• २ जेठ २०८१, बुधबार

इङ्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा

blog

इङ्लिस प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै आर्सनल र बर्नमाउथका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, भदौ ५ गते । लगातार तेस्रो जित निकाल्दै आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा रहेको छ । शनिबार राति भएको खेलमा आर्सनलले बर्नमाउथलाई उसैको मैदानमा ३–० गोलले हरायो । आर्सनलाई जिताउन कप्तान मार्टिन ओडेगार्डले दुई गोल गर्नुभयो ।

अर्को गोल विलियम सालिबाले थप्नु भएको थियो । एकपक्षीय खेलमा आर्सनलले पाँचौं मिनेटमा ओडेगार्डको गोलमा अग्रता लिएको थियो । ११औं मिनेटमा ओडेगार्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । ५४औं मिनेटमा सालिबाले गोल गर्दै आर्सनललाई सजिलै जितानुभयो भयो ।

जितसँगै शीर्षस्थान कब्जा गरेको आर्सनलले तीन खेलबाट नौ अंक बनाएको छ । समान खेलबाट तीन अंक बनाएको बर्नमाउथ १४औं स्थानमा छ । शनिबार रातिनै भएको अर्को खेलमा टोट्टनहामले वल्भ्सलाई १–० गोलले हरायो । टोट्टनहामको जितमा ह्यारी केनले निर्णायक गोल गर्नुभयो । केनले ६४औं मिनेटमा गोल गर्नुभएको हो ।

यससँगै केनले प्रिमियर लिगमा एटै क्लबबाट सर्वाधिक गोल गार्ने खेलाडीको कीर्तिमान पनि बनाउनुभएको छ । लिगमा केनको यो एक सय ८५औं गोल हो । उहाँले यसअघि म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर सर्जियो अग्युरोको नाममा रहेको एक सय ८४ गोलको कीर्तिमान तोड्नु भएको हो । जितसँगै तीन खेलबाट सात अंक बनाएको टोट्टनहाम दोस्रो स्थानमा छ । पराजित वल्भ्स एक अंक सहित १७औं स्थानमा छ । 

अन्य खेलमा फुलहामले ब्रेन्टफर्डलानई ३–२, क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–१ र साउथह्याम्पटनले लेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको छ । एभर्टन र नटिङहामले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी