व्यवहारमा समानुपातिक प्रणाली
संसदीय लोकतन्त्र विश्वको सबैभन्दा राम्रो व्यवस्था मानिएको छ । यसमा बढीभन्दा बढी जनप्रतिनिधिको सहभागिता हुन्छ । यसलाई समावेशीको सिद्धान्त पनि भनिन्छ । निर्वाचनको तीन वटा पद्धति हुन्छन् । एउटा प्रत्यक्ष निर्वाचन; जसमा सबभन्दा बढी मत ल्याउने विजयी हुन्छन् । अर्को मनोनयन पद्धति; जसमा राष्ट्रप्रमुखद्वारा सरकारको सिफारिसमा मनोनीत गरिन्छ । तेस्रो, समानुपातिक पद्धतिद्वारा चयन हुन्छ । समानुपातिक पद्धतिको विकास १९ औँ शताब्दीदेखि सुरु भएको हो ।
सुशासनका आयाम
शासन, सुशासन र लोकतन्त्र शब्दको प्रयोग धेरै भएको पाइन्छ । शासनलाई बुझ्ने, अभ्यास गर्ने तरिका विभिन्न समयमा पृथक् पृथक् भएको पाइन्छ । त्यसैले व्यक्ति, समूह वा समाजले यसलाई ग्रहण गर्ने, बुझ्ने शैली पनि फरक हुन्छ । राजनीतिक आस्था र सिद्धान्तका आधारमा लोकतन्त्रको व्याख्या फरक फरक तरिकाले गरे जस्तै शासकीय शैलीलाई पनि आआफ्नै प्रकारले अभ्यास गरिएको पाइन्छ । जनतामा आएको चेतनाको लहर सँगसँगै शासनलाई लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित गराउने प्रक्रिया प्रारम्भ भएको हो । बृहत् एवं आधुनिक अर्थमा शासनलाई नागरिकले आफ्नो भविष्यको खाका आफैँ निर्धारण गर्न पाउने, आफ्नै प्रतिनिधिद्वारा शासित हुने, खुला बजार, उदारीकरण, प्रतिस्पर्धी र पारदर्शी समाज, आर्थिक, सामाजिक, राजनीतिक स्व
विकासको प्रमुख आधार
कृषि मानवको जिउने आधार हो । अन्य क्षेत्रको जतिसुकै विकास र विस्तार भए पनि कृषिलाई बेवास्ता गरियो भने यसले विकास नभएर विनास निम्त्याउँछ । नेपालमा साठी प्रतिशतभन्दा बढी मानिस कृषिमा आबद्ध छन् । प्रमुख पेसा नै कृषि भए पनि कृषि उत्पादनले हाम्रो मागलाई धान्न सकेको छैन । नेपालको संविधानमा कृषि तथा भूमिसुधारसम्बन्धी पाँच वटा नीति उल्लेख गरिएको छ, जसमा भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमिसुधार गर्ने । अनुपस्थित भू–स्वामित्वलाई निरुत्साहित गर्दै जग्गाको चक्लाबन्दी गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने । किसानको हकहित संरक्षण र संवर्धन गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउन भूउपयोग नीतिको अवलम्बन गरी भूमिको व्यवस्थापन र कृषिको व्यवसायीकरण, औद्योगिकीकरण,
सार्वजनिक प्रसारणको व्यग्र प्रतीक्षा
सार्वजनिक प्रसारणको इतिहासलाई हेर्दा सन् १९९० को दशकमा यसको प्रारम्भ भएको पाइन्छ । सार्वजनिक प्रसारणलाई जनहितकारी प्रसारण वा लोककल्याणकारी प्रसारण भनेर पनि चिनिन्छ । एउटा सार्वजनिक प्रसारण संस्था विपत्, महामारी, प्राकृतिक प्रकोप, निर्वाचन एवं सङ्कटका बेलालगायत नागरिक सरोकारका मुद्दामा जनताप्रति उत्तरदायी र स्वार्थबाट मुक्त रहन सक्ने अपेक्षा गरिन्छ । सार्वजनिक प्रसारणलाई चिनाउने नाम फरक फरक भए पनि मुख्य गरी यसको परिभाषामा स्वनियन्त्रण, निःस्वार्थ, निष्पक्ष र जनउत्तरदायी विशेषतालाई बढी जोड दिंँदै आएको पाइन्छ । सार्वजनिक प्रसारकका रूपमा विश्वमा चि
शैक्षिक क्षेत्रका चुनौती
कर्मचारीतन्त्र जस्तै शिक्षा पनि प्रक्रियामुखी र अझ भनौँ प्रचारमुखी बन्दै गएको छ । नेपालको अहिलेको शिक्षाले जीवन उपयोगी सिप सिकाउनुभन्दा बेरोजगारीको भिड उत्पादन गर्नमा बढी केन्द्रित भइरहेको प्रतीत हुन्छ । स्वदेशभन्दा विदेशलाई अनि आफ्नोभन्दा अरूको प्यारो देख्ने बनाइरहेको छ । त्यसैले आज हाम्रा गाउँघर युवाविहीन र मनावविहीन नै बन्दैछन् । विकास त गाउँमा जाँदै छ तर निर्जन बस्तीहरूमा विकास जानुको के अर्थ भो र ! यसमा कहीँ कतै शिक्षाको भूमिकाको खोजी गर्ने कि ?
अटिजम अपाङ्गता होइन
अटिजम एक अवस्था हो; जसले मानिसको व्यवहार र सञ्चारलाई असर गर्छ । अटिजम शब्द पहिलो पटक १९११ मा सुरुवात गरिएको हो । मानिसमा अटिजमका लक्षण देखा पर्न थालेपछि सन् १९४० मा डाक्टरद्वय लियो क्यानर र ह्यान्स एस्पर्जरले अटिजमलाई बुझ्न थप प्रोत्साहन गरे । विश्व अटिजम जागरुकता दिवस आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घबाट सन् २००७ मा पारित भयो । अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) बारे अनुसन्धान र समर्थन गर्न, देशलाई प्रोत्साहित गर्न अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवस मनाउन सुरु गरियो । यस वर्षको नारा ‘स्वीकारोक्ति र सशक्तताका साथ अब बाँच्ने मात्र हैन, प्रतिस्पर्धामा नै उत्रने’ भन्ने छ ।
सहकारीको इतिहास
नेपाल आधुनिक युगमा प्रवेश गरेसँगै छिमेकी र विश्वका अन्य देशमा उपयोग गरिएका सामाजिक तथा आर्थिक कार्यक्रमको अनुकरण गर्ने क्रम पनि सुरु भयो । सहकारीबारे हाम्रा छिमेकी चीन र भारतको अभ्यास चाखलाग्दो मात्रै होइन, अनुकरणीय पनि छ । चीन र भारतमा सहकारीको अभ्यास बिसाैँ शताब्दीको सुरुदेखि नै भएको हो । युरोप र अमेरिकाको अभ्यास पनि प्रेरणादायी छ । राजनीति, शिक्षा, संस्कृति, सामाजिक परिवेशका अनेक आयाममा अन्य देशमा गरिने सहकारी उपयोगका
कागजमा लैङ्गिक समानता, व्यवहारमा असमानता
नेपालको संविधानले महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण फरक व्यवहार हुन नहुने वा असमान व्यवहार गर्न नहुने प्रष्ट पारेको छ ।
दूषित सूचनाको परिणाम
‘सञ्चार माध्यम वा सामाजिक सञ्जालबाट जस्तो सूचना पायो त्यसैका आधारमा भोट हालेर मतदाताले आफैँलाई थप कमजोर बनाएका छन् । मतदाता प्रभावित पार्ने त्यस्ता सूचना कहाँबाट, कुन उद्देश्यले पठाइएका छन् र ती सूचनामा कसको नियन्त्रण छ भन्ने आममतदातालाई पत्तै हुँदैन ।’ आमसञ्चारका माध्यम कसरी सङ्कटमा परेका छन् भनेर अङ्ग्रेजी भाषाकी प्रसिद्ध भारतीय लेखिका अरुन्धती रायले गरेको टिप्पणीको सानो अंश हो यो । यो लेख भारतको केरला राज्यको त्रिवेन्द्रम्मा १३ डिसेम्बर २०२३ मा उनले दिएको प्रवचनमा केन्द्रित रहेर हिन्दी भाषाको म्यागेजिन समयान्तरमा प्रकाशित छ ।
मर्यादित एसइई परीक्षा
विसं १९९० बाट एसएलसी परीक्षा मुलुकमा सञ्चालनमा आयो । लामो समयसम्म यो परीक्षा ‘एसएलसी’ नामबाटै चल्यो । केही वर्षदेखि यो परीक्षा ‘एसइई’ का नाममा सञ्चालन भई आएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ देखि सञ्चालित भइरहेको छ । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा परीक्षार्थी सहभागी छन् । यस परीक्षामा पाँच लाख चार हजार ४१४ जना परीक्षार्थी सहभागी छन् । सबभन्दा बढी काठमाडौँबाट ३८ हजार ८१३ जना र सबभन्दा कम जापानको परीक्षा केन्द्रबाट २३ जना सहभागी छन् ।
