• १२ असार २०८१, बुधबार

फुटबल टोलीको ब्यवस्थापकमा अनिल

blog

अनिल श्रेष्ठलाई ब्यवस्थापकको नियुक्त पत्र प्रदान गर्दै एन्फा महासचिव किरण राई । तस्बिर : एन्फा

काठमाडौं, भर्दौ १२ गते । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको ब्यवस्थापकमा अनिल श्रेष्ठ नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार श्रेष्ठलाई नियुक्त गरेको हो । 

एन्फाका महासचिव किरण राईले श्रेष्ठलाई व्यवस्थापकको नियुक्ति पत्र प्रदान गर्नुभयो । श्रेष्ठ यसअघि मच्छिन्द्र क्लबका ब्यवस्थापक हुनुहुन्थ्यो । मच्छिन्द्रका उपाध्यक्ष समेत रहनु भएका श्रेष्ठले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न पाउनु आफ्नो लागि खुशीको क्षण भएको बताउनुभयो ।

‘मैले यसअघि पनि क्लब फुटबलमा ब्यवस्थापकको भूमिका निभाएँ । तर, राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्नु चुनौतीपूर्ण छ । यस जिम्मेवारीलाई राम्रोसँग पूरा गर्नेछु,’ श्रेष्ठले भन्नुभयो । श्रेष्ठको ब्यवस्थापनमा नेपालले बैगलादेशसँग असोज ११ गते दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्नेछ । एन्फाले उक्त खेलका लागि प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गरिसकेको छ ।