द्रीय कार्यालयको मूलगेटमा एक वर्षमा आठ महिना जति ताला झुन्डिएको हुन्छ । प्रशासनिक भवनको मूलढोका, त्यहाँ नभए उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवका कार्यकक्षमा त निश्चित रूपमा नै ताला लगाइएको हुन्छ । केही वर्षयता त तालाबन्दी गर्न विश्वविद्यालय सेवा आयोग कार्यालयसमेत थपिएको छ । त्यसैले आजभोलि नेसंविलाई दाङतिर नेसंवि भन्दैनन् र बेलझुन्डीलाई पनि बेलझुन्डी भन्दैनन् । नेसंविको नाम तालाबन्दी विश्वविद्यालय र बेलझुन्डीलाई तालाझुन्डी भन्ने गर्दछन् ।
पछिल्लो नीतिपछि सेयर बजार
नेपाल राष्ट्र बैङ्कले सेयर कर्जा र घरजग्गा कर्जामा अपनाएको लचकताको सकारात्मक असर सेयर बजारमा देखिने अपेक्षा गरिएको थियो तर सो नीतिपश्चात् कारोबार भएको दिन गत आइतबार नै सेयर बजार परिसूचकाङ्कमा ठुलो गिरावट आयो । लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको सेयर धितो कर्जाको व्यवस्थालाई स
चाडपर्वकेन्द्रित बजार अनुगमन
नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको हक सुनिश्चित गरिएको छ । यस धारामा “प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने छ भन्ने उल्लेख छ ।” यसै गरी संविधानको निर्देशक सिद्धान्त, नीति तथा दायित्व अ
सामाजिक सद्भावको जग
हरेक नागरिकलाई जागरुक, कर्मठ, सक्षम, इमानदार र सहिष्णु बनाउन र बन्न शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । यसका लागि विद्यालय पहिलो र महìवपूर्ण थलो हो । विद्यालय शिक्षाबाट नै हरेक व्यक्तिले आफ्नो भविष्यको बाटो तय गर्न सक्दछ भने उसको व्यक्तित्व विकासको सुरुवात पनि हुन्छ । यसर्थ मुलुकको समग्र विकासका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने, समाजमा सहिष्णुता कायम गर्ने, विकासनिर्माणदेखि शिक्षा, स्वास्थ्य, समानता, भाइचारालगायतका यावत् सामाजिक संरचनालाई उच्च किसिमबाट अगाडि बढाउने आधार पनि विद्यालय नै हो ।
भ्रमण खर्चमा आर्थिक सदाचार
भ्रमण खर्च नियमावली, २०६४ मा सरकारी कामकाजको क्रममा स्वदेश र विदेश भ्रमण गर्दा राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायका पदाधिकारीलगायत नेपाल सरकारका सबै श्रेणी र तहका राष्ट्रसेवक कर्मचारीलाई भ्रमण खर्च, दैनिक भत्ता र अन्य सुविधा उपलब्ध गराउने सम्बन्धमा अति विशिष्ट, विशिष्ट, प्रथम, द्वितीय, तृतीय र चतुर्थ तहमा वर्गीकरण गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संसद्का सभामुख, उपप्रधानमन्त्री वा मन्त्रीलाई अति विशि
समाजको ऐना शिक्षक
केही दिनअघि मात्रै हामीले विश्व शिक्षक दिवस मनायौँ । चाहेको शिक्षाका लागि शिक्षक चाहिन्छ : शिक्षक अभावलाई उल्टाउन विश्वव्यापी अपरिहार्य भन्ने नाराका साथ दिवस मनाइयो । मानव समाजले धेरै किसिमका दिवस मनाइरहेका बेला शिक्षक दिवस पनि मनाउने प्रचलन आएको हो । विश्व शिक्षक दिवसको उद्देश्य संसारका शिक्षकहरूको प्रशंसा, मूल्याङ्कन र सुधारमा ध्यान केन्द्रित गर्नु र शिक्षक र शिक्षणसँग सम्बन्धित मुद्दाहरू विचार गर्ने अवसर प्रदान गर्नु हो ।
संवादप्रेमी राष्ट्राध्यक्ष
रामचन्द्र पौडेल अहिले गणतन्त्र नेपालका राष्ट्रपति हुनुहुन्छ । सात दशक लामो राजनीतिक यात्राका क्रममा उहाँले सायदै यो पदमा आसीन हुने कल्पना गर्नुभएको थियो होला तर नियतिले यही चाह्यो । गणतन्त्र नेपालका तेस्रो राष्ट्रपतिको भूमिकामा उहाँ आइपुग्नुभएको छ । पौडेल यस्तो बेला राष्ट्रपति बन्नुभयो, जतिखेर यो संस्था चरम विवादको केन्द्रमा थियो । नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेका विवादित निर्णय आँखा चिम्लेर सदर गर्ने प्रवृत्तिले यो संस्थाप्रति थोरै आक्रोश र निराशा थियो । त्यसलाई सच्याएर संविधानप्रदत्त दायित्व निर्वाह गर्ने राष्ट्रपतिको खाँचो थियो ।
