• १३ पुस २०८१, शनिबार

बराबरीमा रोकियो म्यानचेस्टर सिटी

blog

म्यानचेस्टर सिटीविरुद्ध बराबरी गोल गरेपछि एस्टन भिल्लाका लियोन बेली । तस्बिर : एएफपी

काठमाडौं, भदौ १९ गते । इङ्लिस प्रिमियर लिग फुटबमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटी एस्टन भिल्लासँग उसैको मैदानमा १–१ गोलको बारबरीमा रोकिएको हो ।

खेलमा सुरुवाती अग्रता पाहुना टोली सिटीले लिएको थियो । सिटीका लागि अर्लिङ हालान्डले सुरुवाती गोल गर्नुभयो । हालान्डले ५०औं मिनेटमा गोल गर्नुभएको थियो । त्यसपछि ७४औं मिनेटमा लियोन बेलीले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

बराबरीसँगै सिटी दोस्रो स्थानमा उक्लिएको छ । सिटीले ६ खेलबाट १४ अंक बनाएको छ । समान खेलबाट चार अंक बनाएको एस्टन १७औं स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलको पाँच खेलबाट १५ अंक छ । 

शनिबार रातिनै भएको अन्य खेलमा चेल्सीले वेस्ट हामलाई २–१, टोट्टनहामले फुलहामलाई २–१, बर्नमाउथले नटिङघमलाई ३–२, वल्भ्सले साउथह्याम्पटनलाई १–० र ब्रेन्टफर्डले लिड्स युनाइटेडलाई ५–२ गोलले हराएको छ । न्युक्यासल युनाइटेड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी