अदालती फैसलाको प्रभाव
अदालको फैसला संवेदनशील हुन्छ । एउटा कार्यालय प्रमुखले आज गरेको निर्णय गलत रहेछ भने भोलिपल्टै सच्याउन सकिन्छ तर न्यायाधीशले फैसला गरिसकेपछि त्यति सजिलै न्याय उल्टिने सम्भावना पनि रहँदैन । अनुसन्धानकर्ताको अनुसन्धान, उसले पेस गरेको प्रमाण, न्यायाधीशको प्रमाण अध्ययन गर्न सक्ने क्षमता र योग्यता एवं न्यायाधीशका विवेकमा अदालतको फैसला अडिएको हुन्छ । न्यायाधीशको निष्पक्षता र सदाचार पनि न्याय सम्पादनका क्रममा महत्वपूर्ण तत्व हुन् ।
प्राथमिकताले गाँजेको समाज
नेपालीमा प्राथमिकता अनि अङ्ग्रेजीमा ‘प्रायोरिटी’ । प्राथमिकता भन्नेबित्तिकै सबैले जान्नैपर्ने, सिक्नैपर्ने, सुन्नैपर्ने, गर्नैपर्ने, बुझ्नैपर्ने कुराको लस्करमा पहिलो स्थान प्राप्त गर्नेलाई सम्झनु पर्छ । पहिलोबाट दोस्रोमा पुग्ने वित्तिकै त्यो प्राथमिकतामा पर्दैन । कसैले तपाईंलाई ‘एकछिन कुर्नुस्’ भन्छ भने तपाई प्राथमिकता होइन । त्यहाँ तपाई भन्दा महत्वपूर्ण अरू नै छन् । चित्त नदुखाउनु होला । हेर्नुस् मैले पनि चित्त दुखाएको छैन, मलाई थाहा छ मेरो यो लेख पनि धेरैको प्राथमिकतामा परेको छैन । प्राथमिकतामा पर्न त धेरै मेहनत गर्नु पर्छ । हुन त आजभोलि प्राथमिकता पाउने विभिन्न उपायको विकास भइसकेको छ । डिजिटल टेक्नोलोजीदेखि, फिजिकल हेलोप्याथी र द्रव्योलोजी सबै यस्तैमध्येका केही उपाय हुन् ।
शैक्षिक विकासको मूल प्रवाह
शिक्षाले व्यक्तिमा अन्तरनिहित प्रतिभा र सम्भावनाको पहिचान एवं प्रस्फुटन गरी सर्वाङ्गीण विकास गर्छ । शिक्षाले नै व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनका लागि दक्ष, सिपयुक्त र असल नागरिकका रूपमा व्यक्तिलाई तयार गर्छ । आधुनिक समाजमा शिक्षालाई नागरिकको आधारभूत आवश्यकता अन्तर्गत राख्ने गरिन्छ र नागरिकको मौलिक हक एवं राज्यको दायित्वका रूपमा लिइएको छ । राज्यबाट सबै नागरिकलाई शिक्षा पाउने व्यवस्था गरिएको हुन्छ । शिक्षा प्राप्तिका लागि शा
तिनै तहको जिम्मेवारी
समग्र मुलुकको विकास र समृद्धिका लागि सार्वजनिक वित्त व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्छ । यसको माध्यमबाट सार्वजनिक स्रोतको अनुमान योग्यता तथा सुनिश्चितता, विनियोजन तथा खर्च कुशलता, आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गर्न सकिन्छ । सार्वजनिक वित्तको सामाजिक, आर्थिक विकासमार्फत समृद्धि हासिल गर्न सक्नु पर्छ । सुशासन र सामाजिक न्याय प्रत्याभूत गर्ने वातावरण निर्माण गर्दै समुन्नत नेपाल बनाउन जरुरी छ ।
नवनियुक्त प्रधान सेनापतिका कार्यभार
नवनियुक्त प्रधान सेनापति अशोकराज सिग्देलले भोलिबाट विधिवत् रूपमा सैनिक सङ्गठनको नेतृत्व समाल्दै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबिच प्रधान सेनापतिको फुली लगाइदिएपछि सोमबार सिग्देलले औपचारिक रूपमा सैनिक मुख्यालय गएर पदभार ग्रहण गर्ने कार्यक्रम छ । शक्तिशाली सङ्गठनको कार्यभार समाल्दा जुन किसिमको उत्साह हुन्छ, सङ्गठनलाई आइपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौती सामना गर्न त्यत्तिकै कठिन छ । नेपालमा भूराजनीतिक प्रभाव बढ्दो छ । सार्वभौमसत्ता समान भए पनि ठुला भनिएका राष्ट्रको ध्यान नेपालतिर केन्द्रित छ । यस्तो अवस्थामा असंलग्न परराष्ट्र नीतिको हाम्रो सांसारिक पहिचान सुरक्षित राख्न
महिला र तिज पर्व
हाम्रो सनातन परम्परामा अनादिकालदेखि नै व्रत, उपवासका साथ अनेक चाडपर्व मनाइँदै आएका छन् । यसरी मनाइने चाडपर्वमध्ये हरितालिका तिज पनि एक हो । भाद्र शुक्ल तृतीयाका दिन महिलाहरू हरितालिका व्रत गर्छन् । यस व्रतको विधान वर्तमान समयमा उपलब्ध १८ महापुराणमा भेटिँदैन । बृहत् धर्मशास्त्रनिबन्धग्रन्थहरूमा, लक्ष्मीधरकृत कृत्यकल्पतरुका व्रतखण्डमा, त्यसपछिका श्रीदत्तकृत समयप्रदीपमा, चण्डेश्वरकृत कृत्यरत्नाकरमा र हेमाद्रिकृत चतुर्वर्गचिन्तामणिका व्रतखण्डमा पनि यस व्रतको उल्ले
निजामती कर्मचारीको जवाफदेहिता
मानिसको जन्मदेखि मृत्युसम्मको आवश्यकतापूर्ति र सेवाका लागि सरकारले गर्ने कार्यको निमित्त नियुक्त मानव स्रोत अर्थात् निजामती कर्मचारीको दिवस अर्थात् निजामती सेवा दिवस आज । विसं २०१३ भदौ २२ मा निजामती सेवा ऐन, २०१३ बाट यस सेवाको गठन गरिएको हो । तोकिएको कार्यसम्पन्न गर्न सरकारले निजामती कर्मचारीलाई निश्चित पारिश्रमिक, विभिन्न किसिमका भत्ता, अन्य विभिन्न किसिमका सेवा र अवसर मौद्रिक र गैरमौद्रिक रूपमा प्रदान गर्छ । निजामती सेवामा प्रवेश गर्नु हँसीठट्टाको खेल वा चानचुने काम होइन । देशको सबैभन्दा शिक्षित र बौद्धिक नागरिकले कडा प्रतिस्पर्धात्मक विभिन्न चरणका परीक्षा उत्तीर्ण गरेर नियुक्त हुने अवसर पाउँछन् ।
सुशासनमा नवीन सोच
सार्वजनिक चासो र सरोकारको सम्बोधन, समस्या समाधान तथा राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा सरकारले गरेका प्रतिबद्धता पूरा गर्न सार्वजनिक नीतिको निर्माण तथा कार्यान्वयन गरिन्छ । विद्वान् थोमस डाईका अनुसार सरकारले गर्ने वा नगर्ने भन्ने सम्बन्धमा लिने निर्णय नै सार्वजनिक नीति हो । सरकारका प्रत्येक निर्णयको असर र प्रभाव सम्बद्ध क्षेत्र/समुदायमा अल्पकालीन तथा दीर्घकालीन रूपमा पर्दछ । नेपालमा शासकीय संरचनाको परिवर्तनपछि प्रदेश तथा स्थानीय
