• ३ असार २०८१, सोमबार

भाषामा अनुवादका अप्ठेरा

blog

प्रज्ञाको शब्दकोशले पनि एउटै शब्दका अनेक रूप स्वीकारेको छ । त्यसो भएपछि शुद्ध छ भन्दैमा एउटै वाक्यांशमा एउटै शब्दको दुईथरी रूप प्रस्तुत गरिदिँदा के राम्रो होला ? हुँदैन । हो, कतिपय विदेशी शब्द हामीले नेपालीमा अनुवाद गरेर अर्थ पनि लाग्दैन र उही लेख्नुपर्ने हुन्छ ।

अघिल्लो शनिबार भक्तपुरको काठमाडौँ स्कुल अफ लमा भाषासम्बन्धी गोष्ठी आयोजना गरिएको थियो । बिएएलएलबीका विद्यार्थीले गठन गरेको भाषा तथा संस्कृति समितिद्वारा आयोजित सो गोष्ठीको विषय थियो ‘भाषा, साहित्य, संस्कृति एवं सामाजिक मूल्य मान्यतामा आधारित गलत सङ्कथन तथा अतिव्रmमणः सम्बोधन र समाधान ।’ गोष्ठी सुरु भएपछि सो कलेजका प्राध्यापक डा. युवराज सङ्ग्रौलाले विद्यार्थीलाई सोध्नुभयो, “यसअघि स्कुल र कलेजमा नेपाली भाषा बोलेकामा जरिबाना तिर्नु परेका विद्यार्थी कति जना छौ हात उठाऊ त !” 

गोष्ठीमा त्यस्तै सय जना विद्यार्थी सहभागी थिए तर हात उठाउने धेरै । नउठाएको हात गन्न सजिलो थियो । गनेँ, त्यस्तै ३० जना जति थिए । कतिपय बोर्डिङ स्कुलले पढाइ राम्रो देखाउन, विद्यार्थीलाई फरर अङ्ग्रेजी बोल्न सक्ने बनाउन विद्यालय समयमा नेपाली बोल्न नै प्रतिबन्ध लगाउने गरेका छन् । अनि ती विद्यालयले नेपालीमा कुराकानी गर्ने विद्यार्थीलाई जरिबाना नै लगाउने गर्छन् । 

ती विद्यालयका विद्यार्थीको अङ्ग्रेजी भाषा त कस्तो छ भन्न सकिएन, नेपाली भने पक्का पनि कमजोर भयो होला । यही पीडा एक जना विद्यार्थीले गोष्ठीमै यसरी सुनाइन्,– “पहिले विद्यालयमा नेपाली पनि बोल्न दिइएन । अब स्नातकमा म कानुनको विद्यार्थी भएँ । अहिले मलाई नेपाली भाषामै बोल्नु पर्छ । नेपालीमै मुद्दा र फैसला पढ्नु परिरहेको छ । अनि भोलि नेपालीमै बहस गर्नु त छँदै छ । नेपाली भाषा राम्रो नभएपछि कसरी गर्नु ?” 

गोष्ठीमा भाषा बिग्रिएको, बिगारिएको लेखाजोखा गरेर सुधारका बाटा सुझाउने जिम्मेवारी थियो भाषाविद् शरच्चन्द्र वस्तीको । विद्यालय र विद्यार्थीको यो हालत सुनेपछि उहाँलाई चिन्ने जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छ, उहाँको जर्ती कति जल्यो होला ? त्यस बखत उहाँले नेपाली भाषामाथि भएका अनेकन आव्रmमणका फेहरिस्त पनि प्रस्तुत गर्नुभयो । तीमध्येको एउटा चोटिलो उदाहरण थियो अहिले विद्यालयको सट्टा विद्यालय लेख्न लगाउने प्रज्ञा–प्रतिष्ठान र शिक्षा मन्त्रालयले नै आफ्नो नाम यसरी लेख्नुपर्ने रहेछ ‘प्रग्याँ प्रतिष्ठान’ र ‘शिक््छ्या मन्त्रालय’ । 

यस्ता अनेक उदाहरण पेस गर्नुभयो उहाँले नेपाली भाषा बिगारिएका । प्रयोगमै नल्याउने अर्थात् नेपालीको सट्टा अरू भाषाका शब्द प्रयोगमा ल्याउने या घुसाउने त छँदै छ, भाषाकै प्रयोग बिगारिएका पनि धेरै उदाहरण उहाँले पेस गर्नुभयो । भाषामा अनेकता घुसाइदिने, विवादास्पद बनाउने, प्रयोगमा यो कि त्यो भन्नेमा प्रशस्त दुबिधा सिर्जना गरिदिने र मानिसलाई वाक्कदिक्क बनाएपछि यसरी अनेकतामा अल्मलिनुभन्दा बरु एउटै अन्तर्राष्ट्रिय भाषा अङ्ग्रेजी प्रयोग गरौँ भन्ने अवस्था ल्याउने काम नै अहिलेको बेइमानीको मक्सद हो भन्ने नै उहाँको तर्क थियो । 

एकातर्फ नेपाली भाषामा हामी आफैँले यो भाँडभैलो भिœयाएका छौँ भने अर्कातर्फ प्रविधिले पनि नयाँ नयाँ शब्द उत्पत्ति गरिदिन्छ । प्रविधिको विकास दु्रुत गतिमा भइरहेकै छ । यसको विकासलाई पनि हामीले भाषामा लेख्न या पढ्न त पर्ने नै हुन्छ । जस्तो कि ‘डिजिटल’ विकासलाई योबाहेकको अर्काे के प्रयोग गर्नु र ? ‘ब्यान्डविथ’ लाई इन्टरनेट हिँड्ने बाटो भनेर पनि धेरैले नबुझ्लान् । फेरि ‘डिजिटल सिग्नेचर’ लाई विद्युतीय हस्ताक्षरभन्दा पनि त मिल्दैन होला । अनि अहिले आएका ‘क्युआर कोड’ भित्र छि¥यो भनेत झन् भँगालोमै फसिन्छ किनभने ‘डिजिटल पे’ भित्र धेरै यस्ता काम र शब्द थपिएका छन्, जसलाई नेपालीकरण गर्न निकै कठिन छ । 

कतिपय यस्ता शब्द र विषय, समय र परिस्थितिले आफैँ पनि ल्याइदिएको हुन्छ । यसको ज्वलन्त उदाहरण हामीले कोरोना महामारीमा प्रयोग गरेका शब्दावली र भाषा पनि हुन सक्छन् । परिस्थितिजन्य रूपमा आइलाग्ने शब्दलाई हामीले के लेख्ने र भन्ने ? बडो दुबिधा हुन जान्छ । सुरुमा हामीले जे लेख्यौँ अर्थात् चलायौँ पछिसम्म त्यही नै चल्दै जान्छ । सुरुमै हामी नेपाली सञ्चारले बन्दाबन्दी भन्न सकेको भए सायद अहिलेसम्म त्यही चल्थ्यो होला, लकडाउन प्रयोगमा नआउन पनि सक्थ्यो । त्यसैले कोरोना जस्तै यो लकडाउन पनि बाहिरबाटै आयो, सञ्चारमाध्यमले त्यही चलाए समाजले त्यही ग्रहण ग¥यो । संसारका कैयौँ सहर लकडाउन गरिए र त्यो समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट नेपाली सञ्चार माध्यमसम्म आइपुग्यो । पछि हामीकहाँ पनि लकडाउन नै गर्नुपर्ने स्थिति आयो र त्यही भन्यौँ । नेपाल बन्द गर्न त हामी पहिल्यैदेखि पोख्त नै हौँ तर यसरी महामारीका कारण देशै बन्दाबन्दी भने गरेका थिएनौँ । फलस्वरूप लकडाउन शब्द नै चल्दै गयो । कतै कतै बन्दाबन्दी लेखिए पनि सबैतिर यो आएन । मानकका रूपमा अर्थात् सबैले प्रयोग गर्ने अवस्थामा रहेन । किनभने हामीलाई यो शब्दलाई यही भनौँ र एकरूपता गरेर यो शब्द चलाऔँ भन्ने निकाय भइदिएन । 

यही जेठ २ गते पोखराबाट राससका लागि एउटा समाचार आयो ‘हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै’ शीर्षकमा । समाचारको शीर्षकदेखि तलैसम्म हेल्मेट डाँडा लेखिएको छ, किनभने त्यो डाँडाको नाम नै त्यही रहेछ । समाचार पठाउने राससका समाचारदाता बासु पौडेललाई फोन गरेर सोधेँ किन हेल्मेट डाँडा लेखेको भनेर । त्यसो त उनले समाचारमै मोटरसाइकल चढ्दा लगाउने हेल्मेट जस्तो आकारको डाँडा भएकाले हेल्मेट डाँडा नाम राखिएको भनेकै थिए । त्यही पनि किन अङ्ग्रेजी नाम राखेको होला भन्ने जिज्ञासाका लागि कुरा गरेको थिएँ । यो डाँडाको अर्काे नाम राख्न किन सकिँदैनथ्यो र ? यस्तै जिज्ञासा राखेँ । कास्कीको पोखरा महानगरपालिका–३२ स्थित लामे आहालमा पर्ने सो डाँडाको नाम अब हेल्मेट डाँडा नै रह्यो । राससबाट समाचार सम्प्रेषित भयो र धेरै सञ्चार माध्यममा यही शीर्षकबाटै छापियो ।

सञ्चार माध्यमले कुनै नाम चलाउँदा त्यसले समाज र भाषामा कस्तो असर पार्छ भन्ने एउटा उदाहरण यहाँ स्मरण गर्न उपयुक्त ठानेँ । करिब १५ वर्षजति अघि नै होला, सरकारले मोटरसाइकलको पछि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम बनायो । यातायात मन्त्रालयका हाकिम र ट्राफिक प्रहरी मिलेर हेल्मेट बेच्न यस्तो नीति बनाएको भनेर त्यसको व्यापक आलोचना पनि भयो । यसै कारण हेल्मेटको समाचार धेरै आयो । राससको समाचार नेतृत्व र सम्पादकीय नेतृत्वले विचार विमर्श ग¥यो र यो हेल्मेट भन्ने शब्दलाई 

‘शिर कवच’ भनेर लेखौँ भन्ने सल्लाह भायो र त्यही चलायौँ पनि । समाचारमा शिर कवच लेखेर कोष्ठभित्र हेल्मेट लेखेर राससबाट समाचार सम्प्रेषण ग¥यौँ । राससको समाचार प्रयोग गर्ने प्रायः सबै सञ्चार माध्यमले केही समय त त्यसै गरी समाचार पनि दिए । केही समयपछि राससले कोष्ठमा राखेको हेल्मेटलाई बाहिर झिकेर कोष्ठमा ‘शिर कवच’ राख्न थाले । त्यसको केही समयपछि त्यो कोष्ठको शिर कवच पनि हट्यो र उही पुरानै हेल्मेट नै प्रयोग गर्न थाले । सञ्चार माध्यमले नै प्रयोग गर्दैनन् भने समाचारप्रदायक संस्थाले मात्र किन पठाउने भन्ने हामीलाई पनि लाग्यो । त्यस समयदेखि नै हामीले शिर कवच नै स्थापित गर्न पाएको भए सायद आज आएर यो डाँडाको नाम पनि हेल्मेट रहँदैनथ्यो कि ? के थाहा हेल्मेटका नाममा अरू पनि यस्ता कैयौँ नाम पो रहेको छ कि ? 

