शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १ गते । पूर्वकर्मचारी सेवा परिषद् नेपालद्वारा नेपाल सरकारका पूर्वसचिव शङ्कर पाण्डेय सम्मानित हुनुभएको छ । परिषद्को ३५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँलार्ई ‘सरदार विष्णुमणि आचार्य पूर्वकर्मचारी स्मृति पुरस्कार’ प्रदान गरिएको हो । परिषद्ले पहिलो पटक यो स्थापना गरेको हो ।
नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालले सम्मानपत्र तथा दोसल्लासहित पुरस्कार राशि प्रदान गर्दै निजामती सेवामा कुशल प्रशासक एवं सेवक भएर गरेको पाण्डेयको योगदानको उच्च प्रशंसा गर्नुभयो । परिषद्का अध्यक्ष रामबाबु नेपालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वराजदूत एवं वरिष्ठ कूटनीतिज्ञ मधुरमण आचार्य पनि उपस्थिति रहेको थियो ।