• १९ असोज २०८१, शनिबार

भेट्रान्स कप असोजमा

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, १८ भदौ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा असोज ९ देखि ११ गतेसम्म प्रथम ठमेल पर्यटन भेट्रान्स कप सेभेन ए साइड फुटबल हुने भएको छ ।

प्रतियोगितामा आयोजक ठमेलको दुईसहित काठमाडौं, पोखरा, धरान, चितवनलगायत देशभरबाट २० टोलीको सहभागिता रहने परिषद्का उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक प्रश्रय राजभण्डारीले जानकारी दिनुभयो ।

४० वर्ष उमेर कटेका खेलाडीको सहभागिता रहने प्रतियोगिताको विजेता टोलीलाई दुई लाख, उपविजेतालाई एक लाख, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र उत्कृष्ट गोल रक्षकलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।  लैनचौर मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न १२ देखि १५ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।