त्यस्तै २०६० सालतिर होला, पोखरामा प्याराग्लाइडिङ सुरु भएको थियो । फेवातालमाथि उड्न पाउने बडो आकर्षक साहसिक पर्यटन सुरु भएको थियो । मैले राससका लागि यसै विषयमा एउटा खबर तयार पारेँ । आलेख सेवामा प्रयोग गर्ने कुरा भयो । पहिला प्रमुख समाचारदाता श्रीरामसिंह बस्नेतलाई देखाएँ । उहाँले यो नयाँ शब्द आएछ, यसलाई अङ्ग्रेजीबाट सम्प्रेषण गर्नुअघि हामीले नै नेपाली भाषामा बनाएर दिऊँ भन्नुभयो । त्यसपछि पोखराको फेवातालमाथि हवाईव्रmीडा (प्याराग्लाइडिङ) गर्न पाइने भनेर समाचार दियौँ । त्यस समय राससको समाचार अखबारले बढी प्रयोग गर्दथे । धेरै दैनिक पत्रिकामा त्यसै गरी सो समाचार छापियो पनि तर पोखरामा पहिलो पटक भित्रिएको यो प्याराग्लाइडिङ प्रविधिको प्रचारप्रसार यसरी भयो कि हाम्रो हवाईव्रmीडाले नथेग्ने अवस्थामा प्याराग्लाइडिङ नै चल्यो । त्यसपछि सञ्चार माध्यले हामीले कोष्ठमा राखेको प्याराग्लाइडिङलाई बाहिर झिकेर कोष्ठमा हवाईव्रmीडा राखे । पछिपछि गएर अहिले प्रचलनमा रहे जस्तै प्याराग्लाइडिङ नै बढी प्रयोगमा आयो ।       

अब अहिले त नेपाली शब्दका अनेक विकल्प हुँदाहुँदै पनि यस्तो बाढी आएको छ कि हामीले थेग्नै सक्दैनौँ । जेठको पहिलो हप्ताका कान्तिपुरमा छापिएका आलेखका शीर्षक 

‘ह्वाट मेक्स यु ह्याप्पी ?’ ‘जमाना डिजिटल सिग्नेचरको’, ‘दिस मेक्स अस स्याड नेताज्यू’ यसो हेरेँ । यिनका ठाउँमा नेपाली शब्द पनि त राख्न सकिन्थ्यो होला भन्ने लाग्यो । शब्द थिए, छन् तर प्रयोगमा हामीले अहिले नै यसो ग¥यौँ भने भोलि हाम्रो मातृभाषाको स्वरूप कस्तो होला ? भाषा आफूखुसी प्रयोगको सिकार भएको छ । कसलाई मान्ने ? कसलाई 

नमान्ने ? यसको दुबिधामा अहिले आएर नेपाली भाषा च्यापिएको देखिएको छ । त्यसैले एउटा मानक बनाउन जरुरी छ । यो काम भाषा आयोग कि कसले गर्ने हो ? राज्यले तोकिहाल्नु प¥यो । प्रज्ञाको शब्दकोशले पनि एउटै शब्दका अनेक रूप स्विकारेको छ । त्यसो भएपछि शुद्ध छ भन्दैमा एउटै वाक्यांशमा एउटै शब्दको दुई थरी रूप प्रस्तुत गरिदिँदा के राम्रो होला ? हुँदैन । हो, कतिपय विदेशी शब्द हामीले नेपालीमा अनुवाद गरेर अर्थ पनि लाग्दैन र उही लेख्नुपर्ने हुन्छ तर पनि अनुवादका यी एकाध अप्ठेरालाई अघि सारेर भाषालाई पूरै यसैको भँगालोमा हाल्दा पनि त राम्रो भएन ।  

Author

एकराज पाठक