राजनीति सङ्ल्याउने अवसर
वैचारिक तथा सैद्धान्तिक कार्यनीति र कार्यदिशा अनुसार चल्न नसक्ने दलहरू राजनीतिक निष्ठामा हैन स्वार्थमा केन्द्रित हुन्छन् । स्वार्थमा केन्द्रित राजनीति मुलुकका निम्ति घातक बन्छ, त्यसले इमानदार नेता, कार्यकर्ता तथा आमजनतामा राजनीतिप्रति नैराश्यता र वितृष्णा पैदा गर्छ । कुनै पनि पार्टीको प्रभाव सिद्धान्त तथा विचारधाराको क्षेत्रमा पार्टीले हासिल गरेका उपलब्धि र नेता तथा कार्यकर्ताले संस्थागत रूपमा निकालेको परिणाममा भर पर्छ । पार्टी संस्थागत रूपमा चल्न सकेन र संस्थागत रूपमा बोल्न सकेन भने पार्टीमा व्यक्तिवाद र अराजकता हाबी हुँदै विकृति र विसङ्गतिको चाङ थपिन्छ ।
ओझेलमा कृषि कामदार
मुलुकमा कृषि क्षेत्रसँग सम्बन्धित समस्याको समाधानका बारेमा चर्चा हुने बित्तिकै सबैको ध्यान यस क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणमा मात्र जाने गरेको देखिन्छ । कृषि क्षेत्रको प्रमुख समस्यामा परम्परागत तथा निर्वाहमुखी खेती प्रणाली, बजारीकरण, बिचौलिया, छिमेकी बजारको प्रभाव, सिँचाइ तथा मलको आभाव आदि रहेको धेरैको ठहर छ । यसै कारण सरकारले तर्जुमा गरेका अधिकांश योजना तथा कार्यक्रममा समेत यसैलाई प्राथमिकता दिएको देखिन्छ तर यस क्षेत्रबाट अपेक्षित लाभ लिन सकिरहेको अवस्था छैन । यसबाट के प्रस्ट हुन्छ भने कृषि क्षेत्रमा अन्य समस्या पनि छन्, जुन अहिलेसम्म उजागर हुन सकेका छैनन् । यस्तै ओझे
युग सुहाउँदो नेतृत्व
भनिन्छ, समाजवादको विश्वव्यवस्था सिद्धान्त अनुसार मेट्रापोलिसले स्याटलाइटलाई आफ्नो छातामुनि राखेको हुन्छ । अर्थात् (कोर) मध्यले (पेरिफेरि) पृष्ठलाई आफ्नो नियन्त्रणमा राखेको हुन्छ । अहिलेको २१ औँ शताब्दीमा विश्व भूमण्डलीकरणको अवस्थाले केही हदसम्म परिवर्तन भइरहेको आभास हुन्छ । सामाजिक रूपमा उपरिसंरचनाले विशेषतः दैनिक सूक्ष्म जीवनलाई अभिमुखीकरण गरिरहन्छन् भन्ने मान्यतालाई अहिले विश्वमा उदाउँदा नयाँ विचार र नयाँ नेतृत्वले विश्व राज्यव्यवस्थालाई प्रभावित पारिरहन सक्छ भन्ने तथ्य साबित हुँदै गएका छन् ।
विद्यालय सुधारको बाटो
