• २२ असार २०८२, आइतबार

चार हजार ८३० भेपसहित युवा पक्राउ

blog

काठमाडौँ, असार २२ गते । चार हजार ८३० वटा विद्युतीय चुरोट (भेप) सहित एक युवा पक्राउ परेको छ । काभ्रेपलान्चोकको पनौती-११, घर भई हाल भक्तपुर मध्यपुर थिमि-१, लोकन्थली बस्ने २८ वर्षीय विशाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 

बा. ९ च. ८७३४ नम्बरको मारुती सुजकी भ्यानमा बोकेर ल्याउँदै गरेको अवस्थामा उनलाई भेप सहित पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । 

उनलाई राजस्व छली सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको उहाँले जानकारी दिनुभयो ।