नागरिकमैत्री ‘नेपाल प्रहरी’
साक्षीले अदालतमा सत्य नबक्न पनि सक्छन्, तर प्रविधिले जहिले पनि, जहाँ पनि सत्य नै र सही समयमै घटना भएको, घटनामा संलग्न व्यक्ति तथा साधनको बारेमा समेत जानकारी दिने गर्छ । पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउने पुनित कार्यमा अग्रपङ्तिमा अहोरात्र खटिने नेपाल प्रहरी सङ्गठनमा कार्यरत अनुसन्धान अधिकृतलाई समय–समयमा पीडितलाई न्याय दिलाउन नसकिने पो हो कि, पीडक छुट्ने पो हो कि र निरपराध व्यक्ति दोषी करार हुने पो हो कि भन्ने त्रासले सदैव सताइरहेको हुन्छ ।
संविधान बलियो बनाउने संयन्त्र
संसारमा धेरै जसो मुलुकमा राजनीतिक परिवर्तनपूर्व शान्तिपूर्ण वा सशस्त्र सङ्घर्ष भएको हुन्छ । यही सङ्घर्षबाट राजनीतिक परिवर्तन भएका छन् । बिनारक्तपात राजनीतिक सत्ता परिवर्तन भएको न्यून सङ्ख्यामा मात्र पाइन्छ । नेपालमा मल्लकालीन, शाहकालीन, राणाकालीन सत्ता परिवर्तनमा पनि रक्तपात भएको इतिहास पाइन्छ । भारतमा पनि सत्ता परिवर्तनका निम्ति ठुलो रक्तपात भएको देखिन्छ । चीनमा पनि सशस्त्र युद्ध नै भएको पाइन्छ । रसियन क्रान्ति, फ्रान्सेली क्रान्ति, बेलायती क्रान्ति, युरोपमा भए
बालश्रममुक्त समाजको परिकल्पना
बालश्रम भनेको त्यस्तो श्रम हो, जसले बालबालिकाको शिक्षा पाउने अधिकार कुण्ठित गर्छ । बालश्रम बालबालिकाले गर्ने शारीरिक श्रमसँग सम्बन्धित छ । बालश्रमिकको रूपमा काम गर्ने बालबालिका समग्रमा अशिक्षित, पिछडिएको वर्ग, दुर्गम क्षेत्र, तथा गरिब परिवारका हुन्छन् । बालश्रमले बालबालिकालाई उनीहरूको भविष्य राम्रो बनाउन अपरिहार्य शिक्षाबाट वञ्चित गराउँछ । उनीहरूको खेल्ने, कुद्ने, रमाउने, फव्रिmने र फुल्ने सपनाबाट वञ्चित गराउँछ । आमा बुवाको न्यानो काख अनि प्रेम र स्नेहशील छहारीबाट टाढा बनाउँछ ।
स्थानीय पाठ्यक्रमको स्वरूप
राज्यले विद्यालय शिक्षालाई स्थानीय तह अन्तर्गत रहने व्यवस्था गरेको छ । शिक्षाको नयाँ संरचना अन्तर्गत कक्षा ८ सम्मको शिक्षालाई आधारभूत शिक्षा भनिएको छ भने कक्षा ९ देखि १२ सम्मलाई विद्यालय शिक्षा । यसको साथै १ देखि ८ कक्षासम्मको १०० पूर्णाङ्कको पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गर्न पाउने अधिकार पनि स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । स्थानीय तहमा पाठ्यक्रम निर्माण गर्दा के कस्ता विषय वस्तु छनोट गर्ने भन्ने विषयमा अध्ययन, अनुसन्धान, विचा
विपत् न्यूनीकरणको पूर्वतयारी
विश्वका हरेक भागको समग्र भूगोलमै विभिन्न प्राकृतिक प्रकोपको सम्भाव्य जोखिम छ । मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी दोहन, जलवायु परिवर्तन आदिले प्राकृतिक प्रकोपको जोखिम बढाएको सर्वविदितै छ । प्राकृतिक प्रकोप न्यूनीकरण गर्न पूर्वतयारी तथा सतर्कता अपनाउन जरुरी छ । नेपालको राजधानी काठमाडौँ उपत्यका, तराई क्षेत्र तथा पहाडी भू–भाग प्राकृतिक प्रकोप व्यवस्थापनका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ । घना आवादी बढ्दै जानु, कमजोर किसिमले आधारभूत संरचना निर्माण हुनु, जाडोयाममा शीतलहर र आगलागी, वर्षायाममा चारैतिर ठुलो बाढीपहिरोका समस्याका कारण यहाँको प्रकोप सङ्कटापन्नता तथा जोखिमको
तपाईंको पहाड घर कहाँ हो?
गएको साल पुस २३ गते कवि भूपाल राईको एक दैनिकमा ‘तपाईंको पहाड घर कहाँ हो?’ शीर्षकमा एउटा लामो आलेख प्रकाशित भएका थियो । शीर्षकले हामी पहाडमा पुख्र्यौली थातथलो भएकाबिच भेटघाट वा चिनजान हुँदा सोधिने वा जानकारी लिने यो आमवाक्य हो । जसरी उपत्यकाका रैथाने समय अनुसार तपाईंले चिया खानु भयो, खाजा खानु भयो, खाना खानु भयो ? भनेर अनायस सोध्ने गर्छन् । यो वाक्य त्यस्तै एउटा परिचय गर्ने अनौपचारिक कुराकानीको प्रस्थान वाक्य हो । पचासको दशकतिर लेखिएको राईकै कविता ‘दाजै
चित्तको विचित्र
जीवन समस्याको परिधिभित्र रहनाले मानिस समस्या समाधानका लागि सङ्घर्ष गरिरहेका हुन्छन् । व्यवहारमा समस्या आफसेआफ आउने गरे पनि धेरै जसो समस्या हामी आफूले चाल नपाई आफैँ ल्याउने गर्छौं, त्यो हो इच्छा । समस्याको प्रक्रियाले मन, विचार चेतनाले सिर्जना गरेको हुन्छ । मनले इच्छा गर्छ, चेतनाले योजना बनाउँछ, विचारले संरचना गरी कार्यान्वयन गर्छ । समस्याको मूल जड के हो भनी बुझी निराकरण नगरेसम्म हामी समस्याको भुमरीमा परिरहेका हुन्छौँ । हामी आफ्नो अनुभवबाट सिद्ध गर्न सक्छौँ, आँखा, कान, नाक, जिब्रोलगायत यो देहले मनलाई धित मारी आनन्द लिन खोज्छौँ, यही समस्याको जड हो । मनलाई धित मार्न, मनको इच्छा पूर्ति हुनु पर्छ ।
धर्म संस्कृतिमा छाउपडी
धर्म शब्द ‘धृ’ धातुबाट बनेको हो । यसको शाब्दिक अर्थ धारण गर्नु भन्ने हुन्छ । कुनै पनि असल कुराको धारण गर्नु नै धर्म हो । यसलाई मानवीय आचरण र व्यवहारका रूपमा लिइन्छ । नेपाली बृहत् शब्दकोश अनुसार लोकको हितका लागि अँगालिने कर्मलाई धर्म भनिएको छ । धर्मका बारेमा पूर्वीय विद्वान्मध्ये स्वामी विवेकानन्दले धर्मलाई अनुभूतिको वस्तु मानेका छन् भने परमहंस योगानन्दले जीवन सञ्चालनको कानुनलाई धर्म ठानेको पाइन्छ । यसै गरी स्वामी करपात्रीले अनिष्टबाट रक्षा गर्ने वेदाज्ञाको प्रमाणलाई धर्म मानेको पाइन्छ ।
युवा जनशक्ति पलायनको जोखिम
पछिल्लो आर्थिक सर्भेक्षण अनुसार गत फागुन २०७९ सम्म वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ५५ लाख २६ हजार नाघेको छ । त्यसमध्ये पुरुष ९४.४ प्रतिशत र महिला ५.६ प्रतिशत छन् । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको अवधिमा ८० हजार नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि अनुमतिपत्र लिएका छन् । यस अवधिमा विदेश पढ्न जाने नेपाली विद्यार्थीबाट ६७ अर्ब १९ करोड रुपियाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षमा पनि विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले ६८ अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा सम्बन्धित देशमा पु-याएका थिए ।