कुनै बेला पूर्वकै उत्कृष्ट नमुना विद्यालयका रूपमा परिचित विराटनगर–२, शङ्करपुरस्थित ऐतिहासिक जनता नमुना माध्यमिक विद्यालय गत शैक्षिक सत्रसम्मको यात्रामा आइपुग्दा विद्यार्थी अभावको समस्या झेलिरहेको थियो । विगतमा मुलुकलाई आवश्यक पर्ने विभिन्न दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको यस विद्यालयमा दुई दशकअघिसम्म जो कसैले सजिलैसँग भर्ना पाउन सम्भव थिएन । पछिल्ला वर्षमा यस विद्यालयको स्तर खस्कँदै गएपछि बालबालिका भर्नाका लागि विद्यालय आउनै छाडे, भएका पनि विद्यालय छोडेर अन्यत्रै जान थाले । अघिल्लो शैक्षिक सत्रसम्म आइपुग्दा उक्त विद्यालय
सामाजिक न्याय र समृद्धिको सङ्कल्प
सत्ता सहयात्रा परिवर्तन भएर गत फागुनदेखि नयाँ सहयात्रा सुरु भएको छ । नेपाली कांग्रेससहितको गठबन्धनमा फेरबदल भएर नयाँ गठबन्धन सुरु भएको छ । जसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी सामेल छन् । नागरिक उन्मुक्ति पार्टीले पनि सरकारको पक्षमा विश्वासको मत दिइसकेको छ । सरकारमा सामेल पाँच राजनीतिक दलले गत चैत ६ गते न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प
अर्थतन्त्रमा देखिएका चुनौती
सन् २००८ मा विश्वमा आएको आर्थिक मन्दी, रुस–युक्रेन युद्ध र मध्यपूर्वमा भएको युद्धका कारणबाट विश्व अर्थतन्त्रलाई नै प्रभाव पा¥यो । यसको असर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नेपाललाई पनि पर्नु स्वाभाविक थियो किनकि अझै पनि हाम्रो अर्थतन्त्र परनिर्भर नै छ । त्यसपछि २०७२ सालमा आएको भूकम्प र सन् २०१९ को कोभिडले झनै बढी मात्रामा अर्थतन्त्रलाई खलबल्याइदियो । अहिले पनि अर्थतन्त्र मन्दीको अवस्थामा छ । मन्दीको अर्थतन्त्रलाई सुधार गरेर पुनरुत्थान गर्दै विस्तारित अर्थतन्त्रमा पु¥याउनु नयाँ अर्थमन्त्रीका लागि चुनौती देखिएको छ । आन्तरिक उत्पादन शिथिल भएकाले हाम्रो अर्थतन्त्र आयातमु
विद्यार्थीका आकाश छुने रहर
शुक्रबारको दिन थियो; कक्षाकोठामा पस्नासाथ विद्यार्थी आआफ्ना ठाउँबाट जुरुक्क उठे र दुवै हात जोड्दै एउटै लयमा चिच्याए : “शुभ शुक्रबार गुरुआमा !” शुभ प्रभातका ठाउँमा ‘शुभ शुक्रबार’ भनेपछि मैले बुझ्नुपर्ने हुन्छ, आज विद्यार्थी किताब खोल्ने मनस्थितिमा छैनन् । अब के क्रियाकलाप गराऊँ त ? एकछिन अलमलमा परेँ । आफ्नो विषयसँग सम्बन्धित रहेर एकल तथा सामूहिक रूपमा कथा लेखन, कविता लेखन, भाषिक खेललगायतका विविध गतिविधि गराइसकेँ । केही फरक केही नयाँ काम गर्ने मनस्थितिमा थिए विद्यार्थी । “आज केही नयाँ काम गरौँ ।” मुखले त भनिहालेँ तर नयाँ कामचाहिँ के हो मलाई नै थाहा थिएन । सबै विद्यार्थीलाई आँखा चिम्म गरेर लामो लामो श्वास तान्दै ध्यानमा बस्न लगाएँ । आफूले पनि आँखा चिम्लेरै सोचेँ, त्यस्तो नयाँ र विशेष के क्रियाकलाप गराऊँ त ? तत्कालै दिमागमा झिलिक्क बत्ती बल्यो, आज विद्यार्थीका इच्छा नै
पुरुष पनि घरेलु हिंसाको सिकार !
