नेपाललाई केन्याको बलियो लक्ष्य
एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली केन्याले नेपाललाई जितको लागि दुई सय ५६ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ५५ रन बनायो ।
पुराना गल्तीलाई सुधार गर्दै उपाधि जित्ने नेपालको लक्ष्य
दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ महिला च्याम्पियनसिप फुटबल मंगलबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । प्रतियोगितामा सहभागिता जनाउन सातवटै टोली काठमाडौंमा तयारी अवस्थामा छन् ।
एसिया कप क्रिकेट : पाकिस्तानसँग हार्यो भारत
एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको छ । सुपर चार अन्तर्गत आइतबार राति भएको खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले हरायो ।
भोजपुर टुँडिखेलमा खेल खेलाउनुपर्ने बाध्यता हट्दै
तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १५ वर्ष अगाडि जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरणजस्तै थियो ।
गण्डकीका एक सय खेलाडीलाई मनाङमा ‘हाइअल्टिच्यूड’ प्रशिक्षण
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । प्रतियोगिता तयारीका लागि मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद्रा(राखेप) र स्थानीय आयोजक गण्डकी प्रदेश सरकारले काम अघि बढाएका छन् ।
गौतमको कप्तानीमा नवौंका लागि एनआरएनए क्रिकेट टोली घोषणा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट खेलका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले क्रिकेट टोलीको घोषणा गरेको छ । एनआरएनए खेलकुद प्रतिष्ठानले आइतबार सुनम गौतमको कप्तानीमा १७ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।
पीएसजीको सानदार जित
साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित नान्टेसलाई ३–० गोलले हरायो ।
फेन्सिङ खेलाडी छनोट
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशबाट २४ फेन्सिङ खेलाडी छनोट भएका छन् ।काठमाडौं फेन्सिङ एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिलामा १२ गरी २४ जना खेलाडी छनोट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी
नेपाल भलिबल संघको अध्यक्ष पदका लागि जितेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गर्नुभएको छ । संघको महासचिव समेत रहनुभएका चन्दले आइतबार संघको यही भदौ २२ गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको हो ।
बराबरीमा रोकियो म्यानचेस्टर सिटी
इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटी एस्टन भिल्लासँग उसैको मैदानमा १–१ गोलको बारबरीमा रोकिएको हो ।
रियल र बार्सिलोना विजयी
स्पेनिस पावर हाउस रियल म्याड्रिड र बार्सिलोनाले ला लिगामा जित निकालेका छन् । घरेल मैदानमा शनिबार राति भएको खेलमा साविक विजेता रियल म्याड्रिडले रियल बेटिसलाई २–१ गोलले हरायो । अर्को खेलमा बार्सिलोनाले सेभियालाई ३–० गोलले हरायो ।
हिमचितुवा घिमिरे के वान वर्ल्ड जिपी २०२२ प्रतियोगिताको सेमिफाइनलमा भिड्दै
‘के वान वर्ल्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ । जापानको योकोहामा सहरस्थित एरिना सेन्टरमा यही भदौ २६ गते आयोजना हुने ७० केजी तौल समूहको उक्त सेमिफाइनलमा ‘हिमालयन चितुवा’ नामले विश्वप्रसिद्ध घिमिरेले जोमथोङलाई रिङमा पराजित गरेमा उहाँ ‘के वान वल्र्ड च्याम्पियन’ उपाधिका लागि फाइनलमा पुग्नु हुनेछ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने खेलाडी बनाउनुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली खेलकुद क्षेत्रमा निखारता ल्याउँदै खेलाडीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा खरोरुपमा उत्रनसक्ने बनाउनुपर्ने बताउनुभएको छ ।
एभर्टनसँग लिभरपुल बराबरीमा रोकियो
इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार टोली लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार साँझ भएको खेलमा लिभरपुल र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
किरण र पलेशा वर्ष उत्कृष्ट खेलाडी
नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित हुनुभएको छ ।
नेपालले जित्यो एकदिवसीय सिरिज
घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले केन्यालाई १७ रनले हरायो ।
नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य
दोस्रो एकदिवसीय खेलमा नेपालले घरेलु टोली केन्यालाई जितको लागि २३१ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा २३० रन बनायो ।
कर्णालीमा खेलकुद : खेलाडी छन्, बजेट र पूर्वाधार छैन
बजेट अभावका कारण गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटमा समस्या भइरहेको परिषद् पदाधिकारीको गुनासो छ ।
भेट्रान्स कप असोजमा
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा असोज ९ देखि ११ गतेसम्म प्रथम ठमेल पर्यटन भेट्रान्स कप सेभेन ए साइड फुटबल हुने भएको छ ।
केन्याविरुद्ध ब्याटिङ गर्दै नेपाल
केन्याविरुद्ध दोस्रो एकदिवसीय क्रिमेटमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । नौरोजीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नु भएको हो ।
आसिफको शतकीय पारीमा नेपालको सहज जित
ओपनर आसिफ शेखको शतकप्रेरित नेपालले घरेलु टोली केन्यासँगको पहिलो एक दिवसीय खेलमा सात विकेटको सहज जित निकालेको छ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : कञ्चनपुरमा ४४८ खेलाडी छनोट
आगामी असोज महिनामा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका ४४८ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले यहाँ २९ खेलका लागि ती खेलाडी छनोट भएको बताउनुभयो ।
खेलकुद पूर्वाधार निर्माण सरकारको प्रमुख प्राथमिकता–मन्त्री अथक
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारले खेलकुदका पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ ।
यू–१७ साफ टोलीको विदाइ
अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलंकामा आयोजना हुने साफ यू–१७ पुरुष च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरेको छ ।