निजामती सेवाको भविष्य
‘निजामती’ शब्दले सरकारी सेवामा कार्यरत कर्मचारी र तिनको समूहलाई जनाउँछ, जसले प्रशासनिक र कार्यकारी जिम्मेवारी वहन गर्छन् । यो शब्द विशेष गरी सरकारी निकायमा कार्यरत स्थायी कर्मचारीलाई इङ्गित गर्न प्रयोग हुन्छ, जो सरकारी नीति, योजना र कार्यक्रमको कार्यान्वयनमा संलग्न हुन्छन् । सामान्यतया, ‘निजामती’ शब्दले राज्यको सेवा र प्रशासनलाई समर्थन गर्ने कर्मचारीको समूहलाई बुझाउँछ । निजामती सेवा भनेको देशको प्रशासनिक ढाँचाको एक महत्वपूर्ण अङ्ग हो, जस
व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन
राज्य सञ्चालनको स्थायी संयन्त्र नै प्रशासन हो । नीति निर्मातालाई राज्यका नीति निर्माणमा तटस्थ र निष्पक्ष सल्लाह दिई राम्रो र कार्यान्वयनयोग्य नीति बनाउन तथा त्यसलाई सफल कार्यान्वयन गरी राज्यको कर्तव्य पूरा गर्ने लक्ष्यसहित संविधान र कानुनबमोजिम स्थापित निकाय हो, प्रशासन । राज्यले लिएको दीर्घकालीन नीति अनुरूप मुलुकको समग्र विकास, समृद्धि र सुशासन कायम गर्न प्रशासनको सिप, कुशलता र बुद्धिमत्तापूर्ण निर्णय क्षमता महत्वपूर्ण रहन्छन् । आफूले गर्नुपर्ने कानुनले निर्दिष्ट गरेको कार्य कुशलतापूर्वक, कम लागत र समयमा, बढी प्रतिफल प्राप्त गर्ने गरी सम्पन्न गर्न सक्ने अवस्था व्यावसायिकता हो । अवस्था हे
उद्यमशीलता विकासमा अर्जुनदृष्टि
स्थायी सरकारका रूपमा निजामती सेवालाई लिइन्छ । योग्यता प्रणालीबाट निजामती सेवामा जनशक्ति चयन गरिँदै आएकोमा पछिल्लो समय समावेशी अवधारणा अनुसार सबै वर्ग, समुदायको प्रतिनिधित्वका लागि निजामती सेवामा पहँुच बढ्दै गएको छ । शासकीय नेतृत्वको सहयोगी र सेवा प्रवाहको निरन्तरताका लागि स्थायी संयन्त्रका रूपमा निजामती सेवाले समग्र विकासमा जोड दिएको छ । सेवा प्रवाहको मुख्य जिम्मेवारीमा रही जनताको परम्परागत, आकस्मिक, रूपान्तरणकारी एवं अन्तरसम्बन्ध कायम गर्न सार्वजनिक सेवाका लागि निजामती सेवा गठन भएको हो । जनता र शासकीय नेतृत्वको असल सम्बन्धको संयन्त्रै सार्वजनिक प्रशासन हो । निजामती सेवाले मुख्य भूमिकामा रही सार्वजनिक सेवा प्रवाहको मियोका रूपमा भूमिका निर्वाह गर्नु परेको छ ।
वैज्ञानिक विकासको मार्ग
देशको अवस्था सडक र यातायातको विकासले मापन गरेको हुन्छ । सडक र यातायात बलियो भए देशको अर्थतन्त्र पनि मजबुत हुन्छ । भौतिक पूर्वाधार निर्माण गर्दै त्यसले आर्थिक गतिविधि चलायमान बनाउँछ । आमनागरिकको पहुँचका लागि सडक आवश्यक भएकाले सडकलाई पूर्वाधारको पनि पूर्वाधार भनिन्छ । पूर्वाधारमा सडक, रेल्वे स्टेसन, जलयातायात, हवाई यातायात सबै पर्छन् । भौतिक पूर्वाधारले उत्पादनशीलतामा देशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन र विभिन्न अवसर सिर्जना गर्न टेवा पु¥याउँछ । भौतिक पूर्वाधार भएन भने उद्योगधन्दा खोल्न सकिँदैन । भौतिक पूर्वाधारको विकास नभएको ठाउँमा कृषि उपज भए पनि त्यहाँको उपज बिक्री नहुनेजस्ता समस्या देखापर्छन् तर विकासकै मुख्य पूर्वाधार मानिने नेपालको
तिजको मौलिकता जोगाउन चुनौती
सालको पात टिपेर नलाऊ आमा टपरी हाम्ले बिहे गरिँदैन मनै नपरी हलहली मकै बढ्यो त्यही बारीको हावाले कस्तो घर रोजेर दिन्छौ बाबाले । स्तुत गीतका हरफ त्यतिबेला गाइएका हुन्, जतिबेला छोरीहरू बिहेबारे आफ्ना अभिभावकसँग खुलेर बोल्न सक्दैनथे । आफ्ना आमाबाबुले जुन र जस्तो मानिससित विवाह गरिदिन्थे उनीहरूसँगै चुपचाप जीवन बिताउनुपथ्र्यो, चाहे जस्तोसुकै सम्झौता गर्न किन नपरोस् । बोल्नका लागि छोरीहरूसित आवाज थिएनन्, आफ्ना कुरा अभिभावकसँग निर्धक्क भन्न सक्ने वातावरण थिएन । आफूमाथि भएका अन्याय र अत्याचारविरुद्ध बोल्ने साहस थिएन, त्यतिबेला विद्रोहको एउटा मात्रै माध्यम थियो– तिजका गीत । विवाहित छोरीचेलीले आफ्नो कर्मघरमा भोगेका दुःखकष्ट, विभेद र अन्याय गीतका माध्यमबाट माइतीसामु प्रस्तुत गर्थे, जसले मनोरञ्जनसँगै शिक्षा पनि दिन्थ्यो । एक समय थियो, शिक्षाको अवसर केबल पुरुषलाई प्राप्त थियो । छोरीहरू लेखपढको अवसरबाट वञ्चित थिए । आफूले नपढेकै कारण लोग्ने र परिवारका अन्य सदस्यले गर्ने व्यवहार, अपमान तिरस्कारबाट आहत भएर छोरीलाई नपढाउने बाबुआमालाई गीतबाटै यसरी व्यङ्ग्य कस्थे : नपढेकी छोरीलाई पढेकालाई दिनुभो यति कुरा बाबाले पाप लिनुभो । अङ्गे्रजीमा भन्दा रैछन् पानीलाई वाटर नबुझेर दिएँ मैले काँचो कटर । न आफूले पढियो न त बाउले पढाए के छ इच्छा सोधेनन् डोली चढाए । अविवाहित छोरी आफ्नो हुनेवाला श्रीमान्सक्षम होस्, विवाह गरेर जाने घरमा आफ्नो सम्मान होस्, सुख सुविधा होस् भन्ने चाहन्थे । घाँसदाउराका लागि टाढा धाउन नपरोस्, लेकबेँसी गर्न नपरोस्, अन्धकार छिचोल्दै पानी बोक्न टाढाटाढा धाउन नपरोस् भन्ने चाहना हुन्थ्यो तर आफ्ना कुरा अभिभावकसँग सोझै व्यक्त गर्न सक्दैनथे र यस्ता गीतको सहारा लिन्थे : केटो हेर्नू बाबाले निकै छाँटकाँटको खेतबारी हेर्नू बाबा सम्म फाँटको । पानी बोक्न नपरोस् दैलादैला पँधेरो कोठाकोठा बिजुली नहोस् अँधेरो । महिलाले लेखपढ गर्ने अवसर नपाएका