• १५ वैशाख २०८१, शनिबार

क्रिकेटर अमितलाई ‘आइटेल’ मोबाइलको साथ

blog

क्रिकेटर अतिम श्रेष्ठलाई खेल सामग्री प्रदान गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, साउन ३० गते । नेपाली युवा क्रिकेटर एवं नेपाल पुलिस क्लबका ब्याट्सम्यान अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनीको ‘आइटेल’ ले प्रायोजन सहयोग गरेको छ ।

‘आइटेल’ ले अमितलाई एक वर्षका लागि सद्भावना दूतसमेत बनाएको छ । महालक्ष्मी मोबाइलका बिजनेश डेभलपमेन्ट प्रमुख राजेश पौडेल र अमितले सोमबार  प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार ‘आइटेल’ ले अमितलाई क्रिकेट खेल सामग्री सहयोग गर्नेछ । अमितले ‘आइटेल’ को बजार प्रवर्धनमा सहयोग गर्नुहुनेछ ।

दायाँ हाते ब्याट्सम्यान अमितले नेपालको यू–१९ र यू–२१ टोलीबाट खेलिसक्नुभएको छ । सम्झौता पछि अमितले क्रिकेटमा पहिलो पटक आफुले पाएको सहयोगले हौसला थपेको बताउनुभयो । ‘यसले मलाई भविष्यमा राम्रो क्रिकेट खेल्न प्रेरणा मिलेको छ । 

सकेसम्म राम्रो गर्ने प्रयास गर्नेछु,’ अमितले भन्नुभयो । महालक्ष्मी मोबाइलका प्रमुख राजेश पौडेलले कम्पनीले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत खेलाडीलाई सहयोग गरेको बताउनुभयो । ‘क्रिकेट सबैले रुचाएको खेल हो । क्रिकेटमा सानै भएपनि केही गरौं भनेर खेलाडीलाई सहयोग गरेका हौं,’ राजेशले भन्नुभयो ।