• ११ मंसिर २०८१, मङ्गलबार

जलवायु परिवर्तनको प्रभाव

blog

गत नोभेम्बर ६ तारिखबाट इजिप्टको शर्म–एल–शेख सहरमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन तोकिएका दिनभन्दा बढी लम्बिए पनि खासै उपलब्धिपूर्ण हुन सकेन । जुन सम्मेलनले नोभेम्बर २० मा जलवायु परिवर्तनको असर परेका मुलुकलाई ‘लस र ड्यामेज’ का आधारमा क्षतिपूर्ति दिने निर्णय भएको संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तनसम्बन्धी एक्जुकेटिभ सेक्रेटरी सिमोन स्टेइलले जानकारी गराएका थिए । विकसित राष्ट्रले हरेक सम्मेलनमा कार्बन उत्सर्जनमा कटौती गर्ने र उक्त कार्बन उत्सर्जनबाट प्रभावित गरिब राष्ट्रलाई क्षतिपूर्ति दिने सहमति जनाए पनि सहमतिअनुसार कार्बन उत्सर्जनमा कमी नआएकाले त्यसको असर गम्भीर रूपमा परिरहेको बताइएको छ । जलवायु परिवर्तन न्यूनीकरणका लागि विकासोन्मुख राष्ट्रमा वार्षिक दुई खर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ । उक्त रकम विकासोन्मुख राष्ट्रमा नवीकरणीय ऊर्जा प्रवद्र्धन, कार्बन उत्सर्जन कम गर्ने प्रविधि निर्माण र सम्भावित प्रकोप न्यूनीकरणका लागि पूर्वाधार बनाउन खर्च गर्नुपर्ने भनिएको छ ।

ग्लोबल वार्मिङको असरको कारण संसारभर मौसममा ठूलो परिवर्तन आइरहेको छ । नेपालमा समेत यसै वर्ष मनास्लुमा हिँउ पहिरो गयो । जसले धनजनको नोक्सान भयो । अर्काेतर्फ ग्लोबल वार्मिङको असरकै कारण नेपालमा अक्टोबर÷नोभेम्बरसम्म पनि लामखुट्टेबाट लाग्ने रोग डेङ्गुजस्तो रोगको प्रकोप फैलिरह्यो । जसलाई ग्लोबल वार्मिङको असर भएको हुन सक्छ भनिएको छ । केही दशक अगाडिदेखि नेपालका हिमतालको सतह बढ्दै गएको र नेपालका हिम पहाडमा हिउँ पग्लिएर पहाड काला डाँडामा परिवर्तन भइरहेको देखिएकाले पनि यो जलवायु परिवर्तनको असर हो भन्न सकिन्छ । भारतको उत्तराखण्डमा केही महिना अगाडि ग्ल्यासियर पग्लिएका कारण आएको बाढीले ठूलो धनजनको नोक्सानी गरायो ।

 त्यसैगरी पाकिस्तानमा आएको बाढीले तीन करोड मानिसलाई विस्थापित गरिदियो । बाढीले १४०० भन्दा बढी मानिसको ज्यान लियो । ३० लाखभन्दा बढी मानिसलाई विस्थापित गरिदियो । बाढीको क्षति करिब ३० अर्ब डलर भएको बताइएको छ । जुन पाकिस्तानको जीडीपीको नौ प्रतिशत भएको बताइएको छ । 

अनुसन्धानकर्ताले स्याटेलाइटबाट लिएको तस्बिरको अध्ययन गरेर निकालेको निष्कर्षअनुसार सन् २०००–२०१९ सम्ममा पाकिस्तानको हिमच्यादर (परत) ४.६ गिगाटन (१८ लाख ओलम्पिकका स्वीमिङ पुलमा भएको पानी बराबर हिउँ पग्लिएर हिमच्यादर घटेको भनिएको छ) पाकिस्तानको सबैभन्दा ठूलो नदी इन्दुसको पानीको सतहप्रति दशक ३.९ गिगाटनले वृद्धि भएको बताइएको छ । पाकिस्तानको बाढीको विषयलाई लिएर पाकिस्तानले कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूलाई सहयोगका लागि आह्वान ग¥यो । पाकिस्तानले कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूलाई सहानुभूतिपूर्वक सहयोग होइन, कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूले पाउनुपर्ने क्षतिपूर्तिका रूपमा सहयोग गर्नुपर्छ भन्ने आशयले आह्वान गरेको थियो । 

 वल्र्ड वेदर एट्रिब्युसन (डब्लूडब्लूए) ले प्रकाशित गरेको एउटा अध्ययनले देखाएअनुसार विश्वव्यापी रूपमा बढेको तापमान वृद्धिले भारी वर्षा भएको बताइएको छ । सन् २१०० सम्ममा पनि यही स्थिति रहेमा विश्व तापमान औद्योगिकीकरण पूर्वको भन्दा अधिकतम दुई डिग्री सेन्टिग्रेट बढ्ने परिदृश्यमा यो शताब्दीमै हिमालयको एकतिहाई भाग हिउँ बिलाएर गइसक्ने अध्ययनले देखाएको भनिएको छ । डब्लूडब्लूएको अध्ययन प्रतिवेदनले औद्योगिकीकरणपूर्वको अवस्थाको तुलनामा अहिले तापक्रम ३० गुणाले बढेको देखाएको भनिएको छ ।

भन्ने गरिन्छ, धेरै तातो हुँदा हावाले अधिक आद्रता सोस्छ र भारी वर्षाको सम्भावना पनि बढाउँछ । पाकिस्तानको नै प्रसङ्ग लिने हो भने गएको अगस्तमा पाकिस्तानमा गत तीस वर्षको औसत लिँदा तीनगुणा बढी वर्षा भएको थियो भनिएको छ । विभिन्न सिमुलेसनमा आधार मानेर डब्लूडब्लूएका वैज्ञानिकले गरेको अनुमान गरेअनुसार विश्व पूर्व औद्योगिक अवस्थाको १.२ डिग्री सेल्सियसभन्दा बढी नतातेको भए पाकिस्तानमा गएको बाढी ५० प्रतिशतले कम हुने थियो । जसलाई हेरेर के मान्न सकिन्छ भने ग्लोबल वार्मिङले पृथ्वीमा कति असर गरिरहेको छ । 

अर्काेतर्फ हेर्ने हो भने पाकिस्तानको उत्तरी भागमा ७,२०० हिम ताल पहिले पहिलेभन्दा छिटो छिटो गतिमा पग्लिरहेका छन् । यसको कारण भनेको हरितगृह ग्यासको उत्सर्जन नै हो । यी हिमताललाई थर्डपोल अर्थात् तेस्रो ध्रुव भनिन्छ । यहाँ ध्रुवीय क्षेत्रभन्दा पछि हिउँ धेरै भएको क्षेत्र मानिन्छ । यी क्षेत्रमा सन् १९८० देखि २०१८ को बीचमा प्रति दशक ०.४२ प्रतिशतले तामक्रम बढेको छ । यो विश्वव्यापी औसतभन्दा दुईगुणा बढी हो । वायु प्रदूषणले हिमताललाई खुम्च्याउने दरलाई तीव्रता दिने गर्छ । जुन नेपालका हिमतालमा समेत असर परिरहेको छ । भनिन्छ, जब हिउँमा काला कण मिसिन पुग्छन् त्यसले हिमतालको सतहलाई कालो बनाउँछ, यदि हिमतालको सतहलाई कालो बनायो भने सूर्यको किरणलाई बढी सोस्न थाल्छ, जसले गर्दा पहिलाभन्दा बढी हिउँ पग्लिन थाल्छ । 

 ग्लोबल वार्मिङकै कारण यस वर्ष युरोपमा औसतभन्दा बढी गर्मी भएका समाचार आइरहेका छन् । यद्यपि यस वर्षको अन्त्यसम्ममा रुसी इन्धन आपूर्ति कम भएको कारण अत्यधिक चिसो हुने बताइरहेको भए पनि समग्रमा औसतभन्दा बढी तातो अनुभव गरिएको समाचार आइरहेका छन् । 

रसिया र युक्रेन युद्ध नौ महिनादेखि चलिरहेको छ । हरेक दिन विभिन्न प्रकारका हतियारको प्रयोग भइरहेका छन् । युद्धले वातावरण्ीाय रूपमा ठूलो प्रभाव पारिरहेको छ । इजिप्टको सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले रसिया युक्रेन युद्धले पारेको प्रभावभन्दा पनि खतरनाक रूपमा जलवायु परिवर्तनले असर पारिरहेको हुँदा यदि समयमै सोचिएन भने मानव सभ्यता समाप्त हुनेजस्ता अभिव्यक्ति दिएकाले वातावरणीय प्रभाव कति भयावह छ भनेर अनुमान गर्न कठिन छैन । नेपाल पनि हिमनदी धेरै भएको मुलुक हो । करिब एक दशकदेखि नेपालका हिमालमा हिउँ पग्लिने क्रममा तीव्रता आएको विज्ञले बताउँदै आएका छन् । नेपालको दोलखा जिल्लाको ४,५८० मिटर अग्लो स्थानमा रहेको च्छो रोल्पा तालमा ५० वर्षदेखि पग्लिने क्रम सुरु भएको र झन् पछिल्ला वर्षमा अझै बढेको जनाइएको छ । जसले तामाकोसी नदी वरिपरि बसोबास गर्दै आएका छ हजार मानिसलाई प्रत्यक्ष प्रभाव पार्नेछ । यदि उक्त ताल फुटेमा ठूलो धनजनको नोक्सानी हुने भएकाले ठूलो त्रासको विषय बनिरहेको छ । 

त्यसैगरी ग्लोबल वार्मिङको असरको कुरा गर्ने हो भने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्याटेलाइटबाट लिएको तस्बिरबाट खुलासा गरेअनुसार पृथ्वीको लाइफलाइनको रूपमा रहेको अर्थात् पृथ्वीलाई तात्नबाट जोगाइराख्ने अन्र्टाटिकामा रहेको सबैभन्दा ठूलो हिउँको पहाड अब समाप्त हुने अवस्थामा पुगेको जनाएको छ । अन्र्टाटिकामा रहेको र ‘ए–७६ए’ नाउँ दिइएको हिउँको पहाडको केही भाग मात्र बाँकी रहेको जनाएको छ । अमेरिकी नेसनल आइस सेन्टरका अनुसार यो आइसबर्ग १३५ मिटर लामो र २६ मिटर चौडाइ भएको बताइएको छ । जसको आकार बेलायतको लण्डन सहरको दोब्बर भएको बताइएको छ ।

सामान्यता त्यति धेरै चर्चाको विषयजस्तो नदेखिए पनि प्रत्येक वर्ष जलवायु परिवर्तनको असरले विश्वव्यापी रूपमा गम्भीर प्रभाव पारिरहेको छ । चाहे त्यो मनास्लुमा गएको सुक्खा हिउपहिरो होस् वा जाडोको मौसम सुरु हुँदासमेत नियन्त्रणमा नआएको लामखुट्टेको प्रकोप नै किन नहोस्, यी सबै ग्लोबल वार्मिङको असर भएको स्पष्ट भएको छ । विश्वव्यापी रूपमा जलवायु परिवर्तनले असर गरिरहेको हुँदा नेपालले समेत कार्बन उत्सर्जनबाट पीडित भएका राष्ट्रसँग समन्वय गरी उक्त अभियानलाई सार्थक बनाउन पहल गर्नुपर्छ । 

हालसालै इजिप्टको सर्म–एल–शेख सहरमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय सम्मेलनले गरेको निर्णयअनुसार नवीकरणीय ऊर्जा प्रवद्र्धन, कार्बन उत्सर्जन कम गर्ने प्रविधि निर्माण र सम्भावित प्रकोप न्यूनीकरणका लागि पूर्वाधार बनाउने कार्यलाई अगाडि बढाउन ‘लस र ड्यामेज’ को आधारमा क्षतिपूर्ति दिने निर्णयअनुसारको रकम प्राप्तिका लागि नेपालले समेत पहल गर्न जरुरी भइसकेको छ ।