र घरगृहस्थीबाट माथि उठ्न नसकेका, आफ्नो हक अधिकारबारे बोल्न नसकेका महिलाले गीतका माध्यमबाट चेतनाको दियो बाल्थे । हामीले गर्न नसक्ने केही छैन, हामीमाथि भएका अन्याय, अत्याचार, दमनविरुद्ध हामीले नै आवाज उठाउनु पर्छ भन्ने हुन्थ्यो । हामी पनि राज्यको नेतृत्व तहमा पुग्न सक्छौँ, आफ्नो हक अधिकारका लागि बोल्न अब ढिलो गर्नुहुँदैन भनेर गीतकै माध्यमबाट महिला दिदीबहिनीलाई यसरी आह्वान गरिन्थ्यो : उठौँ जागौँ दिदीबैनी अब ढिला भैसक्यो अन्याय र अत्याचारले जालो लाइसक्यो । कति बस्छौ अन्यायमा भित्रभित्रै रोएर कति बस्छौ सामन्तीको दासी भएर ? अरू देशका नारीहरू रकेट चढी चन्द्रमा हाम्रा देशका नारीहरू मस्त निन्द्रामा । नारी अधिकारका आवाजसँगै त्यतिबेलाका गीतमा विद्रोहका स्वर पनि चर्को रूपमा बुलन्द हुन्थे । समाजको कलङ्क बनेर बसेको दाइजो प्रथाले आहत भएर भित्रभित्रै पिल्सिएका नारीलाई विद्रोह गर्न र स्वाभिमानपूर्ण जीवन बाँच्न गीतैबाट अनुरोध गरिन्थ्यो । विवाहमा दाइजोका रूपमा मोटरगाडी माग्ने केटालाई बेहुलीले विवाहमण्डपमै दिएको जवाफलाई गीतमा यसरी बुनिएको छ : सम्पत्तिले नपुगे लैजा भैँसी तानेर बसिँदैन मगन्तेलाई लोग्ने मानेर । त्यसलाई दिने सम्पत्तिमा बस्छु बरु पढेर सिन्दुर हाल्छ, त्यही मोटरलाई जान्छ चढेर । अहिलेका शिक्षित र चेतनशील मानिएका महिलाले समेत प्रत्यक्ष रूपमा दाइजो प्रथाको विरोध गर्न नसकेको अवस्था छ । यसलाई अपनाएरै अगाडि बढिरहेको सन्दर्भमा आजभन्दा दशकौँ अगाडि नै तिजका गीतमा दाइजो प्रथाविरुद्धमा गीतैबाट आगो ओकल्नु चानचुने कुरा होइन । त्यस समयका तिज गीतमा महिलाका सवाल मात्रै होइन, समाजमा भए गरेका विभिन्न विकृति विसङ्गतिप्रति व्यङ्ग्यको झटारो हानेर समाज रूपान्तरणका लागि शङ्खघोषसमेत गरिन्थ्यो । शिक्षा क्षेत्रमा देखिएको विकृतिलाई गीतको यस पङ्क्तिले मार्मिक व्यङ्ग्य प्रहार गरेको छ : महिनाको तीन चोटि जान्छन् मास्टर पोखरा दस पढेका विद्यार्थीले बिर्से कखरा । त्यस्तै गरी आधुनिकतासँगै भित्रिएको फेसन संस्कृति र त्यसले युवा वर्गमा पारेको प्रभावलाई यसरी व्यङ्ग्य गरिएको हुन्थ्यो ः छ सयको पाइन्टलाई घुँडाघुँडा काटेर केटा पनि हिँड्न थाले कपाल बाटेर । तीन सयको पाइन्टलाई छ सयमा सिलाउनी बोल्नभन्दा अगाडि कपाल मिलाउनी । ब्राह्मण समाजको सांस्कृतिक स्खलन र बढ्दो विकृतिलाई गीतका माध्यमबाट यसरी व्यङ्ग्य गरिन्थ्यो : थकाल्नीले रक्सी पार्छे चमचीले चाखेर आहो आहो बाहुन बाजे जनै राखेर । छ सराको जनैले यति दुःख दिएको ठाडो घाँटी लाएर रक्सी पिएको । अचेल यसरी विकृति विसङ्गतिप्रति व्यङ्ग्य गरिएका, नारी समानताका लागि आवाज उठाइएका तिज गीत सुनिन छाडेका छन् । अचेलका तिज गीत सुन्न कम र हेर्न बढी थालिएसँगै पूर्ण रूपमा व्यापारिक बन्दै गएका छन् । आ
