• ८ वैशाख २०८१, शनिबार

लिभरपुललाई युनाइटेडको झट्का

blog

इङ्लिस प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै लिभरपुल र म्यानचेस्टर युनाइटेडका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, भदौ ७ गते । इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार टोली लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको भिडन्तमा युनाइटेडले बाजी मारेको छ । घरेलु मैदानमा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा युनाइटेडले लिभरपुललाई २–१ गोलले स्तब्ध बनायो ।

लिगमा युनाइटेडको यो पहिलो जित हो । जारी सिजन खराव नतिजाबाट गुज्रिएको लिभरपुललाई पुनः अर्को झट्का लागेको छ । लिभरपुलले तेस्रो खेलसम्म जित निकाल्न सकेको छैन । अघिल्लो दुई खेलमा लिभरपुल बराबरीमा राकिएको थियो । 

युनाइटेडलाई जिताउन जाडोन सान्चो र मार्कस रासफोर्डले गोल गर्नुभयो । लिभरपुलका मोहमद सलाहले सान्त्वना गोल फर्काउनुभएको थियो । सान्चोले १६औं मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभएको थियो । रासफोर्डले ५३औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो ।

त्यसपछि ८१औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी भयो । तीन खेलमा पहिलो जितसँगै तीन अंक बनाएको युनाइटेड १४औं स्थानमा छ । दुई अंक बनाएको लिभरपुल १६औं स्थानमा छ । एजेन्सी