• ६ वैशाख २०८१, बिहिबार

टाइम्स क्वार्टरफाइनलमा

blog

टाइम्सका खेलाडी आईएसए नेपालविरुद्ध स्कोर गर्दै । तस्बिर सौजन्य : राखेप

काठमाडौं, साउन ३० गते । टाइम्स प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कोर्टमा सोमबार भएको समूह ‘सी’ को लिग खेलमा टाइम्सले आईएसए नेपाललाई ११०–२९ को फराकिलो अन्तरले हरायो । 

टाइम्सका सदीश प्रधानले २९ अंक जोड्नुभयो । टाइम्स क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली हो । पहिलो दिन कसमस कलेजबाट वाकओभर पाएको टाइम्स समूह विजेता बन्यो । 

महिलाको राउन्ड रोविन लिगमा ललितपुर हाइले कीर्तिपुरलाई ५१–२७ ले हरायो । ललितपुरकी अस्मिताले १५ स्कोर गर्नुभयो । चारै क्वार्टरमा अग्रता लिएको ललितपुरले क्रमशः १५–०, १३–११, १४–१०, ९–६ को प्रदर्शन गरेको थियो । कीर्तिपुरको यो लगातार दोस्रो हार हो ।