• १५ असार २०८१, शनिबार

बास्केटबललाई लिनिङको साथ

blog

लिनिङसँगको सम्झौतापछि जर्सी सार्वजनिक गर्दै बास्केटबल खेलाडी । तस्बिर सौजन्य : ग्राफिक आर्टस

काठमाडौं, भदौ ७ गते । नेपाल राष्ट्रिय बास्केटबल टोलीलाई लिनिङले खेल पोसाक प्रायोजन सहयोग गर्ने भएको छ । प्रायोजन सम्झौता पत्रमा मंगलबार नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भिम गुरुङ र लिनिङ नेपालका प्रमुख राजिन महर्जनले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार लिनिङले नेपाली सिनियर पुरुष, महिला, थ्री बाई थ्री र जुनियर टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा लगाउने जर्सी लगायत पोसाक उपलब्ध गराउने छ । संघ र खेलाडीले लिनिङको प्रामोसनमा सहयोग गर्ने बताईएको छ । सम्झौता अवधी दुई वर्षको रहनेछ ।

सम्झौता कार्यक्रममा राष्ट्रिय महिला बास्केटबल टिमकी कप्तान सदिना श्रेष्ठले लिनिङसँगको सम्झौताले खेलाडीहरुलाई खुसी बनाएको बताउनुभयो । उहाँले यस्तो खालको सहयोग बास्केटबल टिमले पहिलो पटक पाएको पनि बताउनुभयो ।

पुरुष टोलीका कप्तान सदिस प्रधानले लिनिङको सहयोगले खेलाडी उत्साहित भएको बताउनुभयो । लिनिङका  प्रमुख महर्जनले बास्केटबल खेलसँग जोडिन पाउनु कम्पनीका लागि खुसी लागेको बताउनुभयो । संघका अध्यक्ष गुरुङले लिनिङको सहयोगले बास्केटबल खेलाडी र खेलको विकासमा ठूलो सहयोग पुगेको बताउनुभयो ।