• ६ जेठ २०८१, आइतबार

आर्मी र ललितपुर हाइलाई उपाधि

blog

बास्केटबल उपाधि विजेता महिला टिम । तस्बिर : राखेप

काठमाडौं, भदौ ४ गते । नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेको हो । 

नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७–६५ ले हरायो । आर्मीका आयुश सिंहले १९ अंक जोड्नुभयो । उपाधिसंगै आर्मीले ५० हजार रुपियाँ पुरस्कार पायो । रोयलले २५ हजार रुयिपाँ पुरस्कार पायो ।

महिलाको रोमाञ्चक उपाधि भिडन्तमा ललिपतुरले आयोजक नखिपोटलाई ३७–३५ ले हरायो ।  ललितपुरकी अस्मिता थापाले १५ अंक जोड्नुभयो । ललितपुरले ३० तथा नखिपोटले १५ हजार रुपियाँ पुरस्कार पाए ।

पुरुषमा आर्मीका आयुश सिंह तथा महिलामा ललितपुरकी अस्मिता थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । दुवैले जनही ५ हजार रुपियाँ पुरस्कारसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नुभयो । साताव्यापी प्रतियोगिताको पुरुषमा १२ तथा महिलामा ४ टिम सहभागी थिए ।

विजेतालाई प्रदेश सांसद राजकाजी महर्जन, नेपाल बास्केटबल संघका महासचिव नेरेन्द्र थापा, नखिपोट युथ क्लबका अध्यक्ष गंगा सुनवारलगायतले पुरस्कार प्रदान गर्नुभयो ।