• १९ असोज २०८१, शनिबार

रियल र बार्सिलोना विजयी

blog

गोल गरेपछि खुसी मनाउँदै रियलका रोड्रीगो । तस्बिर : एएफपी

काठमाडौं, भदौ १९ गते । स्पेनिस पावर हाउस रियल म्याड्रिड र बार्सिलोनाले ला लिगामा जित निकालेका छन् । घरेल मैदानमा शनिबार राति भएको खेलमा साविक विजेता रियल म्याड्रिडले रियल बेटिसलाई २–१ गोलले हरायो । अर्को खेलमा बार्सिलोनाले सेभियालाई ३–० गोलले हरायो । 

रियलको यो लगातार चौथो जित हो । रियलको जितमा भिनिसियस जुनियर र रोड्रीगोले गोल गर्नुभयो । बेटिसका सर्जियो कानालेसको गोल सान्त्वना बन्यो । रियलले नवौं मिनेटमा भिनिसियसको गोलका अग्रत लिएको थियो । १७औं मिनेटमा सर्जियो कानालेसले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । 

त्यसपछि ६५ मिनेटमा रोड्रीगोले गोल गर्दै रियललाई जिताउनुभयो । लगातार चौथो जितसँगै रियल शीर्षस्थानमा छ । रियलको चार खेलबाट १२ अंक पुगेको छ । पहिलो हार खेपेको बेटिस नौ अंक सहित तेस्रो स्थानमा झरेको छ । 

अर्को खेलमा बार्सिलोनालाइै जिताउन राफिन्हा, रोबर्ट लोवान्डोस्की र इरिक गार्सियाले गोल गर्नुभयो । एकपक्षीय खेलमा राफिन्हाले २१औं मिनेटमा खाता खोल्नुभयो । लेवान्डोस्कीले ३६औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । गार्सियाले ५०औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सजिलै जिताउनुभयो । 

बार्सिलोना जितसँगै दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले चार खेलबाट १० अंक बनाएको छ । पराजित सेभिया एक अंकसहित १७औं स्थानमा छ । अर्को खेलमा सेल्टा भिगोले काडिजलाई ३–० गोलले हरायो । अन्य खेलमा रियल सोसिडाड र एट्लेटिको म्याड्रिड तथा मालोर्का र गिरोनाले १–१ गोलको बारबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी