• ३० असार २०८२, सोमबार

चेल्सीले जित्यो फिफा क्लब विश्वकप उपाधि

blog

उपाधि विजेता चेल्सीका खेलाडीसाथ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्बिर : एपपी/रासस

काठमाडौँ, असार ३० गते । फिफा क्लब विश्वकपको उपाधि इङ्लिस क्लब चेल्सीले जितेको छ ।

अमेरिकाको न्यु जर्सीस्थित मेट लाइफ रङ्गशालामा आइतबार राति भएको फाइनल खेलमा चेल्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–० गोलले हरायो ।

चेल्सीको जितमा कोल पाल्मरले २२औँ र ३०औँ मिनेटमा गोल गर्नुभयो । अर्को गोल ४३औँ मिनेटमा जाओ पेड्रोले गर्नुभएको हो । पहिलो हाफमै तीन गोल गरेको चेल्सीले दोस्रो हाफमा रक्षात्मक रणनीति अपनाएको थियो ।

पिएसजीको गोल फर्काउने प्रयास अन्तिमसम्म सफल बन्न सकेन । ८१ हजार दर्शकको साथ पाएको फाइनल खेलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनो पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चेल्सीका पाल्मर चुनिनुभयो भने गोल्डेन ग्लोब चेल्सीकै गोलरक्षक रोबर्ट सान्चेजले पाउनुभयो । 

सर्वाधिक गोलकर्ताको पुरस्कार रियल म्याड्रिडका गोन्जालो गार्सिया र युवा खेलाडीको पुरस्कार पिएसजीका डेजोरे डुअ‍ेले पाउनुभयो । एजेन्सी