• १२ असार २०८१, बुधबार

फेन्सिङ खेलाडी छनोट

blog

नवौंका लागि बागमतीबाट छनोट भएका फेन्सिङ खेलाडी । तस्बिर : राखेप

काठमाडौं, भदौ १९ गते । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशबाट २४ फेन्सिङ खेलाडी छनोट भएका छन् ।काठमाडौं फेन्सिङ एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिलामा १२ गरी २४ जना खेलाडी छनोट गरिएको सङ्घका महासचिव सुजनलाल श्रेष्ठले जानकारी दिनुभयो । 

छनोट हुनेमा पुरुष फोयल इभेन्टमा सञ्जीव लामा, नारायण गौतम, पुरुषोत्तम खत्री र आर्यन कार्की हुनुहुन्छ । ईपीमा ओमकार सिंह, भीष्मराज दाहाल, राहुल दर्शन र गगन राई तथा सावर ईभेन्ट्समा पायष योञ्जन, सोयबमान श्रेष्ठ, अमिर रायमाझी र शाश्वत परियार छनोट हुनुभएको छ । 

यसैगरी महिलाको फोयलतर्फ सुजाता कुँवर, गोमा आचार्य, सङ्गीता लम्साल र अस्मिता घिसिङ हुनुहुन्छ । ईपीतर्फ उषा खड्का, अलिषा अधिकारी, करुणा खड्का र पेमा योञ्जन तथा सावरमा शिक्षा नापित, सोफिया चन्द, बिनिता कार्की र आकी प्रजापती छनोट हुनुभएको छ ।

छनोट भएका खेलाडीलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, बागमती प्रदेश सदस्य सचिव सूर्य भण्डारी, नेपाल फेन्सिङ सङ्घका अध्यक्ष सुनिलकुमार श्रेष्ठ, महासचिव सुजनलाल श्रेष्ठ लगायतले प्रमाण पत्र प्रदान गर्नुभयो ।