• १२ असोज २०८१, शनिबार

फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा

blog

काठमाडौं, भदौ ११ गते । विश्व फुटबल महासंघ (फिफा) ले अखिल भारत फुटबल महासंघ (एआइएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

फिफाले भारतमाथिको प्रतिबन्ध दुई साता नपुग्दै फुकुवा गरेको हो । यसअघि एआइएफएफएमा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले साउन ३० गते भारतमाथि प्रतिबन्ध लगाएको थियो ।

भारतमा फुटबलको दैनिक कार्यसञ्चालनका लाथि एआइएफएफको पुरानै समितिलाई दिईने भएपछि फिफाले भारतमाथिको प्रतिबन्ध फुकुवा गरेको हो । भारतको सर्वोच्च अदालतले सोमबार मात्र फुटबल सञ्चालन गर्न आफैले गठन गरेको तीन सदस्यीय कमिटिलाई खारेज गर्दै एआइएफएफलाई फुटबल सञ्चालनको अधिकार दिएको थियो ।

भारतमा फुटबलको नयाँ नेतृत्वका लागि एआइएफएफको चुनावी साधरणसभा समेत सेप्टेम्बर २ तारिख तोकिसकेको छ । प्रतिबन्ध खेलेसँगै भारतले अक्टोबर ११ देखी ३० तारिखसम्म आयोजना गर्न लागेको यू–१७ महिला विश्वकप समेत सुनिश्चित भएको छ ।