• १६ चैत २०८०, शुक्रबार

चेल्सी र टोट्टनहामको बराबरी

blog

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै चेल्सी र टोट्टनहामका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, साउन ३० गते । दुई प्रशिक्षकको झगडाले तनावपूर्ण बनेको प्रिमियर लिग अन्तर्गत चेल्सी र टोट्टनहामको खेल बराबरीमा सकिएको छ । आइतबार राति भएको लन्डन डर्बी २-२ गोलको बराबरीमा सकिएको हो ।  

खेलको बीचमै र खेल सकिएपछि हात मिलाउने क्रममा चेल्सीका प्रशिक्षक थोमस टुचेल र टोट्टनहामका प्रशिक्षक एन्टोनियो कोन्टेले एक आपसमा झगडा गरेपछि खेलको माहोल तनावपूर्ण बनेको थियो । दुवै टोलीका खेलाडी र अफिसियल समेत भगडा गर्न उत्रिएका थिए ।

खेलको अन्तिममा रेफ्रीले दुवै प्रशिक्षकलाई रातो कार्ड देखाएका थिए । चेल्सीको घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलमा  चेल्सीका लागि कालिडु कौलिबालीले १९औं र रिस जेम्सले ७७औं मिनेटमा गोल गर्नुभयो ।

टोट्टनहामका पिएर एमिल होएवियरले ६८औं र ह्यारी केनले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभया । बराबरीसँगै दुवै टोलीले दुई खेलबाट समान चार अंक बनाएका छन् । अर्को खेलमा नटिङ्गमले वेस्ट हामलाई १-० गोलले पराजित गरेको छ । एजेन्सी