हरितालिका तिज : जागरणमा कोसेढुङ्गा
तिज पर्व यही बेलादेखि मनाउन सुरु भएको भन्ने मिति निर्धारण भएको पाइँदैन । तैपनि यो भारतवर्ष विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिककालदेखि नै चलिआएको हो । त्यसमा पनि भारतको केही मात्रै ठाउँ र नेपालमा हिन्दु नारीले विशेष पर्वका रूपमा मनाउँदै आएको पाइन्छ । हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको विवाह (कन्यादान) भगवान् विष्णुसँग गरिदिने निर्णय गरे । पार्वतीलाई आफ्नो बाबुको निर्णय चित्त बुझेन । पार्वती
संस्कृतिमाथिको विकृति
हुँदाखाने र हुनेखाने सबैले आआफ्नो गच्छे अनुसार चाडपर्व मनाउनु पर्छ । चाडपर्व मनाउनुको खास उद्देश्य भनेको सबैसँग भेटघाट गर्नु, मिठोमसिनो खानु र घरबाहिर भएका सन्तान आफ्ना अभिभावक भएको ठाउँमा केही समयका लागि भए पनि आऊन् भन्ने हो । हाम्रा ठुला चाडबाड बर्खापछि मनाइन्छ, जसबाट खेतिपाती गर्दा थकित शरीरले आराम, मनोरञ्जन र पोषण पाओस् भन्ने पनि हो । फलस्वरूप मानिसमा नयाँ जोश, जाँगर र ऊर्जा सञ्चार हुन्छ । आफूले मान्ने विभिन्न चाडपर्व, रीतिथिति, परम्परा आदिलाई निश्चित नीति नियम अनुसार सौहार्दपूर्ण वातावरणमा मनाउनु नै संस्कृति हो । संस्कृति नै हाम्रो पहिचान हो । पहिलेपहिले प्रत्येक चाड सौहार्दपूर्वक मनाइने गरिन्थ्यो । तडकभडक, प्रतिस्पर्धा र देखावटीको कुनै छनक पाइँदैनथ्यो । हिजोआज भने अनावश्यक तडकभडक, देखासिकी र प्रतिस्पर्धा मौलाउँदै जान थालेको छ, जुन विकृति हो र यस्तो हुनु वास्तवमा राम्रो होइन ।
आफ्नै बलबुतामा न्याय
सङ्क्रमणकालीन न्यायका सम्बन्धमा बनेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद्बाट पारित भएसँगै बहसको प्रमुख विषय बनेको छ । द्वन्द्वोत्तर न्याय चासोको विषय हुँदै हो, यो समस्याको विषय पनि हो तर समस्या विधि र प्रक्रियामा भन्दा पनि दलहरूको इच्छाशक्तिमा थियो भन्ने कुरा अठार वर्षसम्म अल्मलिएको सङ्क्रमणकालीन न्यायको विषयले दलहरूले चाहनासाथ गति लिएकाले पनि पुष्टि गरेको छ ।
मानव बेचबिखनविरुद्धको अभियान
मानव बेचबिखन भन्नाले आधारभूत मानव अधिकारको उल्लङ्घन, दासत्वको अवस्था, मानवताविरुद्धको बहुराष्ट्रिय सङ्गठित अपराध हो । यसलाई अशिक्षा, बेरोजगारी, गरिबी, जनचेतनाको कमी, घरेलु हिंसा, पारिवारिक झगडा, लैङ्गिक तथा जातीय विभेद, दण्डहीनतालगायतले मलजल गर्छ । सेप्टेम्बर ५ अर्थात् भदौ २० लाई मानव बेचबिखनविरुद्धको १८ औँ राष्ट्रिय दिवसका रूपमा मनाइँदै छ । ‘तीनै तहका सरकारको प्रतिबद्धता मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ विविध का
