• ८ जेठ २०८१, मङ्गलबार

क्यान र क्रिकएचक्युबीच सम्झौता

blog

काठमाडौं, भदौ ४ गते । नेपाल क्रिकेट संघ (क्यान) ले न्युजिल्यान्डको क्रिकएचक्युसँग सम्झौता गरेको छ । क्यानले शनिबार विज्ञप्ती निकाल्दै क्रिकएचक्युसँगको सम्झौताले सबै तहका क्रिकेटको डिजिटलाइजेसन, लाइभ स्कोरिङ र स्ट्रिमिङलगायत प्राविधिक विकासमा मद्दत पुग्ने उल्लेख गरेको छ ।

क्यानले क्रिकएचक्युसँग तीन वर्षको लागि सम्झौता गरिएको पनि जनाएको छ । क्रिकएचक्यु क्रिकेटको लागि विश्वको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म  मानिन्छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले क्रिकएचक्युसँगको साझेदारीले क्यानलाई एक पूर्ण डाटाबेसमा जान सहयोग पुग्ने बताउनुभएको छ । 

क्रिकएचक्युका प्रमख कार्यकारी अधिकृत (सिईओ) इरिन वाल्सेले क्यानसँगको साझेदारीलेउत्साहित भएको बताउनुभयो ।