भाषा आयोगका पूर्वसदस्य भाषाविद् अमृत योञ्जनका अनुसार तामाङ भाषाका लागि नेपालमा सम्भोटा, ताम्हिक र देवनागरीका साथै भारतमा बङ्गला र असमिया लिपि प्रयोग भएको पाइन्छ । भाषाविज्ञ राजेन्द्र थोकर सम्भोटाको प्रयोग त्यति नरहेको बताउँछन् भने तामहिक लिपि केही हदसम्म सम्भोटासँग मिल्दोजुल्दो भएको पनि स्वीकार गर्छन् ।
नेपालमा भाषा, व्याकरण र लिपिका बारेमा आआफ्नै खालका बुझाइ छन् । पछिल्लो राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा १२४ मातृभाषा बोलिन्छन् । यी सबै मातृभाषा नेपालको संविधानको धारा ६ अनुसार नेपालका राष्ट्रभाषाहरू हुन् । नेपालको संविधानको धारा ७ को उपधारा १ ले देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई नेपालको सरकारी कामकाजको भाषा मानेको छ । त्यसै धाराको उपधारा २ ले नेपालीका अतिरिक्त प्रदेशमा बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी राष्ट्रभाषालाई प्रदेश कानुन बनाएर प्रादेशिक सरकारी कामकाजको भाषा बनाउने अधिकार प्रदेश सरकारलाई दिएको छ । यसै उपधाराको अनुसरण गर्दै बागमती प्रदेश सरकारले तामाङ र नेवार भाषालाई प्रादेशिक सरकारी कामकाजको भाषा तोकिसकेको छ । अन्य प्रदेशले पनि तोक्दै जालान् । प्रदेशहरूको यस दायित्वमा सहयोग पुगोस् भनेर भाषा आयोगले सातै प्रदेशमा सरकारी कामकाजका लागि उपयुक्त हुने भाषाको सिफारिस गरिसकेको छ । संविधानको त्यसै धाराको उपधारा ३ ले भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे अनुसार हुने व्यवस्था गरेको छ ।
बेलाबेलामा यस्ता संवैधानिक व्यवस्था हुँदाहुँदै अमूक भाषालाई कहिले व्याकरण र कहिले आफ्नै लिपिको अभाव देखाएर भाषाको अस्तित्वमाथि नै प्रश्नचिह्न उठाउने गरिएको छ ।
व्याकरण
कुनै पनि भाषाको निर्माण पहिला पारिभाषिक शब्दावलीबाटै सुरु हुन्छ । तिनलाई अभिव्यक्तिमा प्रयोग गर्ने व्यवस्थाका लागि पनि अन्य शब्दावली बन्दै जान्छ, जसले पछि व्याकरणको रूप लिन्छ । अतः व्याकरणले कुनै पनि भाषालाई शुद्ध बोल्न र लेख्न सिकाउने अपेक्षा गर्नु भाषालाई त्यसको सामयिक परिष्कार, विकास र समृद्धिबाट रोक्नु नै हो । यो अवरोध भाषाले सहनै सक्दैन । त्यस कारण भाषा नै व्याकरणको पदचिह्न हो न कि कुनै व्याकरण वा भाषाको पदचिह्न हो । यस्तै कोसिस गरिएको कारण संस्कृत जनजिब्रोबाट टाढिँदै अहिले लुप्त भाषाको श्रेणीमा पुगेको हो । अतः व्याकरण भाषाको परिष्कार, विकास र समृद्धिबाट टाढिनु हुँदैन ।
लिपि
