• १९ असोज २०८१, शनिबार

साफ यू–१७ फुटबल टोली घोषणा

blog

काठमाडौं, भदौ १२ गते । श्रीलंकामा भदौ २० देखि २९ गतेसम्म आयोजना हुने साफ यू–१७ च्याम्पिनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २४  सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम टोलीको घोषणा गर्नुभएको हो । नेपाललको यसै वर्ष एएफसी यू–१७ एसिया कप छनोट समेत खेल्दैछ ।

च्याम्पिनसिपमा नेपाल समूह  ‘बी’ मा रहेको छ । यस समूहमा भारत र भुटानसँग छन् । समूह ‘ए’ मा श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । 

नेपाली टोली : 

गोलरक्षक : कृष्ण मोक्तान, समिर चन्द र रुविन बोगटी

रक्षक : आश्विन घोरासाइने, सेमन्त थापा, युनेश बुढाथोकी, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रनित कार्की र धिरज विश्वकर्मा

मिफिल्डर : प्रशान्त लक्षम, मिरक लिङदेन, सरोज दलार्म, हरिशराज भट्ट र लक्षु थापा

स्ट्राइकर : निरज कार्की, धनसिंह विक, विनोद केसी, समिर तामाङ, सिजल राई र सुवास बम ।