• ७ जेठ २०८१, सोमबार

केन्याविरुद्ध नेपाल पहिले फिल्डिङमा, अर्जुनको डेब्यु

blog

काठमाडौं, भदौ १२ गते । केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जित्दै ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । पाँच खेलको टी–२० खेल अहिले १–१ को बराबरीमा छ ।

नेपाल दोस्रो खेल जित्दै सिरिजमा अग्रता लिने दाउमा छ । आयोक केन्या पनि नेपाललाई हराएर अगाडि बढ्ने तयारीमा छ । नेपाल पहिलो खेलमा पाँच विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो ।

यस खेलबाट युवा विकेटकिपर अर्जुन साउदले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको छ । आज टोलीमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । ओपनर आसिफ शेख र बसिर अहमदलाई आराम दिइएको छ । 

अर्जुन साउदले डेब्युको मौका पाउँदा साहब आलमलाई पनि मौका दिइएको छ । डेब्युको मौका पाउनुभएका अर्जुनले यू–१९ टोलीबाट खेलिसक्नु भएको छ ।