• २२ असार २०८१, शनिबार

एसिया कप क्रिकेट : पाकिस्तानसँग हार्‍यो भारत

blog

भारतविरुद्ध ब्याटिङ गर्दै पाकिस्तानका खेलाडी । तस्बिर : जी न्युज

काठमाडौं, भदौ २० गते । एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको छ । सुपर चार अन्तर्गत आइतबार राति भएको खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले हरायो । 

यस जितसँगै पाकिस्तानले भारतसँग समूह चरणमा खेपेको हारको बदला समेत लिएको छ । समूह चरणमा भारतले पाकिस्तानलाई पाँच नै विकेटले हराएको थियो । पाकिस्तानले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना पनि बलियो बनाएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भारतले दिएको एक सय ८२ रनको विजय लक्ष्य पाकिस्तानले १९.५ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ७१ रन बनाउनुभयो ।

मोहम्मद नवाजले ४२, आसिफ अलीले १६, फकर जमानले १५, कप्तान बाबर आजमले १४ र खुस्दिल शाहले अविजित रहँदै १४ रन बनाउनुभयो । बलिङमा भारतका  भुवनेश्वर कुमार, हार्दिक पाण्डेय, अश्रदिप सिंह, रवि बोस्नोई र युजभेन्द्र चाहलले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८१ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ६० रन बनाउनुभयो ।

कप्तान रोहित शर्मा र केएल राहुलले समान २८/२८, दीपक होडाले १६, ऋषव पन्तले १४ र सूर्यकुमार यादवले १३ रन बनाउनुभयो । बलिङमा पाकिस्तानका सादव खानले दुई तथा निसम शाह, मोहम्मद हसनेन, हरिस राउफ र मोहम्मद नवाजले एक एक विकेट लिनुभयो ।