केन्यासँग भिड्दै नेपाल
पाँच खेलको ट्वान्टी-२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार (आज) अपरान्ह घरेलु टोलीसँग पहिलो ट्वान्टी-२० खेल खेल्दैछ।
मेयर कप स्नुकर हुने
छोरतेन स्नुकर क्लब, बौद्धको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता हुने भएको छ। सो प्रतियोगिता भदौ २५ गतेदेखि हुनेछ। प्रतियोगितामा २५६ बढी खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो। आयोजक क्लबमै हुने प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः दुई लाख ५१ हजार, एक लाख ११ हजार र ५१÷५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
फुल्हम लिग कपबाट बिदा
इङ्ग्लिस लिग कपको दोस्रो चरणमा प्रिमियर लिग क्लब फुल्हमलाई चौथो डिभिजनका क्रलेले मङ्गलबार राति २–० ले स्तब्ध बनाएको छ। यस हारपछि फुल्हमले यो सत्र इङ्ग्लिस प्रिमियर लिगमा मात्र ध्यान केन्द्रित गरे पुग्ने भएको छ। क्रलेविरुद्ध फुल्हमले आफ्नो बलियो टिमलाई खेलाएको थियो तर प्रिमियर लिग पुनरागमनमा सुरुका खेल शानदार प्रदर्शन गर्ने फुल्हमले लिग कपमा निराश बनायो। प्रिमियर लिगमा फुल्हम तीन चरण सकिँदा अपराजित छ। लिभरपुल र वोल्भरह्याम्पटनसँग बराबरीमा खेलेपछि फूल्हमले गत शनिबार ब्रेन्टफर्डलाई पराजित गरेको थियो।
२० वर्षमुनिको राष्ट्रिय फुटबल टोलीको घोषणा
२० वर्षमुनिका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि बुधबार प्रारम्भिक चरणमा २५ सदस्यीय टोलीको घोषणा गरेको छ।
साम्पडोरियासँग बराबरीमा रोकियो युभेन्ट्स
इटालियन सिरि ए फुटबलको उपाधि दावेदार टोली युभेन्ट्सले साम्पडोरियासँग बराबरी खेल्दै अंक बाँडेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्स साम्पडोरियासँग गोलरहित बराबरीमा रोकिएको हो ।
लिभरपुललाई युनाइटेडको झट्का
इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार टोली लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको भिडन्तमा युनाइटेडले बाजी मारेको छ । घरेलु मैदानमा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा युनाइटेडले लिभरपुललाई २–१ गोलले स्तब्ध बनायो ।
बास्केटबललाई लिनिङको साथ
नेपाल राष्ट्रिय बास्केटबल टोलीलाई लिनिङले खेल पोसाक प्रायोजन सहयोग गर्ने भएको छ । प्रायोजन सम्झौता पत्रमा मंगलबार नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भिम गुरुङ र लिनिङ नेपालका प्रमुख राजिन महर्जनले हस्ताक्षर गर्नुभयो ।
नेपाल टी–२० लिगका लागि जनकपुरको तयारी
सेप्टेम्बर २२ देखि कामठाडौंमा आयोजना हुने नेपाल प्रिमियर लिगका लागि जनकपुर रोयल्सले आन्तरिक तयारी सुरु गरेको छ । क्रिकेट संघ मधेश प्रदेशले सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी सहभागिता र तयारी बारे जानकारी दिएको हो ।
माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा एक हजार खेलाडी
पोखरामा असोज ६ देखि ९ गतेसम्म आयोजना हुन लागेको तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा एक हजार खेलाडीको सहभागिता रहने भएको छ ।
नेपाल खेलकुद महासंघ निर्वाचनमा केन्द्रित हुने
नेपाल खेलकुद महासंघ निर्वाचन केन्द्रित गतिविधमा सक्रिय हुने भएको छ। महासंघको केन्द्रीय कार्यालय बानेश्वर आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमका निर्णयहरु सार्वजनिक गरिएको छ।
आयोजक युरोको विजयी सुरुवात
आयोजक युरो स्कुलले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको छात्रामा सोमबार विजयी सुरुवात गरेको छ ।
एमबाप्पेको ह्याट्रिसँगै लिलेमाथि पीएसजीको गोल वर्षा
केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरेसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लिलेमाथि गोल वर्षा गरेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लिलेलाई उसैको मैदानमा ७–१ गोलले हरायो ।
टेबुल टेनिस प्रतियोगिता आयोजना गर्दै एनआरटी
नेपाली फुटबलमा गहिरो पहिचान बनाएको काठमाडौं खेल मण्डल/न्युरोड टिम (एनआरटी) ले खुला टेबुल टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘केन्या भ्रमण स्तर सुधारको अवसर’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमण नेपाली क्रिकेट खेलाडीको स्तर सुधारको अवसर भएको बताउनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार आयोजना गरेको खेलाडी विदाइ कार्यक्रममा प्रशिक्षक प्रभाकरले टोलीमा युवा खेलाडी रहेकोले एक दुई दिनमै सोचे जस्तो नहुने बताउनुभयो ।
स्वर्ण जितेर फर्किँदा जागिरै गयो : राजु शाक्य
नेपाली फुटबलका लागि धरान उर्वरभूमि हो । बेलायती लाहुरेको बाहुल्य रहेको धरानमा फुटबल खेलको माहाैल पनि पहिला देखि नै राम्रो थियो । त्यही धरानको फुटबलकाे माहाैलले राजुकाजी शाक्यलाई पनि बच्चैदेखि मोहित बनायो ।
नवौँ राष्ट्रिय खेलकुद : कार्यकारी समितिको सचिवालय स्थापना
नवौँ राष्ट्रिय खेलकुदको आवश्यक प्रशासनिक र व्यवस्थापकीय कामका लागि पोखरामा मूल आयोजक समिति कार्यकारी समितिको सचिवालय स्थापना गरिएको छ ।
‘एकै प्रकृतिका खेलमा दुई संघ आवश्यक छैन’
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एउटै प्रकृतिका दुई संघ खेलकुदका आवश्यक नरहेको बताउनुभएको छ ।
लैनचौर टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ उपत्यकाव्यापी क्योरोगी तथा पुम्से तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा लैनचौरले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।
‘एभरग्रीन कप’को उपाधि आयोजकको पोल्टामा
म्याग्दीको बेनीमा आयोजित इच्छा स्मृति पाँचौं ‘एभरग्रीन कप’ सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक एभरग्रीन युथ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा एभरग्रीनले मालिका युवा क्लबलाई टाईब्रेकरमा ३–२ गोलले हराउँदै उपाधि जितेको हो ।
साहसिक खेल–पर्यटन ‘हव’ बन्दै फुल्चोकी क्षेत्र
गत शुक्रबार पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालकसमेतको सहभागिता थियो ।
‘निर्वाचनका कारण नवौँ राष्ट्रिय खेलकुद स्थगित हुँदैन’
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गराउने क्रममा आइपर्ने समस्या र कठिनाइलाई समाधान गर्नका लागि साझा संयन्त्र बनाउनुपर्ने बताउनुभएको छ ।
रियल म्याड्रिडको सानदार जित
साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई उसैको मैदानमा ४–१ गोलले हरायो ।
इङ्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा
लगातार तेस्रो जित निकाल्दै आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा रहेको छ । शनिबार राति भएको खेलमा आर्सनलले बर्नमाउथलाई उसैको मैदानमा ३–० गोलले हरायो ।
अभिषेक र आशुतोषलाई स्वर्ण
नेपालका अभिषेक बराल र आशुतोष बरालले मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्नु भएको छ ।