शिक्षा क्षेत्र सुधारौँ
अफ्रिकाका तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेले सन् २०१९ मार्च २६ मा सामाजिक सञ्जालमा एउटा ट्विट गरेका थिए – जर्मनीमा शिक्षकको तलब अरू पेसामा संलग्न सबैको भन्दा बढी छ । त्यहाँका न्यायाधीश, डाक्टर र इन्जिनियरले शिक्षकसरहको तलब बनाइदिन चान्सलर एञ्जेला मार्केलसँग माग गरे । त्यसको जवाफमा म तपाईंहरूलाई जसले प
आधिकारिक ट्रेड युनियनको सान्दर्भिकता
सामान्यतः कामदार वा श्रमिकले आफ्नो हक र हित रक्षाका लागि स्थापना गरेको सङ्गठन नै ट्रेड युनियन हो । अठारौँ शताब्दीमा बेलायतबाट सुरु भएको औद्योगिक क्रान्तिसँगै श्रमिक र व्यवस्थापनबिचको सम्बन्धबाट ट्रेड युनियन अवधारणाको विकास भएको हो । त्यसैले यसलाई औद्योगिक क्रान्तिको उपज पनि भन्ने गरिन्छ । औद्योगिक क्षेत्रमा एक किसिमको अभ्यास भइसकेपछि सरकारी सेवामा काम गर्ने कर्मचारीलाई पनि ट्रेड युनियन अधिकार दिनुपर्ने कुरा उठ्न थाल्यो । कर्मचारीलाई बौद्धिक कामदारका रूपमा लि
जातको समाजशास्त्र
सैद्धान्तिक र संवैधानिक रूपमा नमानिए पनि व्यावहारिक रूपमा हाम्रो समाजमा धेरै कुरा जातमा गएर अड्कन्छ । जात व्यवस्थाले थुप्रै कुरा निर्धारण गर्छ । मान्छेको परिचयमा नामपश्चात् बोलिने थरमा जात व्यवस्थाको नमिठो हरक पाइन्छ । कुनै सभा, समारोह, गोष्ठी तालिम र सेमिनारहरूमा उच्च जातको भनिनेले निर्धक्क आफ्नो जात र थर भनेको पाइन्छ । निम्न जातको मानिने थरले आफ्नो नाम पछाडिको थर भन्न हीनताबोध गरेको र हिच्किचाएको सामाजिक मनोविज्ञानमा सहजै देखिन्छ । जात व्यवस्थाभित्रको छुवाछुतको व्यहारले घाइते नभएको देशको कुनै भूभाग छैन ।
स्तरीकृत परीक्षा किन आवश्यक
एउटा निश्चित लक्ष्य तथा उद्देश्य हासिल गर्नका लागि बनाइने समग्र कार्यक्रम पाठ्यक्रम हो । पाठ्यक्रमले तहगत रूपमा सक्षमताहरू र कक्षागत रूपमा सिकाइ उपलब्धिहरू निर्धारण गरेको हुन्छ । ती सिकाइ सक्षमताहरू र कक्षागत सिकाइ उपलब्धिहरू के कति मात्रामा पूरा भए वा भएनन् भनेर परीक्षण गर्नका लागि परीक्षणका विभिन्न साधन प्रयोग गर्न सकिन्छ । त्यसमध्येको एउटा महìवपूर्ण र धेरै देशले प्रयोग गर्ने साधन लिखित परीक्षा हो । सामान्यतया लिखित परीक्षा दुई प्रकारका हुन्छन् । पहिलो शिक्षकनिर्मित परीक्षा र दोस्रो स्तरीकृत परीक्षा । शिक्षकनिर्मित परीक्षा शिक्षकबाट निर्मित परीक्षा हो,
बल्ल बुझियो हिमनदीको महत्त्व
हिमनदीको पानी ब्रान्डेड गर्ने भनेर सरकारले बजेट तथा कार्यक्रममा ल्याएको छ । २०६६ देखि २०७० सम्म नेपाल सरकारको सेवामा महिला विकास अधिकृतको जिम्मेवारीमा जुम्ला जिल्लामा कार्यरत थिएँ । जिम्मेवारी सम्हालेको सुरुदेखि नै मलाई त्यहाँका तिला नदी र हिमा नदीले आकर्षण गरिरहेका थिए । यी नदीको पानी पिउने पानी (मिनरल वाटर ) का रूपमा सहरी क्षेत्रमा र तराईमा पठाउन सकेमा शुद्ध पानीको उपयोग हुने थियो भन्ने लागि रहन्थ्यो । यस्तै सन्दर्भमा जिल्ला स्तरका बैठ
