• ८ वैशाख २०८१, शनिबार

रियल म्याड्रिडको विजयी सुरुवात

blog

गोल गरेपछि खुशी मनाउँदै रियलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, साउन ३० गते । साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमा आइतबार राति रियलले अल्मेरियालाई उसैको मैदानमा २–१ गोलले हरायो ।

रियलले पुनरागमन जित निकालेको हो । रियलको जितमा लुकास भाजक्वेज र डेभिड अलाबाले गोल गर्नुभयो । अल्मेरियाका लार्जी रमाजानीको सुरुवाती गोल सान्त्वनामा परिणत भयो । छैटौं मिनेटमा रमाजानीको गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभएको थियो ।

रियलले ६१औं मिनेटमा पुगेर बराबरी गोल फर्कायो । लुकासले करिम बेन्जेमाको पासमा बराबरी गोल गनर्सभएको थियो । त्यसपछि ७५औं मिनेटमा अलाबाले गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाउनुभयो । सिजनको पहिलो जितसँगै रियलले तीन अङ्क बनाएको छ । 

अल्मेरियाले हारबाट सिजनको सुरुवात गरेको छ । अर्को खेलमा रियल सोसिडाडले क्याडिजलाई तथा भ्यालेन्सियाले गिरोनालाई समान १–० गोलले पराजित गरेको छ । एजेन्सी