प्रमको सफल विदेश भ्रमण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका र चीनको दुई साता लामो भ्रमण हालै सम्पन्न गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८ औँ साधारण सभामा भाग लिन यही भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो । महासभामा सम्बोधनलगायत थुप्रै साइडलाइन वार्ता र द्विपक्षीय छलफलपछि असोज ५ गते उहाँ चीन भ्रमणमा जानुभयो । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङलगायत नेतृत्वहरूसँगको उच्चस्तरीय द्विपक्षीय वार्तापछि प्रधानमन्त्री प्रचण्ड असोज १३ गते स्वदेश फर्कनुभयो ।
कर्णालीले दिएको चिनारी
कर्णाली क्षेत्र भन्नाले सामान्यतः पूर्वमा धवलागिरी हिमालदेखि पश्चिममा ब्यास हिमालसम्मको करिब १७९.५९ किलोमिटर लम्बाइमा फैलिएको कर्णाली नदीको जल प्रवाहित भूभागलाई मानिन्छ । ठुलो भूभाग मात्र नभई भाषा, संस्कृति, संस्कार यी सबै कुराको उद्गमस्थल यो सुन्दर थलोलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा कर्णालीबाहिर आजसम्म सकारात्मक देखिँदैन । कर्णालीको पहिचान नेपालको सबैभन्दा ठुलो भूभाग ओगटेको क्षेत्र वा नेपालको सबैभन्दा लामो कर्णाली नदी भएको ठाउँ भनेर परिचित छैन ।
युवालाई देशमै रोकौँ
वैदेशिक रोजगारी नेपालको मात्रै होइन, नेपाल जस्तै अन्य धेरै गरिब मुलुकको पनि बाध्यता नै हो । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको सदुपयोग गरेर धेरै मुलुकले आर्थिक समृद्धि हासिल गरेको पनि सत्य हो । नेपालमा पनि धेरै गरिब नेपालीको जीवन निर्वाहको स्रोत बनेको छ, वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स । यति मात्रै होइन, देशको अर्थतन्त्र नै रेमिट्यान्सले धानेको छ ।
बहसमा सार्वजनिक सेवा प्रसारण
सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक यति बेला प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बहसको विषय बनेको छ । राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित २०७९ साल चैत २९ गते यो विधेयक पारित गरी प्रतिनिधि सभामा पठाएको हो । राष्ट्रिय सभामा उत्पत्ति भएका कारण प्रतिनिधि सभाको अवधि समाप्त भएर पनि यो विधेयक कायमै रह्यो र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पहिलो अधिवेशनमा नै संसद्मा प्रस्तुत गर्नुभएको हो । यो विधेयक सा
संसद्को जिम्मामा शिक्षा विधेयक
नेपालको शिक्षा ऐनलाई सङ्घीय ढाँचामा बदल्न संशोधित विधेयक सरकारले संसद्मा दर्ता गरेको छ । यसबारे संसद्को छलफलमा सांसद्हरूका टिप्पणी विरोध, आलोचना, प्रहार अनि आक्रमणहरूले भरिपूर्ण छन् । आफूले गर्न नपाएको, सरकारले आफूसँग सल्लाह नगरेको, संविधानविरुद्ध भएको जस्ता आरोपहरूले आजसम्मको राजनीतिक ढिलासुस्तीलाई ढाक्न खोजिएको मात्र देखिन्छ । कुनै न कुनै समयमा आफूहरू सरकारमा भएको र गर्न नसकेको स्विकार्नुको सट्टा विरोधका लागि विरोधमा उत्रनु, कुण्ठा सुनाउनु तर निकास दिन नसक्नु देशका लागि दुःखद कुरा हो ।
दसैँ अर्थतन्त्रको आशा
