• ६ साउन २०८१, आइतबार

शारिरीक सुगठन प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

blog

प्रशिक्षणमा सहभागी शारिरीक सुगठनका प्रशिक्षकहरु सामूहिक तस्बिर खिचाउँदै । तस्बिर : राखेप

काठमाडौं, साउन ३१ गते । नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशले शारिरीक सुगठनका प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेको छ । ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटिको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाका २८ प्रशिक्षकको सहभागिता रहेको थियो ।

नौ दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा सहभागीहरुलाई संयोजक शिवलाल श्रेष्ठ, प्रमुख प्रशिक्षक राजेन्द्ररत्न तुलाधर, संजय महर्जन, दिवाकरलाल अमात्य, डा.ज्ञानेन्द्र शाह र सुकदेव कार्की प्रशिक्षण दिनुभएको थियो । सहभागीहरुलाई नेपाल ओलम्पिक कमिटि (एनओसी)का महासचिव निलेन्द्र राज श्रेष्ठलगायतले प्रमाण पत्र प्रदान गर्नुभयो ।