• ८ जेठ २०८१, मङ्गलबार

नेपाल र केन्याबीचको तेस्रो खेल आज

blog

काठमाडौं, भदौ १२ गते । नेपालले घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–२० खेल आज खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो ३:४५ बजे सुरु हुने खेलमा नेपालले जित निकाल्ने लक्ष्य राखेको छ ।

पहिलो खेलमा पाँच विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा कमजोर ब्याटिङका कारण १८ रनले पराजित भएको थियो । पाँच खेलको टी–२० सिरिज जित्न नेपाललाई आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न आवश्यक छ ।

सिरिज अहिले १–१ को बराबरीमा छ । नेपालले चौथो खेल भदौ १३ र पाँचौं खेल भदौ १४ गते खेल्नेछ । त्यसपछि दुई टोलीबीच भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज हुनेछ ।