• ८ जेठ २०८१, मङ्गलबार

केन्याविरुद्ध पहिले बलिङ गर्दै नेपाल

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ ९ गते । केन्याविरुद्धको पहिलो टी–२० खेलमा नेपालले पहिले बलिङ गरिरहेको छ । नैरोबी स्थित जिमखान क्लबको मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको  हो । पाँच खेलको टी–२० सिरिजमा नेपाल सुखद सुरुवात गर्ने अभियानमा छ ।

केन्याविरुद्धको पहिलो खेल नेपाली टोलीका मुख्य प्रशिक्षक मनोज प्रभारका लागि डेब्यु खेल हो । नेपालले घरेलु टोली केन्यासँग अब भदौ १०, १२, १३ र १४ गते टी–२० खेल खेल्नेछ । त्यसपछि नेपालले भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज खेल्नेछ । 

केन्याविरुद्ध नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, विवेक यादव, पवन सरार्फ र सोमपाल कामी ।