अमेरिकाको ‘रिजन’ पत्रिकाकी सम्पादक क्याथरिन एलिसिया यङ (क्याथी यङ) ले धेरै देशमा महिला र पुरुषबिचको सम्बन्ध र पुरुष घरेलु हिंसाबारे तुलनात्मक अध्ययन गरेकी छन् । उनले लेखेको ‘ह्वेन वाइफ बिट देयर हसब्यान्ड, नो वन वान्ट्स टु विलिभ इट’ लेखको चर्चाले अहिले विश्व समाज तरङ्गित बनेको छ । अहिलेको बदलिँदो परिस्थितिमा पुरुष मात्र होइन धेरै महिलाले पनि पुरुष घरेलु हिंसा गर्ने गरेको तथ्यलाई आफ्नो लेखमा क्याथी यङले औँल्याएकी छन् ।
सूचनामा चलखेल, विज्ञापनमा जालझेल
सूचना प्रविधिको विकास तीव्र गतिमा बढिरहेको छ । यो प्रविधि च्याट जिपिटी (च्याट जेनेरेटिभ प्रि–ट्रेनिङ ट्रान्सफरमर) देखि एआई (आर्टिफिसियल इन्टलिजेन्स) सम्म आइपुगिसक्यो । बच्चादेखि ज्येष्ठ नागरिकसम्म सूचना प्रविधिबाट टाढा रहन सक्ने अवस्था छैन । यसको प्रयोगबिना दिन नै काट्न नसक्ने अन्तर्राष्ट्रिय समस्या आइसकेको छ । यसको दुरुपयोग र अत्यधिक प्रयोगबाट झन् बढी बालबालिका बिग्रिने चिन्ताले विश्वलाई नै आक्रान्त बनाएको छ ।
आगलागीको प्रकोप र नियन्त्रणका उपाय
हिउँद लागेसँगै सुक्खा र खडेरीको याममा चरम बन्ने आगलागी र डढेलोको प्रकोप नेपालमा वर्षायाम सुरु नहुन्जेलसम्म चलिरहन्छ । देशमा आगलागीमा परेर यो वर्ष मात्रै एक सयभन्दा धेरैको मृत्यु भइसकेको छ भने दुई अर्ब रुपियाँभन्दा धेरैको भौतिक क्षति भएको गृह मन्त्रालयको विपत् पोर्टलमा उल्लेख छ । वन डढेलोले खरानी पार्ने अमूल्य जैविक विविधताको लेखाजोखा नै छैन । बर्सेनि डढेलोबाट हजारौँ हेक्टर वनक्षेत्र सखाप हुने गरेको छ । आगो मानिसका लागि तापको स्रोत हो र यो अनिवार्य र उपयोगी छ । आगोको प्रयोगमा सावधानी अपनाउन सकिएन र यो नियन्त्रणबाहिर गयो भने त्यो मानिस मात्रै नभएर सम्पूर्ण वातावरणकै लागि अभिशाप बन्छ । भनिन्छ, एउटा रुखबाट लाखौँ सलाईका काँटी बन्छन् तर एउटा सलाईको काँटी लाखौँ रुख जलाउन सक्षम हुन्छ । यसबाट पनि आगोप्रतिको असावधानी कति महँगो साबित हुन्छ भन्ने प्रस्ट हुन्छ ।
सङ्घीयतामा कर्मचारीतन्त्र
आर्थिक विकास सदैवको महत्वपूर्ण विषय हुँदाहुँदै पनि केही यथार्थता र केही अतिरञ्जनाको परिवेशमा उत्पन्न निराशा र लम्बिँदो आर्थिक मन्दीका कारण यतिखेर सर्वाधिक चासो एवं चुनौतीको विषय बनेको छ । सबैखाले विकासका लागि सुशासन महत्वपूर्ण र अपरिहार्य छ । यो सरकारले खास गरी प्रधानमन्त्रीबाट हरेक वक्तव्य र निर्देशनमा सुशासनलाई उच्च प्राथमिकता दिएर केही महत्वपूर्ण सुधारका पाइला चालिएको अवस्थामा आमजनतामा केही आशाको सञ्चार भएको छ । तथापि यही तवरमा आर्थिक पक्षमा सुशासनको अपेक्षित प्रभाव देखिन बाँकी छ ।
