• ११ मंसिर २०८१, मङ्गलबार

युवाको मत देशको भविष्य

blog

नागरिकको भावना र चाहनाअनुसारको शासन व्यवस्था मानिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको दोस्रो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन भोलि हुँदै छ। निर्वाचनसँगै पछिको नेपाली राजनीतिक परिवेश र राष्ट्रिय आकाङ्क्षाका विषयमा बहस बढेको छ। राष्ट्रिय सङ्कल्प पूरा हुने विषयमा आशा बढेका छन्। आमनागरिकमा निर्वाचनसँग जोडिएका चासो र सरोकार बढ्नु लोकतन्त्रका लागि सुखद हो। 

विशेषगरी पछिल्लो राजनीतिक परिवर्तनपछिका केही वर्षमा अपेक्षित ढङ्गले विकास हुन नसक्नु, सुशासनको प्रत्याभूति गराउन नसक्नु र राजनीतिमा इमानदारीको अभाव हुनुले केही प्रश्न निश्चय नै उठेका छन्। सबै प्रश्नको जवाफ दिन पनि राजनीतिक मैदानबाटै राजनीतिक रूपमै जवाफ दिनुपर्ने भएकाले आसन्न निर्वाचनलाई अलिक महत्वका साथ हेरिनैपर्छ। 

राजनीतिक परिवर्तनपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा केही स्थानमा स्वतन्त्रले स्थानीय तहको प्रमुख, वडाध्यक्षजस्ता पदमा विजय हात पारेपछि मूलधारका राजनीतिप्रति केही प्रश्न उठेका हुन्। स्वतन्त्र र दलबाट उठेका युवाले निर्वाचन जितेपछि राजनीतिमा युवाको क्रेज बढेजस्तो देखिएको हो। स्वतन्त्र उम्मेदवारीमार्फत होस् वा दलभित्रबाट युवा उम्मेदवारीको क्रेज बढेको तथ्य नेपाली राजनीतिको पुस्तान्तरण र युवा अवसरका कोणबाट अझ सुखद पक्ष हो। दलभित्रैका युवालाई अवसर दिनुपर्छ युवा मतदाताले।

आसन्न संसदीय निर्वाचनका लागि २०७९ मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा भई निर्वाचनका लागि योग्य मतदाताको सङ्ख्या जम्मा एक करोड ७९ लाख ८८ हजार ५७० छ। जसमा महिला ८८ लाख ४७ हजार ५७९, पुरुष ९१ लाख ४० हजार ८०६ र अन्य १८५ जना छन्। राष्ट्रिय युवा नीति, २०७२ का अनुसार १६ देखि ४० वर्षकालाई युवा मानिन्छ। निर्वाचन आयोगले १८ वर्ष पूरा गरेकोलाई मात्रै मतदाताका रूपमा योग्य मान्ने गरेको छ। यद्यपि १६ देखि १८ वर्षको उमेर समूहका युवा मतपरिणाम कसको पक्षमा पार्ने, कसलाई हराउने–जिताउने भन्ने भूमिकामा निर्णायक मानिन्छन्। ०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनभन्दा पछि अहिलेसम्म करिब छ लाख नयाँ मतदाता थपिएका छन्। जसको ९० प्रतिशतभन्दा बढी युवा मतदाता छन्। 

गएको स्थानीय तह निर्वाचनबाट निर्वाचित ७५३ स्थानीय तहका ३२ हजार २१७ पदमा अधिकांश पाको उमेरका नै उम्मेदवार थिए। जनमतले पाको उमेरकालाई भन्दा युवा उम्मेदवारलाई छानी छानी जिताएको देखिन्छ। आयोगका अनुसार ४० वर्षमुनिका जनप्रतिनिधिको सङ्ख्या ४१ दशमलव १४ प्रतिशत छ। स्थानीय तहको निर्वाचनमा ३० वर्षे उमेर समूहका १६ हजार ३७२ उम्मेदवार थिए भने ३० देखि ४० वर्ष उमेर समूहका ४३ हजार ४४२ थियो। निर्वाचन आयोगका अनुसार २१ देखि ४० वर्ष उमेर समूहका १४ हजार ४४२ उम्मेदवार विजयी भएका छन्। प्रमुखमा ३७, उपप्रमुखमा ९५, अध्यक्षमा १०६, उपाध्यक्षमा २३४ युवा निर्वाचित भएका छन्। वडाध्यक्षमा दुई हजार ३१२ जना युवा निर्वाचित भएका छन्। 

निर्वाचनमा युवावयको अनेक भूमिका हुन्छन्। पाँच वर्षसम्मको राजनीति, विकास, समाजको नियमित प्रक्रियाले थुप्रै विषयलाई परीक्षामा उभ्याएको हुन्छ। ती सबै कुराको एउटै परीक्षा निर्वाचन हो। त्यसैले यो निर्वाचनमा सिङ्गो देश सक्रिय ढङ्गले परीक्षामा उभिएको हुन्छ। गतिविधि तीव्र हुन्छन्, त्यसैले अनेक भूमिकामा युवा सक्रियता हुन्छ। पहिलो त स्वाभाविक रूपमा हरेक दलभित्र आवश्यकता, प्रतिस्पर्धा र योग्यतालगायतका कारण युवाले उम्मेदवारी नै पाएको हुन्छ। उम्मेदवारका रूपमा भूमिका सशक्त हुनैपर्छ। दोस्रो– उम्मेदवारका लागि विजय गराउने पहिलो घेराका सारथि युवा हुनुपर्छ। प्रविधिको प्रयोग तथा परिचालन, आर्थिक स्रोतको बन्दोबस्ती तथा परिचालन, उम्मेदवारको सुरक्षा तथा प्रचार अभियानको योजना र परिचालनलगायतमा युवाको साथ जितको एउटा आधार नै बन्छ। 

अर्को महìवपूर्ण विषय माहौल बनाउने हुन्छ। युवा अवस्थाका थोरै राजनीतिक विचार, सिद्धान्त, सङ्गठन र दृष्टिकोणबाट निर्देशित हुन्छन् भने धेरै सर्कल, प्रचारका अन्य आकर्षणले तानिएका पनि हुन्छन्। त्यस अर्थमा माहौलको कारक पनि युवा नै हुन्। अझ उमेरले युवा मानिने र निर्वाचन आयोगले मतदाताका लागि योग्य हुन नपाएको भनेका १६ देखि १८ वर्ष उमेर समूहका युवाले पनि निर्वाचनमा अझ विशेष भूमिका निर्वाह गरिरहेका हुन्छन्। प्रतिपक्षी उम्मेदवारको समूहमा घुसेर गुप्त सूचना सङ्कलन गर्नेदेखि नमुना मतपत्र घरघर पु¥याउने, कतिपय निर्वाचन सामग्री मिलाउने, सभा, जुलुस र नारामा सहभागी हुने आदि काममा यिनै युवाको अग्रता देखिन्छ।

युवालाई विभिन्न गैरराजनीतिक ढङ्गले परिचालन गर्दा एउटा निर्वाचनमा सकारात्मक परिणाम आउन सक्यो भने पनि अर्को निर्वाचनसम्म उसमा निराशा, आक्रोश र अविश्वास पैदा हुने र धेरै युवा हरेक निर्वाचनमा दलबदल गर्ने अवस्थामा पुगेको नेपाली राजनीतिको निर्वाचन प्रवृत्ति विश्लेषणमा पाइएको छ। एउटै सर्कल एउटा निर्वाचनमा एउटा दलमा जोडिने र त्यसलाई जिताउने, त्यसपछि अर्को निर्वाचनसम्म त्यो दल र विजयी नेतृत्वसँग समन्वय नभएको आक्रोशमा दल बदल हुने र अन्त्यमा सबै दलप्रति वितृष्णा व्यक्त गर्दै स्वतन्त्रको अभियानमा जोडिएको तथ्य पछिल्ला १५ वर्षको नेपाली राजनीतिको प्रवृत्ति देखिएको छ। 

यसको मुख्य कारण युवालाई चुनाव जित्ने हतियारका रूपमा मात्रै प्रयोग गरिनु हो। त्यसैले युवालाई राजनीतिक रूपमा सचेत र प्रशिक्षित गराउँदै निर्वाचनमा परिचालन गर्नुपर्छ। युवा आफैँ नेता हो भन्ने अनुभूति गराउनुपर्छ। अहिले जुन पदका लागि अरूलाई सघाइरहेको छ, भोलि ऊ आफैँ एउटा विधि, प्रक्रिया र प्रतिष्पर्धाबाट त्यो जिम्मेवारी पाउन सक्छ भन्ने अनुभूति गराउनुपर्छ। यसले पार्टी र उम्मेदवारलाई बलियो मात्रै बनाउँदैन, लोकतन्त्र र प्रणालीलाई नै बलियो बनाउँछ। 

नेपाली सन्दर्भमा अहिलेको निर्वाचनसम्म आइपुग्दा पछिल्ला १५ वर्षको राजनीतिक परिवर्तन र विकासलाई प्रविधिको विकासमार्फत संसार नियालेको अनुभवका आधारमा निरस भएका युवाले सङ्गठित भएर प्रक्रियाबाट परिवर्तनमा हस्तक्षेप गर्नुपर्छ। परिवर्तनका प्रक्रियामा आफूलाई सामेल गराएर हेर्नुपर्छ। दलीय व्यवस्थामा लोकतन्त्रको सुदृढीकरण, सुशासन र समृद्धिको सपना साकार पार्न दलका विरुद्धमा मतदान गर्ने नभई युवालाई अवसर दिने दललाई समानुपातिकमा र दलभित्रका युवा उम्मेदवारलाई जिताउनेसम्मका चेतना जगाउनुपर्छ। त्यसैले आसन्न निर्वाचन युवा नेतृत्वका लागि गतिलो अवसरका रूपमा स्थापित गर्नुपर्छ। तब मात्रै युवाको चाहनाअनुसारको राजनीतिक परिवर्तन सम्भव छ। 

राजनीतिमा युवाको भावनालाई धेरै हिसाबले समेट्नुपर्छ। त्यो काम दलले गर्न सक्नुपर्छ। युवा अहिले ठूला सभाहल र जुलुस अनि आमसभामा आउँदैनन्। प्रविधिको प्रयोगमार्फत उनीहरूसम्म विचार लैजाने काम दलले गर्न सक्नुपर्छ। त्यसका लागि दल प्रविधिको प्रयोगमा दक्ष, प्रतिस्पर्धी बजारले विश्वास गर्न सक्ने र युवा पुस्ताले भरोसा गर्न सक्ने हुनुपर्छ। अर्को महìवपूर्ण पक्ष युवाले विश्वास गर्ने नारा, युवाको भावना बोक्ने गीत÷सङ्गीत, साहित्य आदि पनि अहिलेको राजनीति युवालाई बुझाउने सशक्त माध्यम हुन्। त्यसैले यी माध्यममार्फत जनसम्पर्कमा सहज भएको राजनीतिक दललाई युवाले विश्वास गर्नुपर्छ।