• १६ चैत २०८०, शुक्रबार

फुटबल टोलीको प्रशिक्षण बिहीबारदेखि

blog

काठमाडौं, साउन ३० गते । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्ध दशरथ रंगशालामा असोज ११ गते हुन लागेको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षण सुरु गर्न लागेको हो ।

एन्फाले यस खेलका लागि सोमबार युगल किशोर राईलाई सहायक प्रशिक्षक र विनोद डंगोललाई गोलरक्षक प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले यसअघिनै टोलीको कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्त गरिसकेको छ ।

प्रशिक्षक हुमागाईंले बन्द प्रशिक्षणका लागि ४० जना खेलाडी बोलाउनु भएको छ । प्रशिक्षणमा यसअघिका मुख्य प्रशिक्षक अब्दुल्लह अल्मुताईरीसँग विवाद गरी बाहिरिएका टोलीका १० जना खेलाडीलाई पनि समेटिएको छ ।