• १५ असार २०८१, शनिबार

साम्पडोरियासँग बराबरीमा रोकियो युभेन्ट्स

blog

बल खोस्ने प्रयास गर्दै युभेन्ट्स र साम्पडोरियाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, भदौ ७ गते । इटालियन सिरि ए फुटबलको उपाधि दावेदार टोली युभेन्ट्सले साम्पडोरियासँग बराबरी खेल्दै अंक बाँडेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्स साम्पडोरियासँग गोलरहित बराबरीमा रोकिएको हो ।

साम्पडोरियाको मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । बराबरीसँगै युभेन्ट्सले दुई खेलबाट चार अंक बनाएको छ । युभेन्ट्स चौथो स्थानमा छ । एक अंक बनाएको साम्पडोरिया १६औं स्थानमा छ । शीर्षस्थानमा रहेका नेपोली, इन्टर मिलान र एक रोमाको ६ अंक छ । एजेन्सी