भाषा अभिव्यक्तिको माध्यम र व्याकरण त्यसको प्रायोगिक व्यवस्थापनको साधन हो । भाषालाई लेख्य रूपमा अभिव्यक्त गर्ने आवश्यकता बोध हुँदै गएको छ । लिपिको आदिम स्वरूप चित्रात्मक नै रहेको छ । पूर्वीय सभ्यतामा हडप्पा र मोहनजोदडो उपत्यकामा भएका उत्खननले यतातिर सङ्केत गरेका छन् । अतः पहिला भौतिक वस्तु वा प्राणीलाई तिनको चित्रद्वारा नै अभिव्यक्त गरिने परम्परा सुरु भएको हो । अमूर्त अनुभूतिलाई त्यसरी व्यक्त गर्न गाह्रो नै थियो । तसर्थ पछि त्यसलाई सङ्क्षिप्त गर्दै उच्चारण हुने ध्वनिको प्रतिनिधित्वका आधारमा विभिन्न लेख्य चिह्नको विकास भएको हो । यिनै लेख्य चिह्नको जहाँ जुन किसिमले अभ्यास भयो, त्यसै अनुसारको त्यस्ता लेख्य चिह्नका समूहहरू पनि विकसित भए । त्यस्तै समूहलाई वर्णमाला र ती वर्णमालाको लेख्य शैली लिपि कहलिए । लिपिको विकास भएपछि भाषा पनि स्थायी रूपमा अभिलेखनमा गयो भने सम्बन्धित भाषाको व्याकरण पनि लिखित रूपमा व्यवस्थित हुँदै अगाडि बढ्यो । अतः लिपि भाषा र व्याकरणभन्दा कान्छो भए पनि यी दुवैलाई दीर्घकालीन स्थायित्व दिने काम लिपिले नै गरेको हो ।
लिपिले भाषा र व्याकरणलाई दीर्घकालीन स्थायित्व प्रदान गर्छ । सबैभन्दा जेठो भाषा हो, जसको प्रायोगिक आवश्यकताका आधारमा व्याकरण पनि सँगसँगै व्यवस्थित हुँदै अघि बढेको छ । भाषाको अभावमा व्याकरणको स्वतन्त्र अस्तित्वको कल्पना गर्न सकिँदैन । अतः भाषा व्याकरणको आवश्यकता हो भने व्याकरण भाषाको प्रायोगिक व्यवस्थापन हो ।
भाषा र व्याकरण
लिपिले भाषा र व्याकरणलाई दीर्घकालीन स्थायित्व प्रदान गर्छ । सबैभन्दा जेठो भाषा हो जसको प्रायोगिक आवश्यकताका आधारमा व्याकरण पनि सँगसँगै व्यवस्थित हुँदै अघि बढेको छ । भाषाको अभावमा व्याकरणको स्वतन्त्र अस्तित्वको कल्पना गर्न सकिँदैन । अतः भाषा व्याकरणको आवश्यकता हो भने व्याकरण भाषाको प्रायोगिक व्यवस्थापन हो । तसर्थ भाषाको प्रायोगिक अवस्थामा विभिन्न अवयवले प्रभाव पार्दै जाँदा भाषाले तिनलाई अङ्गीकार गर्नु पर्ने हुन्छ र त्यसै अनुसार व्याकरणमा पनि परिस्कृत हुँदै गएको हुन्छ । लिखित स्वरूपको कुरो गर्ने हो भने कुनै भाषाको लेख्य व्याकरण प्रकाशित हुन ढिलो भएकै कारणले अमूक भाषालाई हेलोहोचो गर्नु मनासिब होइन । आवश्यकता अनुसार कुनै भाषाको व्याकरण कुनै पनि बेला लिखित रूपमा ल्याउन सकिन्छ । तसर्थ कुनै भाषाको व्याकरण लिखित रूपमा नआएकै कारणले त्यसलाई कान्छो र लिखित व्याकरण चाँडै आएकै कारण कुनै भाषालाई जेठो भन्नु पनि इतिहासको अधुरो बुझाइ नै ठहरिन्छ ।
