गोर्खा खुकुरीको विधान संशोधन
नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघ संघको केन्द्रीय साधारण सभाले शनिबार विधान संशोधन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ मा व्यवस्था गरिएको राष्ट्रिय खेल संघ सम्बन्धी बुँदामा संघको विधान संशोधन गर्न केन्द्रीय साधारण सभा बोलाइएको संघले जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुदको सुरक्षा सम्बन्धी छलफल
नवौं राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्था सम्बन्धमा पोखरामा छलफल भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सुरक्षा समिति पदाधिकरीहरु सँग जानकारी लिनुभएको हो । सुरक्षा उपसमिति संयोजक रामदत्त जोशीले प्रतियोगितामा सुरक्षा प्रवन्ध बारे जानकारी गराउनुभयो ।
भलिबल खेलमा योगदान गर्ने सम्मानित
भलिबल खेलको विकासमा योगदान गर्ने व्यक्तित्वहरुलाई जिल्ला भलिबल संघले एक कार्यक्रमबीच सम्मान गरेको छ । भलिबल संघ म्याग्दीले आफ्नो कार्यालय उद्घाटन एवं सम्मान कार्यक्रमको आयोजना गरेर सात जनालाई सम्मान गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद : खेलाडीलाई तयारीको सकस
छत्तीस खेलमध्ये ३१ खेलमा सहभागिता जनाउने कञ्चनपुरको आगामी असोजमा हुने बृहत् नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी भने सामान्य छ ।
क्यान र क्रिकएचक्युबीच सम्झौता
नेपाल क्रिकेट संघ (क्यान)ले न्युजिल्यान्डको क्रिकएचक्युसँग सम्झौता गरेको छ । क्यानले शनिबार विज्ञप्ती निकाल्दै क्रिकएचक्युसँगको सम्झौताले सबै तहका क्रिकेटको डिजिटलाइजेसन, लाइभ स्कोरिङ र स्ट्रिमिङलगायत प्राविधिक विकासमा मद्दत पुग्ने उल्लेख गरेको छ ।
नवौँ राष्ट्रिय खेलकुद : अझै कतिपयमा खेल पूर्वाधारकै चिन्ता
गण्डकी प्रदेश अन्य प्रदेशका तुलनामा खेलकुद पूर्वाधारमा अब्बल रहेपनि नवौँलाई लक्ष्य गरी निर्माण गरिने तय भएका खेल पूर्वाधार निर्माण नहुँदा ती खेल कहाँ खेलाउने यकिन भएको छैन ।
नवौँ राष्ट्रिय खेलकुद : गण्डकीमा सुरु भयो खेलाडी प्रशिक्षण र छनोट
आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनोट शुक्रबारदेखि सुरु गरेको छ ।
ब्याडमिन्टन टोलीको विदाई
भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिहिबार एक कार्यक्रमबीच विदाई गरियो ।
कराते टोली भुटान प्रस्थान
भुटानमा आयोजना हुने पाँचौं दक्षिण एशियन किकबक्सिङ्ग च्याम्पियनसिपमा सहभागि हुन नेपाल सो–क्योकुशिन करातेको टोली बिहिबार भुटान प्रस्थान गरेको छ ।
रोयल र गोल्डेनगेट सेमिफाइनलमा
रोयल र गोल्डेनगेट प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बिहिबार फाइनलमा प्रवेश गरेका छन् । रोयलले आयोजक नखिपोट युथ क्लब ‘ए’ लाई १०५–२७ ले हरायो ।
अवसरको सदुपयोग गर्ने प्रशिक्षक हुमागाईंको प्रतिबद्धता
नेपाली राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले पाएको अवसरलाई आफुले भरपुर सदुपयोग गर्ने बताउनु भएको छ । अमेरिकामा बस्दै आउनु भएका हुमागाईंलाई एन्फाले असोज ११ गते हुन लागेको नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलका लागि प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिप भदौ तेस्रो साता
भदौ अन्तिम साता एनआरएनए स्पोर्ट्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिप आयोजना हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सातदोबाटोस्थित कराँते हलमा प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने जनाएको हो ।
ललितपुर हाइ फाइनलमा
ललितपुर हाइ प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा भएको खेलमा ललितपुरले आईएसए नेपाललाई ५०–२६ ले हरायो ।
साफ महिला च्याम्पियनसिपका लागि थप आठ समिति गठन
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थप आठ उपसमिति गठन गरेको छ । एन्फा अन्तर्गत वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का संयोजक रहेको मूल आयोजक समितिले मंगलबार विभिन्न उपसमिति गठन गरेको हो ।
शारिरीक सुगठन प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न
नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशले शारिरीक सुगठनका प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेको छ । ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटिको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाका २८ प्रशिक्षकको सहभागिता रहेको थियो ।
भारतमाथि प्रतिबन्धपछि साफ फुटबलमा तरंग
भारतीय फुटबल संघलाई विश्व फुटबलको सर्वोच्च संस्था विश्व फुटबल महासंघ (फिफा) ले प्रतिबन्ध लगाएपछि दक्षिण एसियाली फुटबल (साफ) मा तरंग पैदा भएको छ ।
सुमन लनर्सको ब्रान्ड एम्बासडर
कराते खेलाडी सुमन तिमल्सिनालाई लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले ब्रान्ड एम्बासडर बनाएको छ । सुमन र लनर्सका प्रवन्ध निर्देशक सुदिप छत्कुलीले मंगलबार सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
हारबाट जोगियो लिभरपुल
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार लिभरपुल हारबाट जोगिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरीमा रोकियो ।
टाइम्स क्वार्टरफाइनलमा
टाइम्स प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कोर्टमा सोमबार भएको समूह ‘सी’ को लिग खेलमा टाइम्सले आईएसए नेपाललाई ११०–२९ को फराकिलो अन्तरले हरायो ।
फुटबल टोलीको प्रशिक्षण बिहीबारदेखि
नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहिबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्ध दशरथ रंगशालामा असोज ११ गते हुन लागेको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षण सुरु गर्न लागेको हो ।
क्रिकेटर अमितलाई ‘आइटेल’ मोबाइलको साथ
नेपाली युवा क्रिकेटर एवं नेपाल पुलिस क्लबका ब्याट्सम्यान अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनीको ‘आइटेल’ ले प्रायोजन सहयोग गरेको छ ।
चेल्सी र टोट्टनहामको बराबरी
दुई प्रशिक्षकको झगडाले तनावपूर्ण बनेको प्रिमियर लिग अन्तर्गत चेल्सी र टोट्टनहामको खेल बराबरीमा सकिएको छ । आइतबार राति भएको लन्डन डर्बी २-२ गोलको बराबरीमा सकिएको हो ।
रियल म्याड्रिडको विजयी सुरुवात
साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमा आइतबार राति रियलले अल्मेरियालाई उसैको मैदानमा २–१ गोलले हरायो ।
आर्मीको विजयी सुरुवात
विभागीय टोली नेपाल आर्मीले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार विजयी सुरुवात गरेको छ । नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयललाई ९१–६३ ले हरायो ।