• १९ असोज २०८१, शनिबार

साफ महिला च्याम्पियनसिपका लागि थप आठ समिति गठन

blog

साफ महिला च्याम्पियनसिपका लागि गठन गरिएको विभिन्न समितिका संयोजकहरु । तस्बिर : एन्फा

काठमाडौं, साउन ३१ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थप आठ उपसमिति गठन गरेको छ । एन्फा अन्तर्गत वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का संयोजक रहेको मूल आयोजक समितिले मंगलबार विभिन्न उपसमिति गठन गरेको हो । 

जसमा हस्पिटालिटी समितिको संयोजकमा एन्फा सदस्य मनीष जोशी, स्वास्थ समितिको संयोजकमा एन्फा सदस्य रमेश व्यञ्जनकार, होटल तथा यातायात समितिमा एन्फा सदस्य पुरुषोत्तम थापा, प्राविधिक समितिको संयोजकमा एन्फाका पूर्व उपाध्यक्ष कृष्ण थापा, रेफ्री संवन्वय समितिमा बुद्धि गुरुङ, समारोह समितिमा विकास नारायण श्रेष्ठ, प्रचार प्रसार समितिमा सुरेश शाह र राष्ट्रिय टोली व्यवस्थापन समितिको संयोजको संयोजकमा सरिला श्रेष्ठलाई तोकिएको छ । 

एन्फाले यसअघि नै मैदान व्यवस्थापनको संयोजकमा रविन्द्र चन्द, च्याम्पिनसिपको स्थानिय संयोजकमा विजय घले, सुरक्षा समिति संयोजकमा दीनेश व्यवञ्जनकार तथा मार्केटिङ , ब्रोडकास्टिङ र डिजिटल राइट्स समितिको संयोजकमा सञ्जीव शिल्पकारलाई जिम्मेवारी दिएको थियो । 

दशरथ रंगशालामा हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘बी’ मा परेको छ ।  समूह ‘बी’ मा नेपालसहित श्रीलंका र भुटान छ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । विश्व फुटबल महासंघ (फिफा) ले भारतलाई प्रतिबन्ध गरेपछि अब ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।