भाषा र लिपि
जुनसुकै भाषाको निर्माण कथ्य रूपमै सुरु हुन्छ भने लिपिले त्यसको लिखित स्वरूपको प्रतिनिधित्व गर्छ । यति हुँदाहुँदै पनि भाषा र लिपि कहिल्यै पनि पूर्ण हुँदैनन् । यिनले मानवीय संवेदनात्मक भावलाई कहिल्यै पूर्ण रूपमा प्रतिविम्बित गर्न सक्दैनन् । किनभने कुनै पनि भाषाले हर्ष, शोक, माधुर्य र तीतोपन जस्ता मनोभावलाई जस्ताको त्यस्तै व्यक्त गर्न सक्दैन । तुलनात्मक रूपमा भाषा सूक्ष्म हो भने लिपि स्थुल; भाषाका ध्वनिहरूको लिपिमा अपेक्षाकृत बढी स्थायित्व हुन्छ; भाषामा सुर, तान आदिको माध्यमले मनोदशालाई व्यक्त गरे जस्तो लिपिद्वारा गर्न सकिँदैन । भाषा श्रव्य हो भने लिपि दृश्य र पाठ्य; भाषा तत्क्षण प्रभावकारी हुन्छ भने लिपि केही कालपछि मात्रै ।
भाषा र लिपिमा यस्ता भिन्नताका साथै केही सामीप्य पनि देखिन्छ । दुवै मानवीय भावाभिव्यक्तिको साधन हुन्, दुवै अपूर्ण हुन्, दुवै देश–काल आदि भेदभन्दा फरक हुन् । दुवै सांस्कृतिक उन्नतिका प्रतीक हुन्, शिक्षण वा तालिमद्वारा दुवैका बारेमा जान्न सकिन्छ । यति भिन्नता र सामीप्य हुँदाहुँदै पनि लिपिको उत्पत्ति कहिले र कसरी भयो भन्ने प्रश्नको उत्तर विवादस्पद छ, जस्तो भाषाकै उत्पत्तिबारे पनि विभिन्न धारणा विवादमै छन् । यसका लागि ऐतिहासिक भाषा वैज्ञानिक पद्धति अन्तर्गत विभिन्न तर्क र तथ्यलाई लिपिको उत्पत्तिका लागि प्रस्थापन गर्न सकिन्छ । पुराताìिवक शिलालेख, स्तम्भालेख र ताम्रपत्र आदिका आधारमा विद्वान्हरूले छ हजार वर्ष पहिले लिपिको उत्पत्ति सुरु भएको अनुमान लगाएका छन् ।
त्यसै गरी यसको विकास व्रmमशः चित्रलिपि, भावलिपि र ध्वनिलिपिको रूपमा अगाडि बढेको हो । सुरु–सुरुमा आफ्नो प्रयोगमा रहेका वस्तुहरूको चित्र नै ढुङ्गा, हाड, छाला र माटोका भाँडामा कोर्ने गरियो भने सुख दुःख, गमनको दिशा आदि बोधका लागि यी चित्रहरूको पनि दिशा तय गर्ने, मुसुक्क हाँसेको अनुहार अँध्यारो अनुहार, आँखामा आँसु टिलपिल भएको जस्ता चित्रहरूको प्रयोग सुरु भयो । यिनीहरूको लेखाइ श्रमसाध्य थियो भने समयसाध्य पनि थियो । अतः चित्रलिपि र भावलिपिभन्दा मानव मस्तिष्क अझ अगाडि बढ्यो र तुलनात्मक रूपमा ध्वनिका विभिन्न सङ्केत बन्न सुरु भयो, जो अहिले ध्वन्यात्मक लिपिको रूपमा सबैभन्दा बढी प्रचलनमा छ ।
यसको साथसाथै विकसित ध्वन्यात्मक लिपिहरू पनि अक्षरात्मक र वर्णात्मक दुवै खालका छन् । ब्राह्मी लिपिबाट विकसित बङ्गला, तिरहुता, कैथी, देवनागरी लिपि अक्षरात्मक हुन् भने रोमन लिपि वर्णात्मक हो । अक्षरात्मक लिपिमा हरेक अक्षरको अन्त स्वरोच्चारणबाट हुन्छ भने वर्णात्मक लिपिमा अक्षर हुनका लागि कुनै पनि व्यञ्जन अघि वा पछि केही अपवादबाहेक स्वर आउनुपर्ने हुन्छ । यसरी आवश्यकताका आधारमा कुनै पनि भाषाले कुनै पनि लिपि अङ्गीकार गर्न सक्छ भने अङ्गीकार गरेको लिपिमा थपघट पनि गर्न सक्छ ।
कुनै भाषा लिखित रूपमा आएको छैन भन्ने कारणले मात्रै त्यो भाषा नै होइन, अथवा अन्य कुनै भाषाभन्दा कान्छो हो भन्ने बुझाइ पनि अधुरै हो । किनभने आवश्यकता अनुसार कुनै पनि भाषाले प्रचलनमा रहेका लिपिबाट एक वा एकभन्दा बढीलाई मातृभाषीको अनुकूलतामा अमूक भाषाका लागि प्रयोगमा ल्याउन सकिन्छ । तसर्थ लिपिको प्रयोगलाई मात्रै आधार लिएर कुनै भाषाको अस्तित्वलाई चुनौती दिई लिपि अनुसारकै नाम कुनै पनि भाषालाई भिडाउनु अधुरो ज्ञानको उपज सिद्ध हुन्छ । किनभने भाषा र लिपिबिचको प्रायोगिक अवस्थालाई तीन किसिमले हेर्न सकिछ :
१. एक भाषा एक लिपि
२. अनेक भाषा एक लिपि
३. एक भाषा अनेक लिपि
अहिलेको युगमा एक भाषा एक लिपि प्रयोगको निरन्तरता थोरै मात्र भाषाहरूमा देखिन्छन् जसमा चिनियाँ र अरबी भाषा अत्यधिक प्रचलित छन् ।
नेपालको संविधानको धारा ७ उपधारा १ अनुसार नेपालको सरकारी कामकाजको भाषा नेपालीका लागि एक मात्र लिपि देवनागरी तोकिएको छ । अतः नेपाली भाषाको प्रयोग भए पनि देवनागरीबाहेक अन्य लिपिमा लेखियो भने त्यो संवैधानिक रूपमै अमान्य हुन पुग्छ । भारतको हकमा हिन्दीका लागि पनि त्यस्तै संवैधानिक प्रावधान छ । भारतको संविधानको धारा ३४३ को उपधारा १ अनुसार देवनागरी लिपिमा लेखिने हिन्दी भारतको सरकारी कामकाजको भाषा हो । तसर्थ यी दुवै देशका सरकारी कामकाजका भाषाका लागि एक मात्र लिपि देवनागरीको प्रयोग गर्नु नै वैधानिक ठहर्छ । अतः एक लिपिमा अनेक भाषा लेखिने गरेको संवैधानिक मान्यता अन्तर्गतकै यी दुई भाषा हुन् । यसका अतिरिक्त अहिले देवनागरी लिपि नव हिन्द–आर्य, चिनियाँ–तिब्बती, आग्नेय, द्रविड जस्ता अलग अलग भाषा परिवारका भाषाको साझा लिपि हुन गएको वर्तमान यथार्थ हो ।
त्यसै गरी नेपालका भाषाहरूमा भाषा आयोगका पूर्वसदस्य भाषाविद् अमृत योञ्जनका अनुसार तामाङ भाषाका लागि नेपालमा सम्भोटा, ताम्हिक र देवनागरीका साथै भारतमा बङ्गला र असमिया लिपि प्रयोग भएको पाइन्छ । भाषाविज्ञ राजेन्द्र थोकर सम्भोटाको प्रयोग त्यति नरहेको बताउँछन् भने तामहिक लिपि केही हदसम्म सम्भोटासँग मिल्दोजुल्दो भएको पनि स्वीकार