• १२ असार २०८१, बुधबार

केन्याद्वारा नेपाललाई एक सय ५७ रनको लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ १२ गते । तेस्रो टी–२० खेलमा घरेलु टोली केन्याले जितको लागि नेपाललाई एक सय ५७ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ५६ रन बनायो ।

केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ्स खेल्नुभयो । पटेलले अविजित ७३ र करिमले अविजित ५५ रन बनाउनुभयो । कोलिन्स ओबुयाले १८ रन जोड्नुयो । 

बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले एक एक विकेट लिनुभयो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो । शुक्रबारको दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । 

पाँच खेलको टी–२० सिरिज जित्न नेपाललाई आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न आवश्यक छ । सिरिज अहिले १–१ को बराबरीमा छ । नेपालले चौथो खेल भदौ १३ र पाँचौं खेल भदौ १४ गते खेल्नेछ । त्यसपछि दुई टोलीबीच भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज हुनेछ ।