काठमाडौं, भदौ ९ गते । नेपाल भलिबल सङ्घको महासचिव पदमा मनवीर छन्त्यालले उम्मेदवारी घोषणा गर्नुभएको छ । छन्त्यालले बिहिबार पत्रकार सम्मेलनगरी उम्मेदवारी घोषणा गर्नुभएको हो । सङ्घको निर्वाचन भदौ २२ गते काठमाडौंमा हुँदैछ ।
छन्त्याल सङ्घमा अहिले सचिव हुनुहुन्छ । सङ्घको अध्यक्ष पदका लागि यसअघिनै निरोज मास्केले उम्मेदवारी घोषणा गर्नुभएको थियो । छन्त्यालले निरोज मास्केकै टिमबाट महासचिव उम्मेदवार घोषणा गर्नुभएको हो । मास्के अहिले उपाध्यक्ष हुनुहुन्छ ।
ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रका अध्यक्षसमेत रहनुभएका छन्त्यालले २०५८ सालमा आफ्नै अध्यक्षतामा ढोरपाटन स्पोर्ट्स क्लबको स्थापना गर्नुभएको थियो । नेपाली महिला भलिबल र क्लब भलिबलको विकासमा ढोरपाटनको योगदान ठूलो छ ।
उम्मेदवारी घोषणा कार्यक्रममा छन्त्यालले आफुले एक पद एक भलिबल ग्राउण्ड निर्माणको अभियासन सुरु गर्ने बताउनुभयो । यस्तै उहाँले एक रेफी एक प्रतियोगिता, एक कोच एक टीम, संघ भित्र पारदर्शिता संस्थागत विकास, व्यवस्थापकीय सुधार, खेलाडीको व्यवसायीकरणमा ध्यान दिने जस्ता प्रतिबद्धता पनि जनाउनुभएको छ ।