भूउपयोग गुरुयोजनाको प्रभाव
विकासबारे बहस गर्दा भुल्नै नहुने विषय हो – भूउपयोग गुरुयोजना । अझ हाम्रो जस्तो भौगोलिक जटिलता र विविधता भएको देशको विकासका लागि त यो झन् आवश्यक विषय हो तर विकासका लागि मूल आधार बनाउनु पर्ने यही विषयबारे सही सोच, स्पष्ट अवधारणा र ठोस योजना नहुँदा अनेकखाले समस्या आइपरेका छन् भने राज्यको सीमित स्रोतसाधनको चरम दुरुपयोग भइरहेको छ । वास्तवमा भूउपयोग गुरुयोजनाबिना गरिने विकास विनाश बनिरहेको छ । अब पनि विगतबाट पाठ सिकेर भूउपयोग गुरुयोजनाको अवधारणालाई व्यवहारमा नउतार्ने हो भने थप विनाश त बेहोर्नै पर्छ । हामीले हासिल गर्न राखेका सामाजिक आर्थिक विकासका लक्ष्य पनि कहिल्यै पूरा हुने छैनन् । सोचमा स्पष्टता र कार्यान्वयनमा प्रतिबद्धता नहुँदा भूउपयोग गु
द्वन्द्वका घाउमा मलम लगाउने अवसर
नेपालमा १० वर्षसम्म सशस्त्र द्वन्द्व चलेको सम्भवतः ६० को दशकपछि जन्मिएका पुस्तालाई एकादेशको कथा हुन सक्छ । तिनै नयाँ युवापुस्तामध्ये हजारौँ युवा छन्; जो द्वन्द्वको प्रत्यक्ष मारमा परे; जसले आफ्नो अभिभावक गुमाए । उनीहरूका लागि भने द्वन्द्व कुनै कथा थिएन, पीडाको भोगाइ थियो । जसका आफन्त गुमे, बेपत्ता पारिए, अङ्गभङ्ग भए; जसको शरीरमा अझै पनि बारुदका छर्रा छन्; जसले निर्मम यातना खपे, द्वन्द्वको त्रासमा बसाइँ सरे उनीहरूलाई भने द्वन्द्वको घाउले अहिले पनि पिरोलिरहन्छ ।
वातावरणीय प्रदूषणका असर
विश्वव्यापी चासोका रूपमा रहेको जलवायु परिवर्तन र वातावरणीय प्रदूषणको मुद्दा नेपालका लागि गम्भीर चुनौतीको विषय बनेको छ । वातावरणीय प्रदूषणले पार्ने गहिरो असर र प्रभावको प्रतिविम्ब नेपालका विभिन्न भौगोलिक क्षेत्रमा नाटकीय रूपमा देखा पर्न थालिसकेको छ । विशेष गरी नेपालका हिमाच्छादित क्षेत्रमा हिँउको मात्रा पग्लिँदै गएर सेता हिमाल कालो अनुहारमा देखिन थालेका छन् भने त्यसको बदलामा हिमतालको सङ्ख्या अप्रत्याशित रूपमा वृद्धि हुँदै गएको छ । यति मात्र होइन, नेपालको उत्तरतर्फको हिमाली क्षेत्रमा हिमतालको आकार र क्षेत्रफल पनि क्रमिक रूपमा विस्तारित हुन पुगेको छ । हिमतालको सङ्ख्या र आकारमा आएको फैलावटसँगै कुनै पनि हिमताल आकस्मिक रूपमा विस्फोट हुन सक्ने जोखिम बढेको छ । यसै गरी पहाडी भूगोल र धरातल दिनप्रतिदिन क्षयीकरणको प्रकोपमा परी थप उजाड बन्दै गएका छन् । यता तराई प्रदेशका उर्वर जमिन सुक्खड बन्दै गएका छन्
गुणस्तरीय शिक्षामा पहुँच
विदेशमा अध्ययनका लागि प्रस्थान गर्नु र गुणस्तरीय शिक्षा आर्जन गर्नु फरक फरक कुरा हुन् । मुलुकमा १७ वटा विश्वविद्यालय सञ्चालनमा छन् तर बर्सेनि एक लाखभन्दा बढी विद्यार्थी अध्ययनका लागि बाहिरिन्छन् । यस्तो हुनुमा पहिलो कारण नेपालका विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्नु नै हो । वस्तुतः गुणस्तरीय शिक्षाका लागि शैक्षिक पद्धति वैज्ञानिक, व्यावहारिक, जीवन उपयोगी र अनुसन्धानमूलक हुनु पर्छ तर शैक्षिक संस्था अब्बल हुँदैमा विद्यार्थी अब्बल हुन्छन् भन्ने चाहिँ हुँदैन । विद्यार्थी नै पूरै समय अध्ययनमा समर्पित हुनु पर्छ । हाम्रो सन्दर्भमा सतही शैक्षिक ज्ञान प्राप्त गरी विदेशमा अध्ययनका लागि प्रस्थान गर्दा अध्ययन गर्ने मुलुकको भाषा, संस्कृति, जीवन पद्धतिमा अभ्यस्त ब
राष्ट्रसेवकका कर्तव्य
सुशासन र नैतिकता एकआपसमा जोडिएका विषय हुन् । सार्वजनिक जीवनमा बढिरहेको भ्रष्टाचार र त्यसविरुद्ध कारबाहीको कमी, राजनीतिक हस्तक्षेप, जवाफदेहितामा कमी, पारदर्शिताको कमी तथा गरिब, सीमान्तकृत जाति, जनजाति, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिप्रति संवेदनशीलताको कमी जस्ता नैतिक मुद्दाहरू सार्वजनिक सेवाप्रवाहमा रहेका छन् ।
माता सबैकी पूज्य
प्रत्येक वर्ष वैशाखकृष्ण औँसीको दिनलाई मातृऔँसी अर्थात् आमाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ । यस दिन आमालाई श्रद्धा, भक्ति, सम्मान र आदरका साथ मिठो मिठो खानेकुरा, मनपर्ने लुगाफाटोलगायत उपहार दिएर कृतज्ञता अर्पण गरिन्छ र आमाबाट आशीर्वाद लिने गरिन्छ । आमाप्रति विशेष भक्ति र भावपूर्ण सम्मान गरिने हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन, मातातीर्थ औँसी, मातृऔँसी, मातृदिवस भनेर पुकारिन्छ । यस दिन आमाले हाम्रा लागि गरेको कष्टपूर्ण र महान् कार्यको सम्झना गरिन्छ । आमाले हामीलाई नौ महिनासम्म गर्भमा राखेर जन्माएको, संसार देखाएको, धरतीमा पाइला चाल्न सिकाएको, काख
विकासमा नीतिगत समस्या
नेपालमा प्रत्येक वर्ष केही नयाँ नीति तथा कार्यक्रम लागु गर्ने गरिएको छ । गठबन्धनमा सरकार निर्माण गर्नुपर्ने बाध्यताले प्रायः दलका नीति अर्को दलको भन्दा फरक खालको समेत देखिने गरेको छ । सरकारको नेतृत्व जसको छ, उसले आफ्नो दलको नीति कार्यान्वयन गर्न खोजेको देखिन्छ । गठबन्धनमा सहभागी सबै दलको आआफ्नै नीति तथा कार्यक्रम हुने भएकाले पनि कतिपय अवस्थामा चयनात्मक (सेलेक्टिभ) हुने गरेको छ । विशेष हित समूहका लागि मात्र भनेर छुट्याइएको बजेट या स्रोतको सघन विश्लेषण नगरिकन प्रतिपादन गरिएका महत्वपूर्ण नीति पनि सफलतापूर्वक कार्यान्वयनमा आउन सक्दैनन् । सार्वजनिक धन या वि
पुटिनको अर्थनीति
रुसको अर्थव्यवस्था मजबुत बनाउने कार्यमा पुटिनले निर्वाह गरेको भूमिकालाई प्रशंसा नगरी रहन सकिँदैन । मलेसियाको महाथिर, ब्राजिलको लुला, टर्कीका एर्डोगान जस्तै पुटिनलाई पनि एक आर्थिक सुधारका पक्षधर राजनीतिक नेताका रूपमा लिने गरिन्छ । पुटिनलाई रुसबाहिर पाकिस्तान, जर्मनीका दक्षिणपन्थी पार्टीहरूले बढी मन पराएको देखिन्छ । पुटिनलाई आवश्यकताले जन्माएको एक सुधारवादी नेता, राष्ट्रवादी र व्यवहारवादी नेताका रूपमा लिने गरिन्छ । सन् २०१४ मा धेरै पत्रपत्रिकाले पुटिनलाई विश्वकै सबभन्दा शक्तिशाली व्यक्तिका रूपमा चित्रण गरेको थियो किनभने पुटिनले रुसलाई स्थायित्व प्रदान गरे ।
सदाचार नीतिको आवश्यकता
सदाचार समाजको महत्वपूर्ण गहना हो । यसले व्यक्तिको चरित्र र समाजको सामूहिक दायित्वबिच गहिरो अन्तरसम्बन्ध मात्रै कायम गर्दैन, यसलाई राष्ट्रिय मूल्य र संस्कृतिसँग आबद्ध गरी गहिरो सञ्जाल निर्माण गर्न सहयोगसमेत गर्दछ । सार्वजनिक निकायले विश्वास आर्जन गरी तिनको विश्वसनीयता अभिवृद्धि गराइराख्न यसको आवश्यकता हुन्छ । संस्थाका पात्र र पदाधिकारीहरू नैतिकवान् र सदाचारी भएमा मात्रै सही व्यवहार गर्न र राम्रो नराम्रो छुट्याउन सक्छन् । नेपालमा सदाचार र नै
प्राविधिक शिक्षामा उल्टो हिँडाइ
नेपालमा बर्सेनि अर्बौं रुपियाँ प्राविधिक शिक्षाका नाममा परियोजनामार्फत आइरहेको छ । प्राविधिक शिक्षालाई प्रभावकारी बनाउने, गुणात्मकता वृद्धि गर्ने, रोजगार प्रदायक निकायसँग विद्यार्थी र शिक्षालयलाई जोड्ने, आवश्यक जनशक्ति र संरचना व्यवस्थापन गर्ने, प्रयोगात्मक अभ्यासलाई प्रभावकारी बनाउन ल्याब व्यवस्थापन गर्ने यावत् उद्देश्यले यस्ता परियोजना सञ्चालनमा रहेका छन् । परियोजनाका उद्देश्य हेर्दा प्राविधिक शिक्षाको क्षेत्रमा आशा गर्ने धेरै ठाउँ अवश्य पनि रहेका छन् । उद्देश्य र बजेट अ
सूचना प्रविधि पुग्न सक्छ एक खर्बको निर्यात
अनुसन्धानको क्षेत्रमा काम गर्ने विश्वचर्चित गार्टनर इङ्कको तथ्याङ्क अनुसार सन् २०२४ मा विश्वभर ५० खर्ब अमेरिकी डलर (छ हजार ६५० खर्ब रुपियाँ) भन्दा बढी रकम सूचना प्रविधिसम्बन्धी सेवाका लागि खर्च हुने छ । जुन अघिल्लो वर्षको तुलनामा आठ प्रतिशतभन्दा बढीको वृद्धि हो । आगामी वर्षमा विश्वभर सूचना प्रविधिका लागि हुने खर्च थप रफ्तारमा विस्तार हुने अनुमान उक्त संस्थाको छ ।
द्विशताब्दीतिरको यात्रा
गोरखापत्र द्विशताब्दीको यात्रातर्फ अग्रसर छ । आजबाट १२४ वर्षे यात्रामा प्रवेश गरेको छ । शताब्दी पार गरी दोस्रो शताब्दीतिर लम्किने दक्षिण एसियाली मुलुकका थोरै अखबारमध्ये गोरखापत्र पनि एक हो । आधुनिक नेपालको साङ्गोपाङ्गो स्वरूप र चित्र गोरखापत्रले झल्काएको छ । नेपालको जेठो पत्रिका गोरखापत्र त्यसको जीवन्त साक्षी हो । यसले देशका सबैखाले उतारचढावको अनुभूति गरेको छ । जहानियाँ राणा शासनकालमा स्थापना भएको गोरखापत्र आजको लोकतान्त्रि
राष्ट्रको पहिचान
विश्व पत्रकारिताको इतिहासमा झन्डै तीन सय वर्ष कान्छो भएर पनि गोरखापत्रलाई दक्षिण एसियाकै गौरव प्राप्त छ । फलतः देशमा नेपाली भाषामा प्रकाशित पहिलो पत्रिकाका रूपमा गोरखा भारत जीवन मासिकलाई लिन सकिन्छ । यो पत्रिका विसं १९४३ मा मोतिराम भट्टले काशीमा छपाएका थिए । त्यसपछि देशमै छापिएको विसं १९५५ को साउन महिनामा प्रकाशित सुधा सागर मासिक पत्रिका पनि थियो । उक्त पत्रिका निस्केको झन्डै दुई वर्ष १० महिनापछि विसं १९५८ वैशाख २४ गते सोमबारका दिन गोरखापत्रको जन्म भयो । यसै क्रममा विसं १९८४ वैशाख १३ मा गोरखापत्रमा पहिलोपल्ट तस्बिर छापिएको थियो । यो पत्रिका सुरुमा साप्ताहिक, विसं २००० साल असोज २९ देखि हप्तामा दुई पटक र विसं २००३ पुस ८ गतेदेखि हप्तामा तीन पटक प्रकाशन हुन थाल्यो ।
गोरखापत्रको पहिलो अङ्क
अहिले संसार आमसञ्चारको साम्राज्यमा तैरिरहेको छ । सञ्चारबिना संसार छैन भन्नु परेको छैन तर पहुँच भने प्रत्येकमा फरक फरक हुन सक्छ । प्रारम्भमा छापा हुँदै रेडियो, टेलिभिजन र इन्टरनेटका आविष्कारसँगै डिजिटल मिडिया र सामाजिक सञ्जालले मानिस सूचनाका रासमै छ । माध्यमहरू ओइरो लागे पनि सही सूचनामा पहुँच भने कठिन बन्दै गएको छ । मिथ्या सूचनाको बाढी पनि छ । आजको आमसञ्चारको विगत हेर्दै गयो भने रोम गणराज्यमा पहिलो पत्रिकाको उद्भव भएको मानिन्छ । एकआपसमा लडाइँ भइरहने रोम गणराज्यहरूमा आफ्ना नागरिक शक्तिलाई सुदृढ बनाउने जुक्ति निकालियो । फलस्वरूप जुलियस सिजर्स (इसापूर्व १००–४४) ले एक्टा डिउर्ना निकाले ।
पत्रकारिताको गौरव
प्राचीनकालको सञ्चार मुखामुख सम्पर्क, सङ्केत र इसारा आदिको भरमा मात्रै सीमित थियो । भाषाको विकास हुँदै जाँदा सञ्चार सरल हुन थाल्यो । सुरुमा कुनै नौलो खबर वा जानकारी समाजसमक्ष पुर्याउनु पर्यो भने नगरा, ढोलक आदि बजाएर मानिसहरू भेला गराई खबर सुनाइन्थ्यो । त्यो पनि सीमित मात्रमा वा आवाज पुग्ने ठाउँसम्म । कथ्य भाषापछि लेख्य भाषाको विकास हुँदै गयो । मुद्रणको पनि सुरुवात भयो । अठाराँै शताब्दीको अन्त्यतिर बेलायत, अमेरिका र भारतमा पनि आधुनिक पत्रिकाको सुरुवात भइसकेको थियो तर नेपालमा त्यस बेलासम्म अखबारको विकास भएको थिएन र समाचारको आदान प्रदान गर्ने कुनै माध्यम
नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ
सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ । यही वर्ष नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुँदैछ । म जापानको विदेश मन्त्रीको हैसियतले यस सम्झनायोग्य वर्षका लागि नेपालसँगको सम्वन्धलाई अझ प्रगाढ बनाई अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन नेपालको थप विकासका लागि दृढतापूर्वक सहयोग
मेरो पहिलो नेपाल भ्रमण
मेरा प्रिय नेपाली साथीहरूमा नमस्कार । ‘जापान’ शब्द सुन्दा तपाईंहरूको मनमा कस्तो विचार आउँछ ? ‘नेपाल’ शब्द सुन्नासाथ हामी जापानीहरूको मनमा सर्वोच्च शिखर सगरमाथाको प्रतिनिधित्व हुने अपूर्व मनोरम हिमालय पर्वतहरूको परिकल्पना आउँछ । जापानको फुजी पर्वतको फेदमा अवस्थित सिजुओका प्रान्तमा जन्मी हुर्केकी मेरा लागि नेपाल गहिरो आत्मीयता भएको मुलुक हो, जुन मुलुकमा आज पहिलो पटक भ्रमण गर्न पाउँदा म अत्यन्तै हर्षित छु ।
गरिबी निवारण विमर्श
मेरो छिमेकमा २२/२५ वर्षका दम्पती डेरा गरी बस्थे । उनीहरूको डेढ दुई वर्षको एक छोरा पनि थिए । श्रीमान् बिहानै कालीमाटीतिर दौडिन्थे र त्यहाँबाट तरकारी ल्याउँथे । उनले तरकारी ल्याउँदासम्ममा श्रीमतीले खाना तयार पार्थिन् । श्रीमान् फर्केपछि दुवै जना मिलेर गाडामा तरकारी मिलाएर गाडा ठेल्दै बेच्न निस्कन्थे । सानो छोरालाई पनि गाडामै राखेर सडकमा जान्थे । परिवार अति खुसी देखिन्थ्यो । यसैबिचमा काठमाडौँ महानगरका नगर प्रहरीले तीन पटक उनको गाडा खोसेर ट्रकमा हाली लगे । दुई पटकसम्म त अर्को गाडा बनाउँदै जीवन धान्ने प्रयास गरे ।
लगानीमैत्री कानुन र आर्थिक समृद्धि
मनमोहक परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदा भएको नेपाल आर्थिक वृद्धि र विकासको अपार सम्भावना बोकेको मुलुक हो । यो सम्भावनालाई सदुपयोग गर्न निकै ठुलो लगानीको खाँचो छ । नेपालकै पुँजी र लगानीको क्षमताले नेपालको समृद्धि अपेक्षित मात्रामा सम्भव छैन । तसर्थ लगानीका लागि उपयुक्त वातावरण सिर्जना गर्नु पर्छ । स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न, आर्थिक गतिविधिलाई उत्प्रेरित गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न लगानीमैत्री कानुनले महìवपूर्ण भूमिका निर्वाह गर्छ । यो आलेखले नेपालमा लगानीमैत्री कानुनको महत्व खोज्छ, सुधारका लागि प्रमुख क्षेत्रहरू पहिचान गर्छ र देशको लगानीको वातावरण बढाउन सम्भा
प्रकोपविरुद्ध रैथाने प्रविधि
पानीको सांस्कृतिक पक्षलाई संरक्षण र सम्मान गर्दै यसको उपयोगबाट जीवन र जीविकोपार्जनलाई सहजीकरण गर्ने हाम्रो परम्परा हो । पछिल्लो समयमा पानीको जैविक तथा मानवीय पक्षसँगै यसको आर्थिक आयाम पनि महìवका साथ चर्चा गरिन्छ । पानीको धार्मिक तथा सांस्कृतिक आयामलाई आधुनिक राज्यको कानुनले समेत नकार्न सकेको छैन । पछिल्लो समय विश्वव्यापी चर्चा र चासोका रूपमा रहेका वातावरणीय सन्तुलन, जलवायु परिवर्तन तथा जैविक विविधताको संरक्षणमा पनि पानीलाई एक महìवपूर्ण तर जोखिमयुक्त तìवका रूपमा लिइन्छ । स्वच्छ पानीको उपलब्धताका आधारमा रा
एउटा तारा झर्दा पनि आकाश रित्तो !