मनसुनमा विपतबाट जोगिने उपाय
यस वर्षको मनसुन १३ जुनबाट सुरु भएको छ । बङ्गालको खाडीबाट पानी बोकेको बादल नेपाल पसेर वर्षा पर्ने समय वा प्रक्रिया मनसुन हो । मनसुनको कारण समुद्रमाथिको ताप सञ्चय गर्ने क्षमता र जमिनमाथिको वायुमण्डलमा ताप सञ्चय गर्ने क्षमतामा हुने फरकको हो । जमिनमाथिको वायुमण्डलमा छोटो समयमा नै तापक्रम बढ्छ । तथापि यो क्रम समुद्रमाथिको वायुमण्डलमा बिस्तारै हुने गर्दछ । समुद्र सतहसँग जोडिएको जमिनको वायुमण्डलको ताप र समुद्रिक वायुमण्डलीय तापक्रममा आएको फरक पनले सिर्जना हुने प्रणालीले तेज गतिको हावाको विकास गर्दछ । एसियन मनसुनको जटिल प्रणालीलाई क्षेत्र अनुसार अरेवियन समु
भारतसँग निकटता खोज्दै अमेरिका
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यस पटकको अमेरिका–यात्राले यसअघिका भ्रमणहरूको दाँजोमा बढी महत्त्व पाएको टड्कारै देखिन्छ । औपचारिक रूपमा बुधबर आरम्भ भई शुक्रबारसम्म रहने मोदीको प्रवासलाई ‘राजकीय’ स्तर प्रदान गरिएको छ । तसर्थ स्वागत–सम्मान तदनुरूपको हुने नै भयो । साथै, मोदीलाई दोस्रोपल्ट अमेरिकी संसद् (कङ्ग्रेस) लाई सम्बोधन गर्ने विशिष्ट अतिथि हुने अवसर उपलब्ध गराइयो । अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनसँगको भेटवार्ताले विश्वका दुई ठुला लोकतन्त्रलाई
राजस्व प्रशासनको कार्यभार
स्थानीय तहको कर असुल्ने अधिकार स्थानीय आर्थिक कार्य प्रणालीभित्र पर्छ । संविधानको धारा २२८ अनुसार कानुनबमोजिम बाहेक स्थानीय तहमा कुनै कर लगाउन, कर उठाउन र ऋण लिन पाउँदैन । यसको उपधारा (२) अनुसार स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको विषयमा राष्ट्रिय आर्थिक नीति, वस्तु वा सेवाको ओसारपसार, पुँजी तथा श्रम बजार, छिमेकी प्रदेश वा स्थानीय तहलाई प्रतिकूल नहुने गरी कानुन बनाई कर लगाउन सक्छ ।
प्रधान न्यायाधीशका चुनौती
यही असार १ गतेदेखि नेपालको सर्वोच्च अदालतले तिसौँ प्रधान न्यायाधीशका रूपमा हरिकृष्ण कार्कीलाई प्राप्त गरेको छ । संवैधानिक परिषद्को सिफारिसमा सङ्घीय संसद्को सुनुवाइ समितिले सर्वसम्मत कायममुकायम प्रधान न्यायाधीश कार्कीको नाम अनुमोदन गरेपछि सोही दिन उहाँले राष्ट्रपतिबाट देशको नयाँ प्रधान न्यायाधीश पदको शपथ ग्रहण गरी कार्यारम्भ गर्नुभएको हो । आगामी साउन २० गतेदेखि ६५ वर्षे उमेरहदका कारण उहाँले अनिवार्य अवकाश पाउनु हुने छ । समयावधि छोटो भए पनि नेतृत्वको प्रचुर इच्छाशक्तिले गर्न सकिने सुधारका लागि भने यो समय अवसरकै रूपमा रहने छ ।