• ६ साउन २०८१, आइतबार

सुमन लनर्सको ब्रान्ड एम्बासडर

blog

सुमन तिमल्सिनालाई ब्रान्ड एम्बासडर घोषणा गर्दै लनर्सका प्रवन्ध निर्देशक सुदिप छत्कुली । तस्बिर : राखेप

काठमाडौं, साउन ३१ गते । कराते खेलाडी सुमन तिमल्सिनालाई लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले ब्रान्ड एम्बासडर बनाएको छ । सुमन र लनर्सका प्रवन्ध निर्देशक सुदिप छत्कुलीले मंगलबार सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार लनर्सले सुमनलाई एक वर्षका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा हवाई टिकट प्रायोजन गर्नेछ । कार्यक्रममा प्रबन्ध निर्देशक छत्कुलीले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गरिमा अभिबृद्धि गर्ने खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउन पाउँदा गर्वको अनुभुति भएको बताउनुभयो । सुमनले खेलकुद र खेलाडीको महत्व बुझेर ब्रान्ड एम्बासडर बनाएकोमा लनर्स परिवारलाई धन्यवाद दिदै लनर्सको प्रवद्र्धनमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सुमनले बंगलादेशमा भएको तेस्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौं एसियाली गोजुरियो करातेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य, जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्ण र टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स इ–कातमा स्वर्ण जित्नुभएको थियो । एसियाली गोजुरियो कराते महासंघका रेफ्री सुमनले युरोपिन कारते जज इङल्यान्ड (डब्लुयुएमएफ) बाट रेफ्री कोर्स पूरा गर्नु भएको छ ।