नेपालीको घरआँगनमा बिस्तारै दसैँको आगमन हुँदै छ । लामै समयदेखि अर्थतन्त्रमा आएको सुस्त, अझ मन्दीतिर गइरहेको अवस्थालाई यो दसैँ, तिहारलगायत चाडपर्वले अलिकति भए पनि अवरोध गर्ने अनि अर्थतन्त्रलाई गति दिने आशा पलाएको छ । सुस्त अर्थतन्त्रका बिच सहरका मुख्य बजारमा केही दिनयता चलहपहल बढ्न थालेको छ । राजधानी उपत्यका मुख्य बजार नयाँ सडक, असन, इन्द्रचोक, मङ्गलबजार, लगनखेललगायतका क्षेत्रमा ग्राहकको उपस्थिति भिडतर्फ उन्मुख हुँदै छ । डिपार्टमेन्ट स्टोरमा चहलपहल बढेको छ । ग्राहकको उपस्थिति बढ्न थाले पनि किनमेल भने खासै बढ्न नसकेको व्यापारीहरूको भनाइ छ तर कतिपयले व्यापारीको यो
श्रमको व्यावसायिक पुँजीकरण
मुलुकवासीप्रति प्रत्येक सरकारको सामाजिक तथा नागरिक दायित्व हुन्छ । सोही अनुसार हरेक मुलुकले आफ्ना नागरिकको विकास र समृद्धिमा ध्यान दिएको हुन्छ । नेपालले पनि २०८०/८१ को बजेटमा एक खर्ब ९७ अर्ब २९ करोड शिक्षामा खर्च गर्ने लक्ष्य राखेको छ । यसै अवधिमा भारतले ६८ हजार ८०५ करोड, अमेरिकाले १२९ विलियन डलर खर्च गरेको देखिन्छ । प्रत्येक देशले आफ्नो जनशक्तिलाई साक्षर, शिक्षित, सक्षम बनाउन प्रयास गरिरहेको हुन्छ ।
नागरिकमा परिवर्तनको आभास
दोस्रो जनआन्दोलनसँगै स्थापित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाले डेढ दशक समयावधि पार गरेको छ । यो शताब्दीकै सबैभन्दा सुन्दर शासन व्यवस्था हो । राजनीतिक परीक्षणका अलौकिक र सुन्दर स्वरूपहरूको उच्चतम अभ्यास नै गणतन्त्र हो । यस प्रकारको शासन बहालीसँगै नागरिकमा धेरै आशा थिए र अभैm छन् । देशमा विद्यमान असमानता, अशान्तिको सम्पूर्ण दोष लागेको राजतन्त्रको समूल अन्त्यपछि दूर सभ्यता र प्रगतिको अपेक्षा थियो । नागरिक जीवनमा सर्वपक्षीय उन्नयनहरूको उभारको प्रतीक्षा थियो तर पनि नागरिक अलिक निराश छन्, सरकार तथा दलहरू नागरिकप्रति कमै उत्तरदायी भएको महसुस गर्छन् । पात्र, प्रवृत्ति र स्वार्थ नबदलिएका भन्छन् । नागरिकको आशा सार्थक बनाउने क्रममा शासन व्यवस्थाहरू निकै उदासीन र कम प्रभावी मात्र बनेको भन्दै चिन्ता जाहेर गरिँदै छ ।
गुलियो मायाजालमा अपराध
अङ्ग्रेजी शब्द हनीको अर्थ मह भन्ने बुझिन्छ भने ट्र्याप भन्नाले जालमा पार्ने भनेर बुझिन्छ । मह जस्तै मिठो वा राम्रो चिजको माध्यमले कुनै व्यक्तिलाई ट्र्यापमा पारिन्छ भने त्यसलाई सामान्य बुझाइमा हनी ट्र्याप भनिन्छ । यो शब्द हेर्दा र सुन्दा जति सरल र सूक्ष्म देखिन्छ त्यति सरल नभई अति नै बृहत् र फराकिलो भएको पाइन्छ । यसलाई नेपाली मर्म अनुसार मह जस्तै गुलियो मायाजालमा पारेर स्वार्थ पूरा गर्ने आपराधिक कार्यसमेत भन्दा फरक पर्दैन ।
राष्ट्रसङ्घ महासचिवको नेपाल भ्रमण
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउने कुरा सार्वजनिक भएको छ । यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले २००८ मा नेपाल भ्रमण गरेका थिए भने तत्कालीन महासचिव जविएर दि क्यु लार, उ थान्ट आदिले समेत भ्रमण गरेका थिए । संयुक्त राष्ट्रसङ्घका चार महासचिव नेपाल भ्रमणमा आए । सन् १९७१ पछि डा. कुर्ट वाल्डहेम र जेभियर पेरेज डे कुएलर नेपाल आए । संयुक्त राष्ट्रका लागि एक मात्र एसियाली महासचिव उ थान्टले नेपाल भ्रमण गरे र उनको पहलमा सन् १९६७ मा लुम्बिनी विकास समिति गठन भयो ।
मधेश समृद्ध बन्न सक्छ
पूर्वमा सप्तरीदेखि पश्चिममा पर्सासम्मका आठ जिल्लालाई मधेश प्रदेश कायम गरिएको छ । भौगोलिक हिसाबले समतल भू–भागमा अवस्थित मधेश प्रदेश आर्थिक दृष्टिले समृद्ध प्रदेशमा विकसित हुन सक्ने सम्भावित प्रदेशका रूपमा रहेको छ तर मधेश प्रदेशको आर्थिक अवस्था सुखद छैन । राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा मधेश प्र