• १९ असोज २०८१, शनिबार

‘एभरग्रीन कप’को उपाधि आयोजकको पोल्टामा

blog

उपाधि विजेता आयोजक एभरग्रीन युथ क्लब । तस्बिर : गोरखापत्र

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ ५ गते । म्याग्दीको बेनीमा आयोजित इच्छा स्मृति पाँचौं ‘एभरग्रीन कप’ सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक एभरग्रीन युथ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा एभरग्रीनले मालिका युवा क्ललाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै उपाधि जितेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । उपाधिसँगै एभरग्रीनले ८५ हजार ५ सय ५५ रुपियाँ पुरस्कार पायो । उपविजेता मालिका युवाले ४५ हजार ५ सय ५५ रुपियाँ पायो ।

प्रतियोगितामा पश्चिम म्याग्दी युवा क्ल दरवाङलाई अनुशासित टिमको उपाधिसहित १० हजार रुपियाँ प्रदान गरियो । एभरग्रीनका कमल थापामगर उत्कृष्ट खेलाडी, आशिष गुरुङ उत्कृष्ट रक्षक, निशान राम्जाली उत्कृष्ट गोलरक्षक र सन्दीप शेरपुञ्जा उत्कृष्ट प्रशिक्षक हुनुभयो । 

मालिकाका राहुल थापा उत्कृष्ट मिडफिल्डर र ६ गोल गर्न सफल एभरग्रीनका मनिष श्रेष्ठ सर्वाधिक गोलकर्ता बन्नुभयो । विजेतालाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलगायतले पुरस्कार प्रदान गर्नुभयो । भदौ १ गतेदेखि सुरु भएको प्रतियोगितामा २७ टिमको सहभागिता थियो ।