गर्छन् ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय नेवारी विभागका पूर्वप्रमुख एवं भाषाविज्ञ प्राडा ओमकारेश्वर श्रेष्ठका अनुसार नेवार वा नेपाल भाषाका लागि सर्वाधिक प्रचलनमा नेवाः लिपि छ भने सूचना पाटी तथा धार्मिक प्रयोजनका लागि रञ्जना लिपि तथा सरकारी प्रयोजनका लागि भुजिन मःलः लिपिको प्रयोग हुन्छ । यसका अतिरिक्त पाचु मःलः, कुँ मःलः, हिँ मःलः र कोटाक्षर नामका लिपिहरूको पनि विभिन्न प्रयोजनका लागि प्रयोग हुन्छ, जसको विकास भुजिन मःलःबाटै भएको पनि बताइन्छ । अहिले आएर देवनागरी लिपिकै सर्वाधिक प्रयोग भएको पाइन्छ ।
यस्तै स्थिति उराँव वा कुडुख भाषाको सन्दर्भमा पनि देखिन्छ । यस भाषाका लागि नेपालमा सर्वाधिक रूपमा देवनागरीको प्रयोग भए पनि परम्परागत रूपमा यसले ओलचिकी लिपिको प्रयोग गर्दै आएको छ र यसका लागि भारतमा बङ्गला र असमिया लिपिहरूको प्रयोग भएको पाइन्छ ।
विगतको कुरो गर्ने हो भने संस्कृत र अवधी भाषा तिरहुता र देवनागरी दुवैमा लेखिने गरेको इतिहास छ भने अवधी, भोजपुरी भाषा पनि कैथी र देवनागरी दुवैै लिपिमा लेखिने गरेको र अब सबैका लागि आमरूपमा देवनागरी लिपि नै चलेको देखिन्छ । मैथिली भाषाले अहिले सर्वाधिक रूपमा देवनागरी लिपिको प्रयोग गरेको पाइन्छ भने तिरहुता लिपि पनि खास प्रयोजनका लागि प्रयोग हुने अवस्था छ । त्यसै गरी मगर भाषाले आक्खा र देवनागरीको प्रयोग गर्छ भने गुरुङ भाषाले खेङा, देवनागरी र रोमन लिपिको प्रयोग गर्छ ।
भाषाविज्ञान विषय अध्ययन–अध्यापनको माध्यम वैश्विक रूपमा अङ्ग्रेजी रहेको छ जसको लिपि रोमन हो । यसै रोमन लिपिमा केही मात्रा चिन्हको साथै केही अन्य चिह्न बढाएर अन्तर्राष्ट्रिय ध्वनि वैज्ञानिक सङ्ठनले अन्तर्राष्ट्रिय ध्वनि वर्णमालाको विकास गरेको छ । यस वर्णमालाले विश्वभरका जुनसुकै भाषाका ध्वनि तथा वर्णहरूको भाषावैज्ञानिक प्रयोजनका लागि लेखन पद्धतिको विकास गरेको छ ।
अनेकौँ भाषाको साझा लिपिको रूपमा देवनागरीले सर्वव्यापकता पाएको छ । त्यसै गरी अन्तर्राष्ट्रिय भाषावैज्ञानिक सुगमताका लागि रोमन लिपिलाई परिष्कार गरी बनाइएको अन्तर्राष्ट्रिय ध्वनि वर्णमालाको प्रयोग विश्वव्यापी रूपमा भइरहेको छ । तसर्थ कुनै पनि भाषाका लागि कुनै मौलिक लिपिको प्रयोगको आवश्यकता देखाएर त्यसको इतिहास र व्यापकताको मानमर्दन गर्नु वा कुनै पनि भाषाभाषीले आफ्नो भाषाको लागि प्रयुक्त लिपि नै मौलिक रहेकोमा अतिरिक्त गर्वानुभूति गर्नु सहअस्तित्व बोधबाट टाढा रहनु ठहर्छ ।