• ७ वैशाख २०८१, शुक्रबार

ललितपुर हाइ फाइनलमा

blog

बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौं, भदौ १ गते । ललितपुर हाइ प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा भएको खेलमा ललितपुरले आईएसए नेपाललाई ५०–२६ ले हरायो । ललितपुरका ममता गुरुङ र अस्मिता थापाले समान १३–१३ अंक जोड्नुभयो । 

ललितपुर एक खेल अगावै फाइनलमा पुगेको हो । आईएसए नेपालले लगातार दोस्रो हार खेपेपछि आयोजक नखिपोट पनि फाइनलमा पुगेको छ । चार टोली सहभागी राउन्ड रोविन लिगमा अब ललितपुर र नखिपोटको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउने छ ।

पुरुषमा रोयलले कीर्तिपुरलाई ७७–६३ ले हरायो । रोयलका निकेश मगरले २६ स्कोर गर्नुभयो । पहिलो क्वाटरमा १६–१० को अग्रता लिएको रोयलले अन्तिमसम्म अग्रतालाई कायम राख्यो । रोयलले दोस्रो सेटमा २०–१४, तेस्रोमा १९–१८ र चौथोमा २२–२१ को जित निकालेको थियो ।