उपभोक्ता अदालतको माग
हरेक नागरिकलाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार विद्यमान कानुनले प्रत्याभूत गरेको छ तर उपभोक्ता आफ्ना अधिकारमा सचेत देखिँदैनन् । नेपालको संविधान २०७२ र उपभोक्ता संरक्षण ऐन, २०७५ ले हरेक नागरिकका उपभोक्ता हकलाई प्रत्याभूत गरेको छ । उपभोक्ता अधिकारमा अब सचेतना बढाउँदै जानु आवश्यक छ । वस्तु तथा सेवाको मूल्यसूची नराख्ने, अद्यावधिक नगर्ने, उपभोक्ताले प्रस्ट देख्ने र बुझ्ने गरी नराख्ने, बिक्री बीजक नदिने, कारोबार रकमभन्दा कमको बीजक दिने, म्याद गुज्रेका वस्तु बिक्री गर्नेलगायत समस्या यस क्षेत्रमा छन् । त्यस्तै खाद्य र अखाद्य वस्तु एकै ठाउँमा राख्ने, कतिपय वस्तुमा उल्लेख गरेभन्दा बढी रकम लिई बिक्री गर्ने, केरमेट गर्ने, सस्तोमा खरिद गरी महँगोमा बिक्री गर्नेलगायतका खराब काम पनि हुने गरेका छन् ।
पुँजीवाद, निजत्व र भ्रष्टाचार
वस्तुतः भ्रष्ट आचार राम्रो व्यवहार होइन । यो औसत ज्ञान भएको सबै मान्छेलाई थाहा छ । भ्रष्ट आचार गरियो भने बदनाम भइन्छ अनि साथीभाइ, इष्टमित्र सबैले धिकार्छन् भन्ने पनि राम्ररी थाहा छ । आजसम्म दुःख, कष्ट र निरन्तर मेहनतबाट बनाएको प्रतिष्ठाको उचाइ वा धरातल गल्र्यामगुर्लुम ढल्छ वा भत्किन्छ भन्ने पनि राम्रो ज्ञान छ । मान, सम्मान, प्रतिष्ठा र इज्जतमा दाग लाग्छ भन्ने पनि छ्याङछ्याङ्ती थाहा छ । राजनीतिक छवि, चुनावी धरातल अनि लोकप्रियता घट्छ र चुनाव जित्न हम्मे हम्मे पर्छ भन्ने पनि सारै राम्ररी थाहा छ । पार्टी, जीवन, राजनीतिक जीवन र सामाजिक जीवन सबै एकछाक हुन्छ भन्ने पनि थाहा छ । यति रा
विधिशास्त्रको प्रभाव
नेपालको संविधानमा विभिन्न विधिशास्त्रीका दार्शनिक दृष्टिकोण र सिद्धान्तको प्रभाव रहेको प्रस्ट देखिन्छ । यहाँ राजनीतिक स्वतन्त्रतासहित मानव अधिकारको संरक्षणसम्बन्धी प्रचलित केही विश्वव्यापी विधिशास्त्रीय दृष्टिकोण र सिद्धान्तको प्रभावको विश्लेषण गरिएको छ । प्राकृतिक अधिकारको विधिशास्त्र मानव जीवनको अधिकार प्राकृतिक रूपमा मानिसलाई प्राप्त भएको हो । प्रकृतिले नै मानवका लागि प्रदान गरेको कुरा भएकाले यसको हनन कसैले गर्न सक्दैन भन्ने मान्यता छ । नेपालको संविधानमा सम्मानपूर्वक बाँच्न पाउने हक (धारा १६) हुने छ भनी उल्लेख गरिएको पाइन्छ । प्राकृतिक सिद्धान्तमा विश्वास गर्ने दार्शनिकमा ग्रिकका सु