काठमाडौँ, जेठ २ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अरब इमिरेट्स (युएई) का ऊर्जा तथा दिगोपन मामिलाका लागि सहायक विदेशमन्त्री अब्दुल्ला बलालाले भेटवार्ता गर्नुभएको छ ।
सगरमाथा संवाद सम्मेलनस्थलमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको वन मन्त्रालयले जनाएको छ । आजदेखि सुरु भएको सगरमाथा संवाद तीन दिनसम्म सञ्चालन हुनेछ ।
त्यसैगरी वनमन्त्री शाहीसँग नेपाल भ्रमणका रहनुभएका किर्गिजस्तानका राष्ट्रपतिका विशेष प्रतिनिधि दिनारा केमेलोभाले पनि आजै भेटवार्ता गर्नुभएको छ । उहाँहरूबीच दुई देशका आपसी हितका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । रासस