• १५ असार २०८१, शनिबार

आयोजक युरोको विजयी सुरुवात

blog

बास्केटबल प्रतियोगिताको उद्घाटन गरिँद्यै । तस्बिर सौजन्य : राखेप

काठमाडौं, भदौ ६ गते । आयोजक युरो स्कुलले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको छात्रामा सोमबार विजयी सुरुवात गरेको छ । हात्तीगौडास्थित घरेलु कोर्टमा युरोले सेन्ट जोसेफलाई १८–५ ले हरायो । छात्रामै मोर्डन इन्डियन स्कुल (एमआईएस) ले अक्षरालाई ९–६ तथा काष्ठमण्डपले विल्सन एकेडेमीलाई २०–१६ ले हरायो । 

छात्रमा संस्कृतिले ड्याफोडिललाई १२–११, एमआईएसले काष्ठमण्डपलाई २७–२४, अक्षराले ड्याफोडिललाई ३०–१६, काठमाडौं वल्र्ड स्कुलले त्रिज्योतिलाई ४०–२९ र विल्सनले बाबालाई २५–१३ ले पन्छायो ।

प्रतियोगिताको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, युरोकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलाजा अधिकारी र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले उद्घाटन गनुभएको थियो । प्रतियोगिताको छात्रमा १८ तथा छात्रामा १२ गरी ३० टिमले लिग कम नआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । फाइनल खेल भदौ १३ गते हुनेछ ।