निर्वाचनभित्रको अन्तर्य
आगामी मङ्सिर ४ गते प्रतिनिधि सभाका २७५ सदस्य चयनका लागि आमनिर्वाचन हुँदै छ। निर्वाचनमा दुईवटा मतपत्र हुनेछन्। एउटा एकल सदस्यीय निर्वाचन क्षेत्रबाट १६५ सदस्य चयन गर्न र अर्को ११० सदस्यलाई एउटै राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट पार्टी–सूची समानुपातिक प्रतिनिधित्वमार्फत चयन गर्न।
अपाङ्गतामैत्री सार्वजनिक यातायात
अपाङ्गता भएको व्यक्तिलाई बस, रेल, हवाईजहाजबाट यात्रा गर्दा निजलाई र अरू कुनै व्यक्तिको सहारा निरन्तर चाहिने भए त्यस्तो एक जना व्यक्तिलाई यात्रु भाडाको आधा भाडा छुट दिन सकिने गरी दफा १० मा कानुनी व्यवस्था गरियो । यसै कानुनी व्यवस्थालाई आधार मानी हवाईजहाजबाट आन्तरिक यात्रा गर्दा अपाङ्गता भएका व्यक्तिलाई हवाई भाडामा छुट दिन २०६३ सालमा मन्त्रिपरिषद्को निर्णयबाट कार्यविधि बनाई लागू गरियो। प्रत्येक वायुसेवा कम्पनीले आन्तरिक क्षेत्रको प्रत्येक नियमित उडानमा एक जना अपाङ्गता भएका व्यक्तिलाई उडान तालिकामा स्वीकृत हवाई भाडादरमा ५० प्रतिशत भाडा छुट र सहुलि
नयाँ नक्सा, पुरानै क्षेत्रफल
‘चुच्चे नक्सा’को प्रकाशनपछि केही आधिकारिक तथ्याङ्कीय प्रकाशनमा नेपालको कुल क्षेत्रफल लुप्त भएका छन्। आधिकारिक वेबसाइटमा समेत राज्यको कुल क्षेत्रफल उल्लेख नगर्ने ‘उपाय रचिएको’ पाइन्छ। नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो तर भौगोलिक क्षेत्रफलबिनाको स्वतन्त्र, अविभाज्य र सार्वभौम राज्य हुन्छ ? हुँदैन भने किन हरायो नेपालको क्षेत्रफल ?
भाषाभित्र गुणस्तर खोजिँदै
महान् अमेरिकी वैज्ञानिक थोमस अल्भा एडिसन केही महिना मात्र विद्यालय गएका थिए। कक्षामा पढ्दा सुस्तः मनस्थितिका कारण देखाउँदै विद्यालयबाट निकालिएका एडिसनलाई आमाले घरमै अनौपचारिक रूपमा पढ्ने, लेख्ने र अङ्कगणितको जानकारी दिएकी दिइन् । पछि उनी महान् वैज्ञानिक भए। उनले विद्युतीय बल्बलगायत हजारौँ आविष्कार गरेर मानव जीवनलाई सरल बनाए।
उम्मेदवार चयनमा सकस
प्रतिनिधि तथा प्रदेश सभाका लागि उम्मेदवार चयनसँगै नेपालका प्रमुख राजनीतिक दलभित्र तीव्र असन्तोष सुरु भएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका उम्मेदवार बनाउने क्रममा पार्टी नेतृत्वले गरेका निर्णयका कारण यो असन्तोष चुलिएको हो। कति बागी र विद्रोहीले यो वा त्यो पार्टी रोजेर वा स्वतन्त्र रूपमा नै उम्मेदवारी दिने हुन्, त्यो निर्वाचन आयोगबाट उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि नै प्रस्ट हुनेछ। सत्ता गठबन्धनमा रहेका दलहरूमा मात्र यो समस्या छैन, गठबन्धनका विरुद्ध घोक्रो सुकाएर भाषण गर्ने नेकपा एमालेमा त्योभन्दा चर्को र जटिल समस्या देखा परेको छ।
भोकमुक्त विश्वको परिकल्पना
अबको एक महिनाभित्र विश्वको जनसङ्ख्या आठ अर्ब पुग्दै छ। विश्वमा अहिले ९६० मिलियन मानिस भोकै विस्तारामा पुग्न बाध्य छन्। जबसम्म मानिसको पेटमा दुई छाक खाना पु-याउन सकिँदैन तबसम्म अन्य विकासका गफ हाँक्नु कुनै पनि सरकारका लागि शोभनीय विषय होइन। जबसम्म खेर जाने अन्नलाई नियन्त्रण गरेर खान नपाउनेको पेट भर्ने विश्वव्यापी प्रयास गरिँदैन तबसम्म भोकमुक्त समाज निर्माण सम्भव छैन। दिगो कृषि उत्पादनको माध्यमबाट प्रदूषणमुक्त भोजन मानव थालीमा पु¥याउने गहन जिम्मेवारी व्यक्ति, परिवार, समाज, सरकारको त हो नै त्यसबाहेक खाद्य तथा कृषि सङ्गठनले पनि संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत संस्थाले पनि विश्वव्यापी रूपमा दिगो कृषि र स्वस्थ भोजनका लागि प्रयास गरिरहेको छ।
महँगीका अनेक बहाना
यो छ/आठ महिनामा विश्वभर नै मूल्य वृद्धिको चर्को चाप प¥यो। खासगरी रुस र युक्रेन युद्धले संसारभरका उपभोक्ता महँगीको मारमा परे। आपूर्ति व्यवस्थामा प्रतिकूल असरले उपभोक्तालाई सतायो। विश्वभर औसत १० प्रतिशत हाराहारीमा मूल्य वृद्धि भएको देखिएको छ। नेपाली रुपियाँ छ महिनाअघि प्रतिडलर १२० रुपियाँभन्दा कमी थियो र अहिले प्रतिडलर १३० रुपियाँभन्दा उकालो लागेको छ। यसले पनि नेपाली बजारमा मूल्य वृद्धिको पीडा प्रतिविम्ब गर्छ। तर, नेपाली बजारमा अन्तर्राष्ट्रिय बजा
स्वाधीन अर्थतन्त्रको जग
देशको शासन व्यवस्था परिवर्तन भएपछिको दोस्रो आमनिर्वाचनको प्रक्रिया विधिवत् सुरु भएको छ। मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीको अन्तिम सूची सार्वजनिक भएको छ भने प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ। दल र उम्मेदवार मतदातालाई आफ्नो पक्षमा पार्न दौडधुप गरिरहेका छन्।
लोकतन्त्रको संस्कार निर्माण
जनउत्तरदायी शासकीय प्रणाली निर्माणमा सूचनाको हकको महìवपूर्ण भूमिका हुन्छ । यस क्रममा सरकारी कामकाजलाई सार्वजनिक जानकारीमा ल्याउने प्रणालीको सुरुवात सन् १७६६ मा स्विडेनबाट भएको थियो । स्विडेनका सांसदको सक्रियतामा सन् १७६६ मा स्विडेनले यस्तो कानुन बनाएको थियो ।
पेट्रोलियम कारोबारको यथार्थ
पेट्रोलियम पदार्थमा मूल्य समायोजनका नाममा मूल्य बढाइन्छ । त्यसको केही दिन सहज रूपमा इन्धन पाइन्छ । त्यसपछि घाटाको कथनीमा पन्ध्र/पन्ध्र दिनमा मूल्य समायोजनका नाममा फेरि मूल्य बढाउने गरिन्छ । २०७९
दलीय राजनीतिको अवसर
पार्टी खोल्ने होडबाजी छ, बढी नै छ । धेरैको आकर्षण राजनीतिप्रति नै छ । यसैको भ-याङ चढेर धन, पद र शक्ति प्राप्त हुने गरेकाले सबै वर्ग, समूह, झुन्ड अनि तह र तप्काका जनसमूहबीच नेतृत्व हत्याउन सजिलो छ ।
विमानस्थल सेवा शुल्क
नेपालमा नागरिक उड्डयनको विकास तथा विस्तार गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि हवाई उडान, हवाई सञ्चार, हवाई पथ प्रदर्शन र हवाई परिवहन सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ बमोजिम प्राधिकरण स्थापना भएको
नागरिक नजरमा योग्य उम्मेदवार
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७९ साल मङ्सिर ४ गते हुन गइरहेको छ । प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने प्रणालीबमोजिम १६५ सिटमा र समानुपातिक निर्वाचन प्रणालीबमोजिम ११० गरी २७५ सिटमा र प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीबमोजिम ३३० र समानुपातिक निर्वाचन प्रणालीबमोजिम २२० गरी ५५० सिटमा निर्वाचन हुँदै छ । प्रतिनिधि सभा र प्रदेश सभामा गरी ८२५ जनप्रतिनिधिलाई एक करोड ७९ लाख ८८ हजार ५७० बालिग मतदाताले निर्वाचित गरी पठाउने छन् ।
निर्वाचनमा कांग्रेसको कार्यभार
प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि निर्वाचन तय गरिएको मङ्सिर ४ गते नजिकिँदै छ ।
दण्डहीनतासहितको जवाफदेहिता
शिलान्यास र उद्घाटनका कार्यक्रममा प्रधानमन्त्री, मन्त्री र नेताका भाषण नै समाचारका मुख्य विषय बन्दै आएको नेपालको सन्दर्भमा लुकेको, लुकाइएको र लुकाउन खोजिएको विषयको गहिराइमा पुगेर समाचार खोतल्ने अनि त्यससम्बन्धी पर्याप्त प्रमाण बटुल्ने मुख्य उद्देश्यले २५ वर्षअघि सुरु गरिएको खोज पत्रकारिता एउटा नयाँ अभ्यास थियो । खोज पत्रकारिताको विकासका लागि स्थापना गरिएको खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल, फिलिपिन्स सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिज्म (पीसीआईजे) पछि एसियाकै दोस्रो संस्था हुन पुगेको छ ।
दशैँको पिरलो
दशैँ आयो, खाउँला पिउँला ... । हरेक वर्ष नेपालमा मनाइँदै आएको हिन्दु धर्मावलम्बीको सांस्कृतिक पर्व दशैँ सुरु भसकेको छ । दशैँमा मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लि
दललाई सच्चिने अवसर
जनताको चेतनास्तरमा निकै वृद्धि भइसकेको छ । पञ्चायतकालको बारबन्देजमा हुर्किएका जनता अहिलेका होइनन् । अब हुने चुनाव सूचना र नियन्त्रित समाचार सुनेर आफूलाई सानो दायरामा केन्द्रित राखेका मतदाता मात्र सहभागी हुने चुनाव होइन । अधिकांश जनता शिक्षाको उज्यालोबाट लाभान्वित हुँदै सचेत बनेका छन् ।
निर्वाचनमा मतदाता शिक्षा
कुनै पनि निर्वाचनका लागि मतदान प्रक्रियाको विशिष्टता र मतदान गर्ने विधि र प्रक्रियाबारे मतदातालाई जानकारी गराउन सूचना सामग्री तथा कार्यक्रमसम्बन्धी जान
स्वतन्त्र ‘थिङ्क ट्याङ्क’
विश्वमा विभिन्न रूपका कट्टरपन्थ, रूढीवाद, ‘पपुलिज्म’ हावी हँुदै गइरहेको सन्दर्भमा राज्यको नीति निर्माणसँग सम्बन्धित ज्ञान उत्पादनका केन्द्र (‘थिङ्क ट्याङ्क’)ले वैज्ञानिक र वस्तु
दशैँको नामकरण
नेपालीको महान् चाड दशैँमा नौ दिनसम्म देवीको पूजापाठ गरी दसौँ दिनमा प्रसाद ग्रहणपछि समापन गरिन्छ । यस चाडले विविध नामले पहिचान बनाएको छ ।
जतनपूर्वक नयाँ नोटको प्रयोग
नयाँ नोट उत्पादन गर्न बर्सेनि राज्यको धेरै खर्च भइरहेको हुन्छ। एक र दुई रुपियाँ दरका नोटको उत्पादन लागत उक्त नोटको ‘फेस भ्यालु’ले नधान्ने भएकाले नेपाल राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नै छपाइ गर्न छोडिसकेको छ। नेपाली नोटको छपाइसमेत विदेशमा हुने गर्छ। अहिले रु. ५० दरका नोट फ्रान्समा र रु. १०० का नोट बेलायतमा छापिन्छ भने बाँकी सबै दरका नोट चीनमा छपाइ हुँदै आएको छ।
आशीर्वादका चाङ
पौराणिक कालदेखि नै चलिआएको परम्पराको रक्षा गर्नु आजको आवश्यकता हो। कृषिप्रधान हाम्रो मुलुकमा अन्न बाली लगाइसकेर यस बीचमा राम्रो लगाउने, मिठो मसिनो खाने तथा आफन्त र मान्यजनसँग भेटघाट गर्ने एउटा गतिलो माध्यम पनि बन्ने गर्दछ दशैँ !
यसरी सकिन्छ बाँदर समात्न
राष्ट्रिय निकुञ्जको स्वीकृति लिएर एकाध बदमासलाई पक्रेर तह लगाउनबाहेक जङ्गली बाँदर पक्रिन कानुनले वर्जित गरेको छ। पक्रिएकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा स्थान्तरण गर्दा समस्या पनि सर्न सक्छ। निकुञ्ज वरिपरिका बस्तीमा त्यही समस्या बल्झिन सक्छ ।
निर्वाचनमा सत्यतथ्य सूचना
निर्वाचनको समयमा मिथ्या सूचना रोक्न सबैभन्दा ठूलो चुनौती थपिएको छ। राजनीतिक दल र तिनका कार्यकर्ताबाट आइरहेका सूचनामा मिडियाको भर पर्ने परम्परा रहेका कारण मिडियाबाटै गलत समाचार सम्प्रेषण भइरहेका छन्। यस्ता सूचनाका कारण लोकतन्त्रका आधारस्तम्भ कमजोर हुने भएकाले सूचना सम्प्रेषणमा ‘क्रस चेक’ अति आवश्यक देखिएको छ।