साफ यू–१७ फुटबल टोली घोषणा
श्रीलंकामा भदौ २० देखि २९ गतेसम्म आयोजना हुने साफ यू–१७ च्याम्पिनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।
केन्यामाथि नेपालको जित
केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हरायो । यस जितसँगै पाँच खेलको टी–२० सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ ।
केन्याद्वारा नेपाललाई एक सय ५७ रनको लक्ष्य
तेस्रो टी–२० खेलमा घरेलु टोली केन्याले जितको लागि नेपाललाई एक सय ५७ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ५६ रन बनायो ।
फुटबल टोलीको ब्यवस्थापकमा अनिल
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको ब्यवस्थापकमा अनिल श्रेष्ठ नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार श्रेष्ठलाई नियुक्त गरेको हो ।
केन्याविरुद्ध नेपाल पहिले फिल्डिङमा, अर्जुनको डेब्यु
केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जित्दै ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । पाँच खेलको टी–२० खेल अहिले १–१ को बराबरीमा छ ।
उत्साह छ, तर खेल्ने वातावरण छैन
चार जिल्लाको केन्द्रीय भागमा रहेको रामपुरमा खेलकुदको प्रशस्त सम्भावना छ । यहाँ रहेका पूर्वाधारलाई व्यवस्थित गर्न सकेको खण्डमा राष्ट्रियस्तरका थुप्रै प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छ ।
बर्नमाउथमाथि लिभरपुलको गोल वर्षा
इङ्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नमाउथमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले बर्नमाउथलाई ९–० गोलले हरायो ।
नेपाल र केन्याबीचको तेस्रो खेल आज
नेपालले घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–२० खेल आज खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुने खेलमा नेपालले जित निकाल्ने लक्ष्य राखेको छ
बिउँतिदै ताराखोलाको ‘तारा खेल’
आदिवासी जनजाति समुदायका लागि निकै लोकप्रिय मानिन्छ छ ‘तारा खेल’ । लोपोन्मुख हुने अवस्थामा पुगेको यो खेल पछिल्लो समय पुनः चर्चित बनिरहेको छ ।
तामाङलाई विश्वकै उच्चस्थानमा आयोजित गल्फ उपाधि
विश्वकै अग्लो स्थानमा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि श्याम तामाङले जित्नुभएको छ । हिमालपारीको जिल्ला मुस्ताङको लोमन्थाङ गाउँपालिकाको लो–थाङ स्थित विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्समा शनिबार भएको पहिलो प्रतियोगितामा तामाङले २२ अंक जोड्दै पहिलो हुनुभएको हो ।
ऐनमै खेलाडीको पुरस्कार सुनिश्चित गरेका छौं : मन्त्री अथक
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार सुनिश्चित गरिएको बताउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै गाभेर पुरस्कार कार्यविधि लागु गर्न लागेको मन्त्री अथकले जानकारी दिनुभयो ।
साग स्वर्णधारी सन्तोषी सम्मानित
पालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित हुनुभएको छ । प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो ।
सुविधासम्पन्न ब्याडमिन्टन हल निर्माण हुने
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा जिल्लामै पहिलो ब्याडमिन्टन हल निर्माण हुने भएको छ । मिक्वाखोला गाउँपालिका केन्द्र साँबा थलङमा सुविधा सम्पन्न ब्याडमिन्टन हल निर्माण हुने भएको हो ।
फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा
विश्व फुटबल महासंघ (फिफा) ले अखिल भारत फुटबल महासंघ (एआइएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । फिफाले भारतमाथिको प्रतिबन्ध दुई साता नपुग्दै फुकुवा गरेको हो ।
साफ महिला च्याम्पियनसिप टोलीको घोषणा
अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ गतेसम्म अयोजना हुने साफ महिला च्याम्पियनपसिप फुटबलका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा आजदेखि छनोट हुँदै
आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आजदेखि कञ्चनपुरमा छनोटका खेल हुँदैछन् । जिल्ला खेलकुद विकास समितिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न विधामा फाराम भरेका खेलाडीलाई क्षेत्रीय प्रतियोगितामा सहभागी गराउन आजदेखि छनोट गर्न लागेको होे ।
टी–२० सिरिज : केन्यामाथि नेपालको सहज जित
नेपालले केन्याविरुद्धको टी–२० सिरिजमा सुखद सुरुवात गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली केन्यालाई पाँच विकेटले हरायो ।
नवौं राष्ट्रिय खेलकुदको तयारी तिब्र
गण्डकी प्रदेशमा असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तिब्र पारिएको छ । नवौं मूल आयोजक समितिले बिहिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी र कामको विवरण बारे जानकारी दिएको हो ।
किकबक्सिङमा नेपाललाई ६ स्वर्ण
भुटानमा भएको पाँचौं दक्षिण एशियन किकबक्सिङ च्याम्पियनसिपमा नेपालले ६ स्वर्ण जितेको छ ।
नेपाललाई केन्याको मध्यम लक्ष्य
केन्याविरुद्ध टी–२० सिरिनको पहिलो खेलमा नेपाललाई घरेलु टोली केन्याले जितका लागि ३१ रनको लक्ष्य दिएको छ । नैरोबी स्थित जिमखान क्लब क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३० रन बनायो ।
एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड यसै मिहना
एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड भदौ २४ गते हुने भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले बिहिबार पत्रकार सम्मेलन गरी अवार्ड बारे जानकारी दिएको हो ।
केन्याविरुद्ध पहिले बलिङ गर्दै नेपाल
केन्याविरुद्धको पहिलो टी–२० खेलमा नेपालले पहिले बलिङ गरिरहेको छ । नैरोबी स्थित जिमखान क्लबको मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको हो । पाँच खेलको टी–२० सिरिजमा नेपाल सुखद सुरुवात गर्ने अभियानमा छ ।
पाँच सय ४६ खेलाडीको नाम दर्ता
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्लास्तरीय छनोट प्रतियोगिताका लागि गुल्मीमा पाँच सय बढी खेलाडीले नाम दर्ता गराएका छन् ।
भुटानको महिला फुटबल टोली काठमाडौंमा
भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन भुटानको महिला राष्ट्रिय फुटबल टोली बहिबार काठमाडौं आईपुगेको छ ।