अफगानिस्तानका महिलाप्रति क्रूर सत्ता
अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको अफगानिस्तानको तालिबान सरकार महिलाप्रति थप क्रूर बनेको छ । महिलाका अधिकार खोस्दै अधिकारविहीन बनाएको तालिबानले सार्वजनिक स्थलमा बोल्न र अनुहार देखाउनसमेत प्रतिबन्ध लगाएको छ । सार्वजनिक स्थानमा सधैँ बाक्लो कपडाले शरीर र अनुहार छोप्न महिला तथा बालिकालाई निर्देशन दिइएको छ । तालिबान सरकारले ल्याएको यो नयाँ कानुनलाई सर्वोच्च नेता मुल्लाह हिबतुल्लाह अखुन्दजाले अनुमोदन गरेसँगै कार्यान्वयनमा आएको छ । यो कानुनलाई हलाल र हराम गरी दुई वर्गमा विभाजन गरिएको छ ।
सार्वजनिक प्रशासनका चुनौती
सार्वजनिक प्रशासन आमजनता र उनीहरूको सरोकारको विषय हो । मुलुकको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि क्षेत्रको विकासमा सार्वजनिक प्रशासनले कस्तो भूमिका निर्वाह गर्नु पर्छ भन्ने कुरा मुलुकले अवलम्बन गरेको प्रणालीमा निर्भर हुन्छ । पुँजीवादी अर्थ व्यवस्था अँगालेको मुलुकमा सार्वजनिक प्रशासनले हस्तक्षेपकारीभन्दा नियमनकारी भूमिका निर्वाह गर्छ भने साम्यवादी अर्थ व्यवस्था अँगालेको मुलुकमा राज्यले आफ्नो संयन्त्रमार्फत उत्पादनका साधनको परिचालन गर्छ । यसरी पुँजीवादी अर्थ व्यवस्थामा सरकारको अस्तित्व नै कमजोर हुने र साम्यवादी अर्थ व्यवस्थामा सरकार निरङ्कुश हुन खोज्छ । यसले सामाजि
निजामती अस्पतालको सेवा
बहालवाला तथा सेवानिवृत्त निजामती कर्मचारी र तिनको परिवारको स्वास्थ्योपचारसम्बन्धी व्यवस्था गर्न निजामती कर्मचारी अस्पतालको व्यवस्था गरिएको छ । काठमाडौँको मीनभवनमा रहेको यस अस्पतालबाट हाल निजामती कर्मचारी तथा तिनको परिवारलगायत सर्वसाधारण नेपाली नागरिकसमेतले स्वास्थ्य सुविधा प्राप्त गर्दै आएका छन् । नेपाली सेना तथा नेपाल प्रहरीको आफ्नो छुट्टै अस्पताल रहेको परिप्रेक्ष्यमा निजामती कर्मचारीको सुविधाका लागि समेत एक विशिष्ट अस्पतालको आवश्यकता महसुस गरियो । अनि नेपाल सरकाले अस्पतालको भौतिक पूर्वाधार निर्माणलगायत सहयोगका चीन सरकारलाई अनुरोध गरियो
टिआरसीमा सञ्चारको चासो
नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप (टिआरसी) विधेयक सङ्घीय संसद्को दुवै सदनबाट पारित गरेको छ । विधेयक पारित भएपछि कानुन बनेको छ । अन्तर्राष्ट्रिय जगत्ले निकै चासो र सरोकार राखेको द्वन्द्व व्यवस्थापन अब टुङ्गोमा पुगेको छ । त्यति मात्र होइन, नेपालले आफ्नो मौलिक विधिमार्फत यसलाई निष्कर्षमा पु¥याएको छ । यो अरू द्वन्द्वग्रस्त देशका लागि नमुना बन्न सक्छ । विधिवत् रूपमा १० वर्ष लामो सशस्त्र द्वन्द्व न्यायिक निष्कर्षमा पुगेकोमा सबै पक्षको जित भनिएको छ । त्यति मात्र होइन, शान्ति सम्झौताले मूर्त रूप पाएको दाबीसमेत गरिएको अवस्था छ । अब सञ्चार जगत्लगायतका सरोकारवाला
बहसमा समाजवाद
समाजवादको अर्थ र इतिहासको विश्लेषणका साथै नेपालमा आवश्यक पर्ने समाजवादको स्वरूप कस्तो हुने भन्नेबारे राजनीतिक दलहरूको स्पष्ट धारणा पाउन सकिँदैन । साधारणतया एउटा सामाजिक सङ्गठन, राज्यको राजनीतिक र आर्थिक सिद्धान्तको आधार सामूहिकता एवं सरकारी स्वामित्व मानी उत्पादन एवं वितरण प्रजातान्त्रिक व्यवस्थाद्वारा गरिने प्रणालीमा आधारित व्यवहारलाई ‘समाजवाद’ भन्ने गरिन्छ । यसै गरी वेस्टर्न न्यु कलेजियट डिक्सनरीको सन् १८३६ को प्रकाशनमा समाजवादको अर्थ सामूहिकता वा सरकारी स्वामित्वमा वस्तुको उत्पादन र वितरण प्रजातान्त्रिक तवरबाट गर्ने सिद्धान्तमा आधारित व्यवहार भनिएको छ । यथार्थमा
हिमताल विस्फोटको सङ्केत
वैश्विक रूपमा देखिएको जलवायु परिवर्तनका असर नेपालमा पनि परिरहेकाले यसका सङ्केत देखा पर्न थालेका छन् । नेपालले जलवायु परिवर्तनको डरलाग्दो असर सबैभन्दा पहिले हिमालयमा भोग्नुपर्ने चेतावनीलाई घटनाक्रमले पुष्टि गर्दै आएको छ । नेपालको हिमाली क्षेत्रले सदैव प्राकृतिक सौन्दर्य र जलस्रोतको विशाल भण्डारका रूपमा ख्याति कमाएको छ तर विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तनका कारण यो क्षेत्र अब बिस्तारै जोखिमपूर्ण बनिरहेको छ । विशेष गरी हिमताल विस्फोटले हिमाली क्षेत्रका बस्ती, जनजीवन र पूर्वाधारमा गम्भीर खतरा निम्त्याइरहेको छ । हालै सगरमाथा क्षेत्रको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेगा
डिजिटल मुद्राको तयारी
डिजिटल मुद्राका सम्बन्धमा केही वर्षयता अध्ययन, अनुसन्धान र विकास कार्य गरिरहेको नेपाल राष्ट्र बैङ्कले गत महिना बैङ्कद्वारा निकट भविष्यमा जारी गर्न लागिएको सिबिडिसी अर्थात् केन्द्रीय बैङ्क डिजिटल मुद्राको प्रोटोटाइप (नमुना) सार्वजनिक गर्यो । उक्त प्रोटोटाइप परिमार्जन गर्दै सिबिडिसीलाई सीमित विशेषतासहितको प्रारम्भिक संस्करणका रूपमा विकास गरिने बैङ्कले जनाएको छ । हाल सिबिडिसी बेस प्रोटोटाइप भर्सन ०.१ विकास भइसकेको र छिट्टै नै बैङ्क तथा वित्तीय संस्थामार्फत उपलब्ध गराउने