वैशाख १७ गते दिउँसो १:२५ बजे बिते चिदम्बरप्रसाद लोहनी । यो नामले जति चिनिएका छन् उनी त्योभन्दा धेरै बढी सिपी लोहनी भनेर चिनिन्छन् । अझ, घरमा ठाइँला र अन्यत्र सिपी । छमध्येको ठाइँलो छोराका रूपमा १९९५ असोज २४ गते सोमबार काठमाडौँको खिचापोखरीमा उनको जन्म भएको थियो ।
दोलखाले सम्झिनैपर्ने शैक्षिक व्यक्तित्व
जहानियाँ राणा शासनको बेला शिक्षाको उज्यालोबाट वञ्चित जनताका छोराछोरी सबै गोठाला मात्र भए भन्ने चिन्ताले मध्य पहाडी जिल्ला दोलखामा नन्दप्रसाद शिवाकोटीको नेतृत्वमा अगुवाहरू विद्यालय खोल्न जुटे । दोलखाको उत्तरी भेग क्षमावतीमा गुरुकुल शैलीमा २००५ सालमा विद्यालय सुरु भएको थियो । माध्यमिक विद्यालयको पहिलो स्वीकृति क्षमावती माध्यमिक विद्यालयले नै पाएको थियो । यो नै हिरक जयन्ती मनाउने दोलखाको पहिलो विद्यालय हो । जनतामा चेतना जागृत गर्न शैक्षिक वातावरणको आवश्यकता बोध गरी शिवाकोटी अगाडि सर्नुभएको थियो । विद्यालय निर्माणमा नन्दप्रसादको नेतृत्वमा पूरै गाउँ जुटेको थियो । शैक्षिक जागरणमा उहाँले दोलखा जिल्लामै नेतृत्व गर्नुभएको त्यस गाउँको जिम्मुवाल रहेका मेरा पिताजीसहितका अग्रजहरू बताउनुहुन्थ्यो ।
कागजको प्रयोग कि दुरुपयोग !
३१ वर्षअघि कक्षा ८ मा पढ्दा आठ वटामध्ये पाँच वटा पुराना किताब मैले पढेँ । त्यसमा गणित र भूगोल किताब त १२ वर्ष पुराना थिए । किताबमा नाम लेख्ने चलनले त्यो किताबको उमेर बताउँथ्यो । आफूभन्दा अघि ककसले त्यो किताब पढेका रहेछन् भनेर चाल पाइन्थ्यो तर अहिले विद्यालय र विश्वविद्यालय तहमा पुराना किताब पढ्ने रुचि विद्यार्थीमा देखिँदैन । सबै नयाँ किताब खोज्ने भएकाले शैक्षिक सत्र सुरु भएको महिना दिन हुन लाग्दा पनि प्रकाशकले विक्रेतासम्म किताब पु¥याउन सकेको हुँदैन ।
आगलागी नियन्त्रण संयन्त्र र नेपाली सेना
आगो मानिसका लागि अपरिहार्य छ । आगो दैनिक जीवनसँग जोडिएको छ । खाना पकाउने, बालबालिका र बुढाबुढीलाई न्यानो बनाउनेलगायत धेरै काममा यसको प्रयोग र उपयोग हुन्छ । आगोको सही व्यवस्थापन गर्न जानिएन भने त्यसले ठुलो धनजनको नोक्सान पुर्याउँछ । त्यही आगोले उग्र रूप लिएका कारण यतिबेला मुलुकले ठुलो क्षति बेहोर्नु परेको छ । आगलागीका कारण मानवीय क्षति मात्र भएको छैन, नेपालको सम्पत्ति मानिने हरियो वनजङ्गल नष्ट भएको छ । जसका कारण बहुमूल्य जडीबुटी र काठपात जलेर खरानी भएका छन् भने जङ्गली जनावर र चराचुरुङ्गीको बाँच्न पाउने अधिकार पनि खोसिएको छ । यसले जैविक विविधता र पर्यावरणमा ठुलो सङ्कट निम्त्याएको छ ।